PDF —
11 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-आदियात pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-आदियात pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-आदियात अनुवाद. सूरा अल-आदियात (Meccan) 11 आयत.

← अज-जलजलासूरा अल-आदियात अल-कारिआ →


11 आयत · Meccan · नेपाली
bismillah
ﮱﯓﯔ
100:1 ती घोडाहरूको कसम जो तीव्र गतिले हाफ्दै दगुर्छन् ।
ﯕﯖﯗ
100:2 अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम ।
ﯘﯙﯚ
100:3 अनि प्रातःको समय धावा बोल्नेहरूको कसम ।
ﯛﯜﯝﯞ
100:4 अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।
ﯟﯠﯡﯢ
100:5 अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।
ﭑﭒﭓﭔﭕ
100:6 निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।
ﭖﭗﭘﭙﭚ
100:7 र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।
ﭛﭜﭝﭞﭟ
100:8 त्यो धनको मोहमा बडो दृढ छ ।
ﭠﭡﭢﭣﭤﭥﭦﭧﭨ
100:9 के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् ।
ﭩﭪﭫﭬﭭ
100:10 र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् ।
ﭮﭯﭰﭱﭲﭳ
100:11 निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers