सूरा अल-मआरिज pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-मआरिज pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-मआरिज अनुवाद. सूरा अल-मआरिज (Meccan) 44 आयत.
Related
- सूरा अल-मआरिज अनुवादनेपाली
- सूरा अल-मआरिज mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-मआरिज

ﮮﮯﮰﮱﯓ
70:1
एउटा माँग्नेवालाले (रसूलसित) त्यो यातना माँग्यो, जुन घटित हुनेवाला छ ।
ﯔﯕﯖﯗﯘ
70:2
काफिरहरूबाट कसैले त्यसलाई टाल्न सक्नेछैन ।
ﯙﯚﯛﯜﯝ
70:3
अल्लाहको तर्फबाट हुनेछ, जुन (चढ्नको लागि) सोपानवाला छ ।
ﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩ
70:4
जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि ५० हजार वर्षको हुनेछ ।
ﯪﯫﯬﯭ
70:5
अर्थात् तिमी राम्रो सँग धैर्य गर ।
ﯮﯯﯰﯱ
70:6
निःसन्देह उनीहरूको दृष्टिमा त्यो अजाब टाढा छ ।
ﯲﯳﯴ
70:7
र हाम्रो दृष्टिमा नजीक छ ।
ﯵﯶﯷﯸﯹ
70:8
जुन दिन आकाश जलेको तेल जस्तो भइहाल्नेछ ।
ﯺﯻﯼﯽ
70:9
र पहाडहरू रंगीन ऊनको जस्ता हुनेछन्
ﯾﯿﰀﰁﰂ
70:10
र कुनै मित्रले कुनै मित्रलाई सोध्नेछैन ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛ
70:11
(जबकि) एक अर्कालाई अगाडि देखिराखेका हुनेछन् । (त्यस दिन) अपराधीले इच्छा गर्नेछ कि (यातनाको सट्टामा) आफ्ना छोराहरू (देओस्) ।
ﭜﭝﭞ
70:12
र आफ्नो पत्नी र आफ्नो भाइ
ﭟﭠﭡﭢ
70:13
र आफ्नो परिवार जसले उसलाई शरण दिन्थ्यो ।
ﭣﭤﭥﭦﭧﭨﭩ
70:14
र जति मानिसहरू धरतीमा छन् सबै कुरा दिन चाहनेछ जसले उसलाई यातनाबाट मुक्त गराइहालोस् ।
ﭪﭫﭬﭭﭮ
70:15
(तर) यस्तो कहिल्यै हुनेछैन, निःसंदेह त्यो प्रज्वलित आगो हो
ﭯﭰﭱ
70:16
जसले अनुहार र टाउकोको छाला उप्काइदिनेछ
ﭲﭳﭴﭵﭶ
70:17
उसले त्यस्तो प्रत्येक मानिसलाई आफूतिर बोलाउनेछ (जसले सत्य धर्मबाट) पिठ्युँ फर्काएर विमुख भए
ﭷﭸﭹ
70:18
र धन एकत्रित गरेर थुपारेर राखे
ﭺﭻﭼﭽﭾﭿ
70:19
निःसन्देह मानिस काँचो मुटुवाला बनाइएको छ ।
ﮀﮁﮂﮃﮄ
70:20
जब उसलाई कष्ट पुग्छ त आत्तिन्छ ।
ﮅﮆﮇﮈﮉ
70:21
तर जब उसलाई राहत (सम्पन्नता) प्राप्त हुन्छ त उसले कन्जूसी देखाउँछ ।
ﮊﮋﮌ
70:22
तर नमाज पढ्नेहरूको कुरा अर्कै छ ।
ﮍﮎﮏﮐﮑﮒ
70:23
जसले नमाज नियमित्ताकासाथ पढ्दछन्
ﮓﮔﮕﮖﮗﮘ
70:24
र जसको सम्पत्तिमा(अरुको) हक निश्चित छ
ﮙﮚﮛ
70:25
(अर्थात्) माँग्नेवालाको र नमाँग्नेवालाको पनि
ﮜﮝﮞﮟﮠ
70:26
जसले न्यायको दिन(कयामत) माथि ईमान राख्दछ ।
ﮡﮢﮣﮤﮥﮦﮧ
70:27
र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउछन्
ﮨﮩﮪﮫﮬﮭ
70:28
निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस् ।
ﮮﮯﮰﮱﯓ
70:29
र जो आफ्नो गुप्ताङ्गहरूको रक्षा गर्दछन्
ﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝﯞ
70:30
तर आफ्ना पत्नीहरू वा दासीहरू बाहेक जुन उनको अधीनस्थ छन् त उनको लागि कुनै अफशोच छैन
ﯟﯠﯡﯢﯣﯤﯥﯦ
70:31
जसले यो बाहेक अरु चाहन्छन् उनीहरू सीमा उल्लंघन गर्नेवाला हुन् ।
ﯧﯨﯩﯪﯫﯬ
70:32
र जसले आफूमाथि गरिएका विश्वासहरू र आफूले गरेको वचन र करारको पालना गर्दछन्
ﯭﯮﯯﯰﯱ
70:33
र जो आफ्नो गवाहीमा दृढ रहन्छन्
ﯲﯳﯴﯵﯶﯷ
70:34
र जो आफ्नो नमाजको रक्षा गर्दछन्
ﯸﯹﯺﯻﯼ
70:35
यिनै मानिसहरू स्वर्गहरूमा सम्मानपूर्वक रहनेछन्
ﯽﯾﯿﰀﰁﰂ
70:36
फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन्
ﰃﰄﰅﰆﰇﰈ
70:37
दायाँ र बायाँबाट समुहको रूपमा ।
ﰉﰊﰋﰌﰍﰎﰏﰐﰑ
70:38
के उनीहरूमध्ये प्रत्येक व्यक्ति, यो लालसा राख्दैछ कि उनी अनुकम्पाबाट परिपूर्ण स्वर्गमा प्रवेश गर्नेछन्
ﰒﰓﰔﰕﰖﰗﰘ
70:39
त्यस्तो कदापि हुनेछैन । बरु हामीले उनीहरूलाई जुन चिजबाट सृष्टि गरेका छौं, त्यसलाई उनीहरू जान्दछन् ।
ﰙﰚﰛﰜﰝﰞﰟﰠ
70:40
अतः केही छैन, म पूर्व र पश्चिमको पलनकर्ताको शपथ लिन्छु कि हामीलाई सामथ्र्य प्राप्त छ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙ
70:41
कि उनीहरूको ठाउँमा उनीहरूभन्दा राम्रो मानिसहरू ल्याऊँ र हामी परास्त हुनेवाला छैनौं ।
ﭚﭛﭜﭝﭞﭟﭠﭡﭢ
70:42
अतः उनीहरूलाई लडाई–भिडाई गरेको अवस्थामा छाडिदिनुस् । यहाँसम्म कि आफ्नो त्यस दिनसम्म पुगी जाउन् । जसको वाचा उनीहरूसित गरिएको छ ।
ﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬ
70:43
जुनदिन उनीहरू चिहानबाट तीव्रताको साथ दौड्दै निस्कनेछन् । मानौं कि, कुनै (विशेष) ठाउँतिर दौड्दै गइरहेका छन् ।
ﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶﭷ
70:44
उनीहरूको आँखा लज्जाले झुकिरहने छन् र अपमान उनीहरूमाथि घेरिराख्नेछ । यो नै त्यो दिन हो, जसको उनीरुसँग वाचा गरिदै थियो ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







