अल-इस्रा · 9/111
अनुवाद उच्चारण — अल-इस्रा
إِنَّ هَٰذَا الْقُرْآنَ يَهْدِي لِلَّتِي هِيَ أَقْوَمُ وَيُبَشِّرُ الْمُؤْمِنِينَ الَّذِينَ يَعْمَلُونَ الصَّالِحَاتِ أَنَّ لَهُمْ أَجْرًا كَبِيرًا ۝٩
Inna haazal Quraana yahdee lillatee hiya aqwamu wa yubashshirul mu`mineenal lazeena ya`maloonas saalihaati anna lahum ajran kabeeraa
📖 नेपाली अर्थ
निःसन्देह यस कुरआनले त्यो बाटो देखाउँछ जो सबैभन्दा सोझो छ, र मोमिनहरूलाई जसले सत्कर्म गर्दछन्, शुभसन्देश दिन्छ कि तिनीहरूको निम्ति ठूलो पुरस्कार छ ।

🎧 सुन्नुहोस्


📜 आयत 7-11 — अल-इस्रा

7إِنْ أَحْسَنتُمْ أَحْسَنتُمْ لِأَنفُسِكُمْ ۖ وَإِنْ أَسَأْتُمْ فَلَهَا ۚ فَإِذَا جَاءَ وَعْدُ الْآخِرَةِ لِيَسُوءُوا وُجُوهَكُمْ وَلِيَدْخُلُوا الْمَسْجِدَ كَمَا دَخَلُوهُ أَوَّلَ مَرَّةٍ وَلِيُتَبِّرُوا مَا عَلَوْا تَتْبِيرًا
यदि तिमीले असल कर्म गर्छौ भने आफ्नै फाइदाको लागि र यदि दुष्कर्म गर्दछौ भने तिनको परिणाम पनि तिमीले नै भोग्नु पर्नेछ । अनि जब दोस्रो वचनको (समय) आयो, (त अर्का भक्त पठायौं) ताकि तिम्रा अनुहार बिगारिदेउन् र पहिलो चोटी जस्तै त्यस मस्जिद (बैतुल मुकद्दस) मा प्रवेश गरिहालुन् । र जुन–जुन कुरामाथि नियन्त्रण गरुन्, तोड फोड गरी त्यसलाई नष्ट गरिहालुन् ।
8عَسَىٰ رَبُّكُمْ أَن يَرْحَمَكُمْ ۚ وَإِنْ عُدتُّمْ عُدْنَا ۘ وَجَعَلْنَا جَهَنَّمَ لِلْكَافِرِينَ حَصِيرًا
आशा छ, कि तिम्रो पालनकर्ताले तिमीमाथि दया गरोस्, र यदि तिमी पुनः गर्न थाल्छौ भने हामीले पनि त्यही (पहिला जस्तो व्यवहार) गर्नेछौं, र हामीले नर्कलाई इन्कार गर्नेहरूको निम्ति कारागारको रूपमा राखेका छौं ।
9إِنَّ هَٰذَا الْقُرْآنَ يَهْدِي لِلَّتِي هِيَ أَقْوَمُ وَيُبَشِّرُ الْمُؤْمِنِينَ الَّذِينَ يَعْمَلُونَ الصَّالِحَاتِ أَنَّ لَهُمْ أَجْرًا كَبِيرًا
निःसन्देह यस कुरआनले त्यो बाटो देखाउँछ जो सबैभन्दा सोझो छ, र मोमिनहरूलाई जसले सत्कर्म गर्दछन्, शुभसन्देश दिन्छ कि तिनीहरूको निम्ति ठूलो पुरस्कार छ ।
10وَأَنَّ الَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ أَعْتَدْنَا لَهُمْ عَذَابًا أَلِيمًا
र यो कि जो आखिरतमाथि ईमान राख्दैनन्, तिनीहरूको निम्ति हामीले कष्टदायक सजाय तयार गरिराखेका छौं ।
11وَيَدْعُ الْإِنسَانُ بِالشَّرِّ دُعَاءَهُ بِالْخَيْرِ ۖ وَكَانَ الْإِنسَانُ عَجُولًا
र मानिसले नराम्रो कुरोको लागि प्रार्थना गर्नथाल्छ एकदमै आफनो भलोको लागि गरेको प्रार्थना जस्तै । र मानिस छदैछ हतार गर्ने प्राणी ।
अल-इस्राकुरान अनुक्रमणिका
111आयत
MeccanRevelation
9आयत

अनुवाद — अल-इस्रा 9

सूरा अल-इस्रा आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह यस कुरआनले त्यो बाटो देखाउँछ जो सबैभन्दा सोझो छ,…

सूरा आयत 9/111 — अल-इस्रा الإسراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इस्रा सुन्नुहोस्, अल-इस्रा अनुवाद, अल-इस्रा mp3, अल-इस्रा pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers