अल-अहजाब · 32/73
अनुवाद उच्चारण — अल-अहजाब
يَا نِسَاءَ النَّبِيِّ لَسْتُنَّ كَأَحَدٍ مِّنَ النِّسَاءِ ۚ إِنِ اتَّقَيْتُنَّ فَلَا تَخْضَعْنَ بِالْقَوْلِ فَيَطْمَعَ الَّذِي فِي قَلْبِهِ مَرَضٌ وَقُلْنَ قَوْلًا مَّعْرُوفًا ۝٣٢
Yaa nisaaa`an Nabiyyi lastunna ka ahadim minan nisaaa`i init taqaitunna falaa takhda`na bilqawli fa yatma`al lazee fee qalbihee maradunw wa qulna qawlam ma`roofaa
📖 नेपाली अर्थ
हे नबीका स्त्रीहरू ! तिमीहरू साधारण स्त्रीहरू जस्तो होइनौ, यदि तिमी परहेजगार (संयमी) रहन चाहन्छौ भने, (व्यक्तिहरूसित) लोचपूर्ण कुरा नगर, कि त्यो व्यक्ति जसको हृदयमा कुनै प्रकारको रोग छ, कुनै नराम्रो विचार गरोस् ! र उनीहरूसित सामान्यरूपमा कुरा गर्नेगर ।
🎧 सुन्नुहोस्

📜 आयत 30-34 — अल-अहजाब

30يَا نِسَاءَ النَّبِيِّ مَن يَأْتِ مِنكُنَّ بِفَاحِشَةٍ مُّبَيِّنَةٍ يُضَاعَفْ لَهَا الْعَذَابُ ضِعْفَيْنِ ۚ وَكَانَ ذَٰلِكَ عَلَى اللَّهِ يَسِيرًا
हे पैगम्बरका स्त्रीहरू ! तिमीमध्ये जसले पनि कुनै प्रत्यक्ष निर्लज्जताको कर्म गर्नेछ त त्यसको लागि उसलाई दोहोरो यातना हुनेछ र यो अल्लाहको लागि धेरै सरल छ ।
31۞ وَمَن يَقْنُتْ مِنكُنَّ لِلَّهِ وَرَسُولِهِ وَتَعْمَلْ صَالِحًا نُّؤْتِهَا أَجْرَهَا مَرَّتَيْنِ وَأَعْتَدْنَا لَهَا رِزْقًا كَرِيمًا
(तर) तिमीमध्ये जो अल्लाह र उसको रसूलप्रति निष्ठापूर्वक आज्ञाकारीताको नीति अपनाउँनेछिन् र असलकर्म गर्दछिन, त्यसलाई हामीले दुईगुणा प्रतिफल प्रदान गर्नेछौं र त्यसको निम्ति हामीले सम्मानपूर्ण आजीविका तयार गरेका छौं ।
32يَا نِسَاءَ النَّبِيِّ لَسْتُنَّ كَأَحَدٍ مِّنَ النِّسَاءِ ۚ إِنِ اتَّقَيْتُنَّ فَلَا تَخْضَعْنَ بِالْقَوْلِ فَيَطْمَعَ الَّذِي فِي قَلْبِهِ مَرَضٌ وَقُلْنَ قَوْلًا مَّعْرُوفًا
हे नबीका स्त्रीहरू ! तिमीहरू साधारण स्त्रीहरू जस्तो होइनौ, यदि तिमी परहेजगार (संयमी) रहन चाहन्छौ भने, (व्यक्तिहरूसित) लोचपूर्ण कुरा नगर, कि त्यो व्यक्ति जसको हृदयमा कुनै प्रकारको रोग छ, कुनै नराम्रो विचार गरोस् ! र उनीहरूसित सामान्यरूपमा कुरा गर्नेगर ।
33وَقَرْنَ فِي بُيُوتِكُنَّ وَلَا تَبَرَّجْنَ تَبَرُّجَ الْجَاهِلِيَّةِ الْأُولَىٰ ۖ وَأَقِمْنَ الصَّلَاةَ وَآتِينَ الزَّكَاةَ وَأَطِعْنَ اللَّهَ وَرَسُولَهُ ۚ إِنَّمَا يُرِيدُ اللَّهُ لِيُذْهِبَ عَنكُمُ الرِّجْسَ أَهْلَ الْبَيْتِ وَيُطَهِّرَكُمْ تَطْهِيرًا
र आफ्नो घरमा राम्रोसंग बसिराख र विगत अज्ञानकाल जस्तो सज–धज गरी नदेखाऊ । नमाजको आयोजन गर्दैगर जकात दिनेगर । र अल्लाह र उसको रसूलको आज्ञा पालनगर । हे पैगम्बरका घरवालीहरू अल्लाह चाहन्छ कि तिमीबाट (सबै प्रकारको) फोहोरलाई टाढा राखोस्, र तिमीलाई पूर्णरूपले पवित्र राखोस् ।
34وَاذْكُرْنَ مَا يُتْلَىٰ فِي بُيُوتِكُنَّ مِنْ آيَاتِ اللَّهِ وَالْحِكْمَةِ ۚ إِنَّ اللَّهَ كَانَ لَطِيفًا خَبِيرًا
र तिम्रा घरहरूमा जुन अल्लाहका आयतहरू र रसूलका हदीसहरू पढिन्छन् तिनको चर्चा गर्नेगर । निश्चय नै अल्लाह अत्यन्त सूक्ष्मदर्शी, जानकार छ ।
अल-अहजाबकुरान अनुक्रमणिका
73आयत
MedinanRevelation
32आयत

अनुवाद — अल-अहजाब 32

सूरा अल-अहजाब आयत 32 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हे नबीका स्त्रीहरू ! तिमीहरू साधारण स्त्रीहरू जस्तो होइनौ, यदि…

सूरा आयत 32/73 — अल-अहजाब الأحزاب (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अहजाब सुन्नुहोस्, अल-अहजाब अनुवाद, अल-अहजाब mp3, अल-अहजाब pdf. आयत 30–34. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers