अल-माइदा · 40/120
अनुवाद उच्चारण — अल-माइदा
أَلَمْ تَعْلَمْ أَنَّ اللَّهَ لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ يُعَذِّبُ مَن يَشَاءُ وَيَغْفِرُ لِمَن يَشَاءُ ۗ وَاللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ ۝٤٠
Alam ta`lam annal laaha lahoo mulkus samaawaati wal ardi yu`az zibu many-yashaa`u wa yaghfiru limany-yashaaa`; wallaahu `alaa kulli shai`in Qadeer
📖 नेपाली अर्थ
के तिमीलाई थाहा छैन कि आकाशहरू र पृथ्वीमा अल्लाहकै राज्य छ ? जसलाई चाहन्छ दण्डित गर्दछ र जसलाई चाहन्छ क्षमा गर्दछ । र अल्लाह प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।
🎧 सुन्नुहोस्

📜 आयत 38-42 — अल-माइदा

38وَالسَّارِقُ وَالسَّارِقَةُ فَاقْطَعُوا أَيْدِيَهُمَا جَزَاءً بِمَا كَسَبَا نَكَالًا مِّنَ اللَّهِ ۗ وَاللَّهُ عَزِيزٌ حَكِيمٌ
र जसले चोरी गर्दछ, चाहे त्यो पुरुष होस् अथवा स्त्री, तिनीहरूको हात काटिहाल । यो तिनीहरूको कर्मको सजाय र अल्लाहबाट एउटा पाठ हो र अल्लाह सर्वशक्तिमान र तत्वदर्शी छ ।
39فَمَن تَابَ مِن بَعْدِ ظُلْمِهِ وَأَصْلَحَ فَإِنَّ اللَّهَ يَتُوبُ عَلَيْهِ ۗ إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ
जसले पाप गरेपछि तौबा (प्रायश्चित) गर्दछ र आफ्नो सुधार गरिदिन्छ भने अल्लाहले उसको तौबा स्वीकार गर्नेछ, निःसन्देह अल्लाह क्षमादाता दयावान छ ।
40أَلَمْ تَعْلَمْ أَنَّ اللَّهَ لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ يُعَذِّبُ مَن يَشَاءُ وَيَغْفِرُ لِمَن يَشَاءُ ۗ وَاللَّهُ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ
के तिमीलाई थाहा छैन कि आकाशहरू र पृथ्वीमा अल्लाहकै राज्य छ ? जसलाई चाहन्छ दण्डित गर्दछ र जसलाई चाहन्छ क्षमा गर्दछ । र अल्लाह प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।
41۞ يَا أَيُّهَا الرَّسُولُ لَا يَحْزُنكَ الَّذِينَ يُسَارِعُونَ فِي الْكُفْرِ مِنَ الَّذِينَ قَالُوا آمَنَّا بِأَفْوَاهِهِمْ وَلَمْ تُؤْمِن قُلُوبُهُمْ ۛ وَمِنَ الَّذِينَ هَادُوا ۛ سَمَّاعُونَ لِلْكَذِبِ سَمَّاعُونَ لِقَوْمٍ آخَرِينَ لَمْ يَأْتُوكَ ۖ يُحَرِّفُونَ الْكَلِمَ مِن بَعْدِ مَوَاضِعِهِ ۖ يَقُولُونَ إِنْ أُوتِيتُمْ هَٰذَا فَخُذُوهُ وَإِن لَّمْ تُؤْتَوْهُ فَاحْذَرُوا ۚ وَمَن يُرِدِ اللَّهُ فِتْنَتَهُ فَلَن تَمْلِكَ لَهُ مِنَ اللَّهِ شَيْئًا ۚ أُولَٰئِكَ الَّذِينَ لَمْ يُرِدِ اللَّهُ أَن يُطَهِّرَ قُلُوبَهُمْ ۚ لَهُمْ فِي الدُّنْيَا خِزْيٌ ۖ وَلَهُمْ فِي الْآخِرَةِ عَذَابٌ عَظِيمٌ
हे पैगम्बर ! जुन मानिसहरू आपसमा अवज्ञाकारितामा प्रतिस्पर्धा गर्ने गर्दछन् तिनीहरूको पछाडि नपर्नुस्, तिनीहरूमध्ये केही यस्ता छन् जो मुखले भन्दछन् कि हामी मोमिन हौं तर तिनको आत्माले ईमान ल्याएको हुँदैन र यहूदीहरूमध्ये केही यस्ता छन् जो गलत कुरा सुन्न अभ्यस्त छन् र तिनीहरूको जासूसी गर्दै हिंड्दछन् जुन अहिलेसम्म तपाईंकहाँ आएका छैनन् । तिनीहरूले शब्दहरू सही ठाउँबाट झिकी परिवर्तित गर्दछन् र भन्दछन् कि यदि तिमीलाई यही आदेश प्राप्त हुन्छ भने त्यसलाई स्वीकार गरिहाल्नु र यदि यो आदेश हुँदैन भने अलग्गै रहनु र यदि कसैलाई अल्लाहले बाटोबाट विचलित गर्न चाहन्छ भने त्यसको निम्ति तपाईंलाई अल्लाहबाट अलिकति पनि अधिकार छैन । यिनी त्यस्ता मानिसहरू हुन् जसका हृदयलाई अल्लाहले पवित्र गर्न चाहेन । तिनीहरूको निम्ति संसारमा पनि ठूलो तिरस्कार छ र आखिरत (परलोक)मा पनि ठूलो सजाय छ ।
42سَمَّاعُونَ لِلْكَذِبِ أَكَّالُونَ لِلسُّحْتِ ۚ فَإِن جَاءُوكَ فَاحْكُم بَيْنَهُمْ أَوْ أَعْرِضْ عَنْهُمْ ۖ وَإِن تُعْرِضْ عَنْهُمْ فَلَن يَضُرُّوكَ شَيْئًا ۖ وَإِنْ حَكَمْتَ فَاحْكُم بَيْنَهُم بِالْقِسْطِ ۚ إِنَّ اللَّهَ يُحِبُّ الْمُقْسِطِينَ
यिनी कान थापेर झूठ सुन्नेहरू हुन् र पेट भरी हराम (वर्जित) कुरा खानेहरू हुन् । यदि यिनीहरू तिमीकहाँ आउँछन् भने तिमीले त्यसको फैसला गरिदिनु वा इन्कार गरिदिनु र यदि तिमीले इन्कार गर्दछौ भने तिनीहरूले तिम्रो केही बिगार्न सक्ने छैनन् । र यदि फैसला गर्न चाहन्छौ भने इन्साफका साथ न्याय गर्नु किनकि अल्लाहले निसाफ गर्नेहरूलाई माया गर्दछ ।
अल-माइदाकुरान अनुक्रमणिका
120आयत
MedinanRevelation
40आयत

अनुवाद — अल-माइदा 40

सूरा अल-माइदा आयत 40 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के तिमीलाई थाहा छैन कि आकाशहरू र पृथ्वीमा अल्लाहकै राज्य…

सूरा आयत 40/120 — अल-माइदा المائدة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-माइदा सुन्नुहोस्, अल-माइदा अनुवाद, अल-माइदा mp3, अल-माइदा pdf. आयत 38–42. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers