PDF —
42 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अबसा pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अबसा pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अबसा अनुवाद. सूरा अबसा (Meccan) 42 आयत.



42 आयत · Meccan · नेपाली
bismillah
ﭑﭒﭓ
80:1 उसले रूखापनागरेर मुख फर्कायो ।
ﭔﭕﭖﭗ
80:2 किनकि उसको पासमा एउटा अन्धो आयो ।
ﭘﭙﭚﭛﭜ
80:3 तिमीलाई के थाह शायद उसको भलो हुने थियो ।
ﭝﭞﭟﭠﭡ
80:4 अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो ।
ﭢﭣﭤﭥ
80:5 तर जो लापरवाही गर्दछ ।
ﭦﭧﭨﭩ
80:6 उसैको तर्फ तिमी पूरै ध्यान दिन्छौ ।
ﭪﭫﭬﭭﭮ
80:7 हुनत यदि उसले पवित्रता प्राप्त गरेन भने तिमीलाई कुनै दोष आउँदैन ।
ﭯﭰﭱﭲﭳ
80:8 र जो तिम्रो पासमा दगुर्दै आयो ।
ﭴﭵﭶ
80:9 र ऊ (अल्लाहसित) डर्छ पनि ।
ﭷﭸﭹﭺ
80:10 उसलाई तिमीले बेवास्ता गर्दछौ ।
ﭻﭼﭽﭾ
80:11 हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।
ﭿﮀﮁﮂ
80:12 तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् ।
ﮃﮄﮅﮆ
80:13 यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।
ﮇﮈﮉ
80:14 जो उच्च ठाउँमा राखिएको र पवित्र छ ।
ﮊﮋﮌ
80:15 यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ ।
ﮍﮎﮏ
80:16 जो प्रतिष्ठित र पवित्र छन् ।
ﮐﮑﮒﮓﮔ
80:17 अल्लाहको सजाय, मानिस पनि कति अकृतज्ञ छ ।
ﮕﮖﮗﮘﮙ
80:18 अल्लाहले उसलाई कुन कुराबाट सृष्टि गर्यो
ﮚﮛﮜﮝﮞ
80:19 वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो ।
ﮟﮠﮡﮢ
80:20 र उसको निम्ति मार्ग सरल बनाइदियो ।
ﮣﮤﮥﮦ
80:21 अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो ।
ﮧﮨﮩﮪﮫ
80:22 फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ
ﮬﮭﮮﮯﮰﮱ
80:23 केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन ।
ﯓﯔﯕﯖﯗ
80:24 अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ ।
ﯘﯙﯚﯛﯜ
80:25 हामीले नै धेरै पानी वर्षायौं ।
ﯝﯞﯟﯠﯡ
80:26 फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं ।
ﯢﯣﯤﯥ
80:27 त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं ।
ﯦﯧﯨ
80:28 र अंगूर र तरकारी ।
ﯩﯪﯫ
80:29 र जैतून र खजूरहरू ।
ﯬﯭﯮ
80:30 र बाक्ला घना बगैंचाहरू ।
ﯯﯰﯱ
80:31 र फल र चाराहरू ।
ﯲﯳﯴﯵ
80:32 (यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।
ﯶﯷﯸﯹ
80:33 तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।
ﯺﯻﯼﯽﯾﯿ
80:34 त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।
ﰀﰁﰂ
80:35 र आफ्नो आमा र बाबुबाट ।
ﰃﰄﰅ
80:36 र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ ।
ﰆﰇﰈﰉﰊﰋﰌ
80:37 यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ ।
ﰍﰎﰏﰐ
80:38 कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।
ﰑﰒﰓ
80:39 हाँस्दै खुशी र आनन्दित हुनेछन् ।
ﰔﰕﰖﰗﰘ
80:40 र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।
ﭑﭒﭓ
80:41 जसमाथि कालोपना छाएको हुनेछ
ﭔﭕﭖﭗﭘ
80:42 यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers