सूरा अत-तकवीर pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अत-तकवीर pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अत-तकवीर अनुवाद. सूरा अत-तकवीर (Meccan) 29 आयत.
Related
- सूरा अत-तकवीर अनुवादनेपाली
- सूरा अत-तकवीर mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अत-तकवीर

ﭙﭚﭛﭜ
81:1
जब सूर्यलाई बेरिहालिनेछ
ﭝﭞﭟﭠ
81:2
र ताराहरूले आफ्नो चमक गुमाउनेछन् ।
ﭡﭢﭣﭤ
81:3
र जब पहाडहरू चलाइनेछन् ।
ﭥﭦﭧﭨ
81:4
र जब १० महिने गर्भवती ऊँटनीहरू भगाई हालिनेछिन् ।
ﭩﭪﭫﭬ
81:5
र जब जंगली जनावरहरू एकत्रित गरिनेछन ।
ﭭﭮﭯﭰ
81:6
र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् ।
ﭱﭲﭳﭴ
81:7
जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् ।
ﭵﭶﭷﭸ
81:8
र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, ।
ﭹﭺﭻﭼ
81:9
कि कुन पापको कारण उसलाई मारिएको थियो ।
ﭽﭾﭿﮀ
81:10
र जब कर्मपत्र खोलिनेछन् ।
ﮁﮂﮃﮄ
81:11
र जब आकाशको छाला उघारिनेछ ।
ﮅﮆﮇﮈ
81:12
र जब नर्कको आगो प्रज्जवलित गरिनेछ ।
ﮉﮊﮋﮌ
81:13
र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ ।
ﮍﮎﮏﮐﮑ
81:14
तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ ।
ﮒﮓﮔﮕ
81:15
म शपथ लिन्छु ती ताराहरूको जो पछि हटिहाल्छन् ।
ﮖﮗﮘ
81:16
र जो घुम्ने र हराइहाल्ने छन् ।
ﮙﮚﮛﮜ
81:17
र रातको कसम, जब समाप्त हुनथाल्छ ।
ﮝﮞﮟﮠ
81:18
र प्रातःको कसम जब उदय हुनथाल्छ ।
ﮡﮢﮣﮤﮥ
81:19
निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।
ﮦﮧﮨﮩﮪﮫﮬ
81:20
जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।
ﮭﮮﮯﮰ
81:21
जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।
ﮱﯓﯔﯕ
81:22
र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् ।
ﯖﯗﯘﯙﯚ
81:23
उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।
ﯛﯜﯝﯞﯟﯠ
81:24
उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।
ﯡﯢﯣﯤﯥﯦ
81:25
र यो कुरआन दुष्ट शैतानको कुरो होइन ।
ﯧﯨﯩ
81:26
फेरि तिमी कता गइरहेका छौ
ﯪﯫﯬﯭﯮﯯ
81:27
यो त सम्पूर्ण संसारको लागि मार्गदर्शन हो ।
ﯰﯱﯲﯳﯴﯵ
81:28
खासगरी उसको लागि जो तिमीहरूमध्ये सोझो बाटोमा हिंड्न चाहोस् ।
ﯶﯷﯸﯹﯺﯻﯼﯽﯾ
81:29
र तिमीले विश्वको पालनकर्ताले नचाहिकन केही पनि चाहन सक्दैनौ ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







