PDF —
17 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अत-तारिक pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अत-तारिक pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अत-तारिक अनुवाद. सूरा अत-तारिक (Meccan) 17 आयत.

← अल-बुरूजसूरा अत-तारिक अल-आला →


17 आयत · Meccan · नेपाली
bismillah
ﭑﭒﭓ
86:1 कसम छ आकाश र रातिमा प्रकाशित हुनेवालाको ।
ﭔﭕﭖﭗﭘ
86:2 र तिमीलाई के थाहा कि रातिमा प्रकट हुनेवाला के हो
ﭙﭚﭛ
86:3 त्यो तारा हो, चम्किलो ।
ﭜﭝﭞﭟﭠﭡﭢ
86:4 कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।
ﭣﭤﭥﭦﭧ
86:5 मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।
ﭨﭩﭪﭫﭬ
86:6 त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ ।
ﭭﭮﭯﭰﭱﭲ
86:7 जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।
ﭳﭴﭵﭶﭷ
86:8 निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ ।
ﭸﭹﭺﭻ
86:9 जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।
ﭼﭽﭾﭿﮀﮁﮂ
86:10 त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक ।
ﮃﮄﮅﮆ
86:11 आकाशको कसम जसले वृष्टि गर्दछ ।
ﮇﮈﮉﮊ
86:12 र धरतीको कसम जुन च्यातिनेवाला छ ।
ﮋﮌﮍﮎ
86:13 कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो ।
ﮏﮐﮑﮒ
86:14 त्यो कुनै ठट्टा होइन ।
ﮓﮔﮕﮖ
86:15 उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।
ﮗﮘﮙ
86:16 र मैले पनि एउटा चालचली राखेको छु ।
ﮚﮛﮜﮝﮞ
86:17 अतः तिमीले काफिरहरूलाई मोहलत दिइहाल, केही दिन उनलाई छाडिदिनु ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers