सूरा अत-तारिक अरबी र नेपाली

सूरा अत-तारिक पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (17 आयत — مكية). अत-तारिक सुन्नुहोस्, अत-तारिक अनुवाद, अत-तारिक mp3, अत-तारिक pdf.

सूरा अत-तारिक पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
وَالسَّمَاءِ وَالطَّارِقِ ۝١
📖 अनुवाद आयत 1
कसम छ आकाश र रातिमा प्रकाशित हुनेवालाको ।
وَمَا أَدْرَاكَ مَا الطَّارِقُ ۝٢
📖 अनुवाद आयत 2
र तिमीलाई के थाहा कि रातिमा प्रकट हुनेवाला के हो
النَّجْمُ الثَّاقِبُ ۝٣
📖 अनुवाद आयत 3
त्यो तारा हो, चम्किलो ।
إِن كُلُّ نَفْسٍ لَّمَّا عَلَيْهَا حَافِظٌ ۝٤
📖 अनुवाद आयत 4
कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।
فَلْيَنظُرِ الْإِنسَانُ مِمَّ خُلِقَ ۝٥
📖 अनुवाद आयत 5
मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।
خُلِقَ مِن مَّاءٍ دَافِقٍ ۝٦
📖 अनुवाद आयत 6
त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ ।
يَخْرُجُ مِن بَيْنِ الصُّلْبِ وَالتَّرَائِبِ ۝٧
📖 अनुवाद आयत 7
जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।
إِنَّهُ عَلَىٰ رَجْعِهِ لَقَادِرٌ ۝٨
📖 अनुवाद आयत 8
निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ ।
يَوْمَ تُبْلَى السَّرَائِرُ ۝٩
📖 अनुवाद आयत 9
जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।
فَمَا لَهُ مِن قُوَّةٍ وَلَا نَاصِرٍ ۝١٠
📖 अनुवाद आयत 10
त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक ।
وَالسَّمَاءِ ذَاتِ الرَّجْعِ ۝١١
📖 अनुवाद आयत 11
आकाशको कसम जसले वृष्टि गर्दछ ।
وَالْأَرْضِ ذَاتِ الصَّدْعِ ۝١٢
📖 अनुवाद आयत 12
र धरतीको कसम जुन च्यातिनेवाला छ ।
إِنَّهُ لَقَوْلٌ فَصْلٌ ۝١٣
📖 अनुवाद आयत 13
कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो ।
وَمَا هُوَ بِالْهَزْلِ ۝١٤
📖 अनुवाद आयत 14
त्यो कुनै ठट्टा होइन ।
إِنَّهُمْ يَكِيدُونَ كَيْدًا ۝١٥
📖 अनुवाद आयत 15
उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।
وَأَكِيدُ كَيْدًا ۝١٦
📖 अनुवाद आयत 16
र मैले पनि एउटा चालचली राखेको छु ।
فَمَهِّلِ الْكَافِرِينَ أَمْهِلْهُمْ رُوَيْدًا ۝١٧
📖 अनुवाद आयत 17
अतः तिमीले काफिरहरूलाई मोहलत दिइहाल, केही दिन उनलाई छाडिदिनु ।
← 85 अत-तारिक (86/114) 87 →
पढ्नुहोस् सूरा अत-तारिक नेपाली – अनुवाद, उच्चारण र अडियो

86الطارق At-Tariq 📚 17 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers