अल-बकरा · 111/286
अनुवाद उच्चारण — अल-बकरा
وَقَالُوا لَن يَدْخُلَ الْجَنَّةَ إِلَّا مَن كَانَ هُودًا أَوْ نَصَارَىٰ ۗ تِلْكَ أَمَانِيُّهُمْ ۗ قُلْ هَاتُوا بُرْهَانَكُمْ إِن كُنتُمْ صَادِقِينَ ۝١١١
Wa qaaloo lai yadkhulal jannata illaa man kaana Hoodan aw Nasaaraa; tilka ammniyyuhum; qul haatoo burhaa nakum in kuntum saadiqeen
📖 नेपाली अर्थ
यिनीहरू भन्दछन् कि यहूदी र ईसाईहरू बाहेक अरु कोही स्वर्गमा जाने छैन । यी यिनीहरूका कल्पना मात्र हुन् । (हे पैगम्बर !) यिनीहरूलाई भनिदिनु कि यदि (तिमी) सत्य छौ भने कुनै प्रमाण त पेश गर ।
🎧 सुन्नुहोस्

📜 आयत 109-113 — अल-बकरा

109وَدَّ كَثِيرٌ مِّنْ أَهْلِ الْكِتَابِ لَوْ يَرُدُّونَكُم مِّن بَعْدِ إِيمَانِكُمْ كُفَّارًا حَسَدًا مِّنْ عِندِ أَنفُسِهِم مِّن بَعْدِ مَا تَبَيَّنَ لَهُمُ الْحَقُّ ۖ فَاعْفُوا وَاصْفَحُوا حَتَّىٰ يَأْتِيَ اللَّهُ بِأَمْرِهِ ۗ إِنَّ اللَّهَ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ
धेरै जसो अहले किताबहरू (यहुदी ईसाईले) सत्य प्रकट भइसकेपछि पनि आफ्ना हृदयमा ईष्र्या भएको कारण तिमीलाई पनि ईमानबाट विचलित गराउन चाहन्छन् । तिमी पनि क्षमा गर र बेवास्ता गरिदेऊ, यहाँसम्म कि अल्लाहले आफ्नो (अर्को) आदेश पठाओस्, निःसन्देह अल्लाह हरेक कुरामाथि सामर्थवान छ ।
110وَأَقِيمُوا الصَّلَاةَ وَآتُوا الزَّكَاةَ ۚ وَمَا تُقَدِّمُوا لِأَنفُسِكُم مِّنْ خَيْرٍ تَجِدُوهُ عِندَ اللَّهِ ۗ إِنَّ اللَّهَ بِمَا تَعْمَلُونَ بَصِيرٌ
नमाज पढ्दै गर र जकात दिंदै गर र जुन सत्यकर्म आफ्नो लागि अगाडि पठाउनेछौ, ती सबै अल्लाहकहाँ पाउने छौ, कुनै सन्देह छैन कि अल्लाह तिम्रा क्रियाकलापहरूलाई हेरिराखेको छ ।
111وَقَالُوا لَن يَدْخُلَ الْجَنَّةَ إِلَّا مَن كَانَ هُودًا أَوْ نَصَارَىٰ ۗ تِلْكَ أَمَانِيُّهُمْ ۗ قُلْ هَاتُوا بُرْهَانَكُمْ إِن كُنتُمْ صَادِقِينَ
यिनीहरू भन्दछन् कि यहूदी र ईसाईहरू बाहेक अरु कोही स्वर्गमा जाने छैन । यी यिनीहरूका कल्पना मात्र हुन् । (हे पैगम्बर !) यिनीहरूलाई भनिदिनु कि यदि (तिमी) सत्य छौ भने कुनै प्रमाण त पेश गर ।
112بَلَىٰ مَنْ أَسْلَمَ وَجْهَهُ لِلَّهِ وَهُوَ مُحْسِنٌ فَلَهُ أَجْرُهُ عِندَ رَبِّهِ وَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ
सुन ! जो पनि अल्लाहको अगाडि असल नीयतले आफ्नो टाउको निहुराउँनेछ त निःसन्देह उसलाई त्यसको पुरस्कार उसको पालनकर्ताले दिनेछ । उसको लागि न कुनै प्रकारको भय रहनेछ, न दुःख र उदासी ।
113وَقَالَتِ الْيَهُودُ لَيْسَتِ النَّصَارَىٰ عَلَىٰ شَيْءٍ وَقَالَتِ النَّصَارَىٰ لَيْسَتِ الْيَهُودُ عَلَىٰ شَيْءٍ وَهُمْ يَتْلُونَ الْكِتَابَ ۗ كَذَٰلِكَ قَالَ الَّذِينَ لَا يَعْلَمُونَ مِثْلَ قَوْلِهِمْ ۚ فَاللَّهُ يَحْكُمُ بَيْنَهُمْ يَوْمَ الْقِيَامَةِ فِيمَا كَانُوا فِيهِ يَخْتَلِفُونَ
यहूदीहरू भन्दछन् कि ईसाईहरू सत्य बाटोमा छैनन् र ईसाईहरू भन्दछन् कि यहूदीहरू सत्य मार्गमा छैनन्, जबकि यिनीहरू तौरेत पढ्छन् । यसरी नै ठीक यस्तै कुरा अज्ञानीहरूले पनि गर्दछन् । अल्लाहले कियामतको दिन तिनीहरूको यस विवादको फैसला तिनीहरूबीच गर्नेछ ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
111आयत

अनुवाद — अल-बकरा 111

सूरा अल-बकरा आयत 111 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यिनीहरू भन्दछन् कि यहूदी र ईसाईहरू बाहेक अरु कोही स्वर्गमा…

सूरा आयत 111/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 109–113. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers