अल-बकरा · 112/286
अनुवाद उच्चारण — अल-बकरा
بَلَىٰ مَنْ أَسْلَمَ وَجْهَهُ لِلَّهِ وَهُوَ مُحْسِنٌ فَلَهُ أَجْرُهُ عِندَ رَبِّهِ وَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ ۝١١٢
Balaa man aslama wajhahoo lillaahi wa huwa muhsinun falahooo ajruhoo `inda rabbihee wa laa khawfun `alaihim wa laa hum yahzanoon
📖 नेपाली अर्थ
सुन ! जो पनि अल्लाहको अगाडि असल नीयतले आफ्नो टाउको निहुराउँनेछ त निःसन्देह उसलाई त्यसको पुरस्कार उसको पालनकर्ताले दिनेछ । उसको लागि न कुनै प्रकारको भय रहनेछ, न दुःख र उदासी ।
🎧 सुन्नुहोस्

📜 आयत 110-114 — अल-बकरा

110وَأَقِيمُوا الصَّلَاةَ وَآتُوا الزَّكَاةَ ۚ وَمَا تُقَدِّمُوا لِأَنفُسِكُم مِّنْ خَيْرٍ تَجِدُوهُ عِندَ اللَّهِ ۗ إِنَّ اللَّهَ بِمَا تَعْمَلُونَ بَصِيرٌ
नमाज पढ्दै गर र जकात दिंदै गर र जुन सत्यकर्म आफ्नो लागि अगाडि पठाउनेछौ, ती सबै अल्लाहकहाँ पाउने छौ, कुनै सन्देह छैन कि अल्लाह तिम्रा क्रियाकलापहरूलाई हेरिराखेको छ ।
111وَقَالُوا لَن يَدْخُلَ الْجَنَّةَ إِلَّا مَن كَانَ هُودًا أَوْ نَصَارَىٰ ۗ تِلْكَ أَمَانِيُّهُمْ ۗ قُلْ هَاتُوا بُرْهَانَكُمْ إِن كُنتُمْ صَادِقِينَ
यिनीहरू भन्दछन् कि यहूदी र ईसाईहरू बाहेक अरु कोही स्वर्गमा जाने छैन । यी यिनीहरूका कल्पना मात्र हुन् । (हे पैगम्बर !) यिनीहरूलाई भनिदिनु कि यदि (तिमी) सत्य छौ भने कुनै प्रमाण त पेश गर ।
112بَلَىٰ مَنْ أَسْلَمَ وَجْهَهُ لِلَّهِ وَهُوَ مُحْسِنٌ فَلَهُ أَجْرُهُ عِندَ رَبِّهِ وَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ
सुन ! जो पनि अल्लाहको अगाडि असल नीयतले आफ्नो टाउको निहुराउँनेछ त निःसन्देह उसलाई त्यसको पुरस्कार उसको पालनकर्ताले दिनेछ । उसको लागि न कुनै प्रकारको भय रहनेछ, न दुःख र उदासी ।
113وَقَالَتِ الْيَهُودُ لَيْسَتِ النَّصَارَىٰ عَلَىٰ شَيْءٍ وَقَالَتِ النَّصَارَىٰ لَيْسَتِ الْيَهُودُ عَلَىٰ شَيْءٍ وَهُمْ يَتْلُونَ الْكِتَابَ ۗ كَذَٰلِكَ قَالَ الَّذِينَ لَا يَعْلَمُونَ مِثْلَ قَوْلِهِمْ ۚ فَاللَّهُ يَحْكُمُ بَيْنَهُمْ يَوْمَ الْقِيَامَةِ فِيمَا كَانُوا فِيهِ يَخْتَلِفُونَ
यहूदीहरू भन्दछन् कि ईसाईहरू सत्य बाटोमा छैनन् र ईसाईहरू भन्दछन् कि यहूदीहरू सत्य मार्गमा छैनन्, जबकि यिनीहरू तौरेत पढ्छन् । यसरी नै ठीक यस्तै कुरा अज्ञानीहरूले पनि गर्दछन् । अल्लाहले कियामतको दिन तिनीहरूको यस विवादको फैसला तिनीहरूबीच गर्नेछ ।
114وَمَنْ أَظْلَمُ مِمَّن مَّنَعَ مَسَاجِدَ اللَّهِ أَن يُذْكَرَ فِيهَا اسْمُهُ وَسَعَىٰ فِي خَرَابِهَا ۚ أُولَٰئِكَ مَا كَانَ لَهُمْ أَن يَدْخُلُوهَا إِلَّا خَائِفِينَ ۚ لَهُمْ فِي الدُّنْيَا خِزْيٌ وَلَهُمْ فِي الْآخِرَةِ عَذَابٌ عَظِيمٌ
त्यसभन्दा ठूलो अन्यायी को हुनसक्छ जसले अल्लाहका मस्जिदहरूमा अल्लाहकै नामको चर्चा गर्न मनाही गर्दछ र तिनलाई बरबाद बनाउने प्रयास गर्दछ ? त्यस्ता मानिसले डर मान्दै त्यसमा लाग्नु पर्छ । तिनीहरूका लागि संसारमा अपमान र आखिरतमा ठूलो सजाय छ ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
112आयत

अनुवाद — अल-बकरा 112

सूरा अल-बकरा आयत 112 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : सुन ! जो पनि अल्लाहको अगाडि असल नीयतले आफ्नो टाउको…

सूरा आयत 112/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 110–114. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers