अज-जुमर · 11/75
अनुवाद उच्चारण — अज-जुमर
قُلْ إِنِّي أُمِرْتُ أَنْ أَعْبُدَ اللَّهَ مُخْلِصًا لَّهُ الدِّينَ ۝١١
Qul inneee umirtu an a`budal laaha mukhlisal lahud deen
📖 नेपाली अर्थ
तपार्इं भनिदिनुस् कि ‘‘मलाई आदेश भएको छ कि अल्लाहको उपासना यस्तो गरूँ कि उपासना उसैको निम्ति समर्पित गरिसकूं ।

🎧 सुन्नुहोस्


📜 आयत 9-13 — अज-जुमर

9أَمَّنْ هُوَ قَانِتٌ آنَاءَ اللَّيْلِ سَاجِدًا وَقَائِمًا يَحْذَرُ الْآخِرَةَ وَيَرْجُو رَحْمَةَ رَبِّهِ ۗ قُلْ هَلْ يَسْتَوِي الَّذِينَ يَعْلَمُونَ وَالَّذِينَ لَا يَعْلَمُونَ ۗ إِنَّمَا يَتَذَكَّرُ أُولُو الْأَلْبَابِ
त्यो व्यक्ति जसले रातको समयमा सजदा (उपासना) गर्दछ र उपासनामा उभिरहन्छ, आखिरतसित डर्छ र आफ्नो पालनकर्ताको दयाको आशा राख्दछ त्यो र यसको विपरीत गर्नेवाला के बराबर हुन सक्दछन् ? भन कि ‘‘के उनीहरू जो ज्ञानी छन् र उनीहरू जो अज्ञानी छन् दुवै समान हुनेछन् ? निश्चितरूपले शिक्षा त तिनैले ग्रहण गर्छन् जो बुद्धिवाला (सक्षम) छन् ।’’
10قُلْ يَا عِبَادِ الَّذِينَ آمَنُوا اتَّقُوا رَبَّكُمْ ۚ لِلَّذِينَ أَحْسَنُوا فِي هَٰذِهِ الدُّنْيَا حَسَنَةٌ ۗ وَأَرْضُ اللَّهِ وَاسِعَةٌ ۗ إِنَّمَا يُوَفَّى الصَّابِرُونَ أَجْرَهُم بِغَيْرِ حِسَابٍ
भनिदिनुस् कि ‘‘हे ईमानवाला सेवकहरू आफ्नो पालनकर्तासित डर । जसले संसारमा असल कर्म गरेर देखाए, उनीहरूको निम्ति राम्रो प्रतिफल छ, र अल्लाहको धरती फराकिलो छ । धैर्यवानहरूकै निम्ति पूरा पूरा अनगिन्त पुरस्कार दिइन्छ ।
11قُلْ إِنِّي أُمِرْتُ أَنْ أَعْبُدَ اللَّهَ مُخْلِصًا لَّهُ الدِّينَ
तपार्इं भनिदिनुस् कि ‘‘मलाई आदेश भएको छ कि अल्लाहको उपासना यस्तो गरूँ कि उपासना उसैको निम्ति समर्पित गरिसकूं ।
12وَأُمِرْتُ لِأَنْ أَكُونَ أَوَّلَ الْمُسْلِمِينَ
र यो पनि मलाई आदेश भएको छ कि सबभन्दा बढी म स्वयम् आज्ञाकारी बनूँ ।’’
13قُلْ إِنِّي أَخَافُ إِنْ عَصَيْتُ رَبِّي عَذَابَ يَوْمٍ عَظِيمٍ
भनिदिनुस् कि ‘‘मलाई त आफ्नो पालनकर्ताको अवज्ञागर्दा ठूलो दिनको यातनाको भय लाग्दछ ।’’
अज-जुमरकुरान अनुक्रमणिका
75आयत
MeccanRevelation
11आयत

अनुवाद — अज-जुमर 11

सूरा अज-जुमर आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तपार्इं भनिदिनुस् कि ‘‘मलाई आदेश भएको छ कि अल्लाहको उपासना…

सूरा आयत 11/75 — अज-जुमर الزمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जुमर सुन्नुहोस्, अज-जुमर अनुवाद, अज-जुमर mp3, अज-जुमर pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers