अत-तलाक · 7/12
अनुवाद उच्चारण — सूरा अत-तलाक
لِيُنفِقْ ذُو سَعَةٍ مِّن سَعَتِهِ ۖ وَمَن قُدِرَ عَلَيْهِ رِزْقُهُ فَلْيُنفِقْ مِمَّا آتَاهُ اللَّهُ ۚ لَا يُكَلِّفُ اللَّهُ نَفْسًا إِلَّا مَا آتَاهَا ۚ سَيَجْعَلُ اللَّهُ بَعْدَ عُسْرٍ يُسْرًا ۝٧
Liyuntiq zoo sa`atim min sa`atihee wa man qudira `alaihi riquhoo falyunfiq mimmaaa aataahul laah; laa yukalliful laahu nafsan illaa maaa aataahaa; sa yaj`alul laahu ba`da`usriny yusraa
📖 नेपाली अर्थ
सामथ्र्यवानले आफ्नो क्षमता अनुसार खर्च गर्नुपर्छ र जसको जीविकामा कमी छ, उसलाई चाहिन्छ कि जति अल्लाहले उसलाई प्रदान गरेको छ, त्यस अनुसार खर्च गरोस् । जे–जति प्रदान गरेको छ, त्यसभन्दा बढी अल्लाहले कुनै व्यक्तिमाथि जिम्मेवारीको बोझ राख्दैन । शीघ्र नै अल्लाहले कठिनाई पश्चात सुगमताको सृष्टि गरिदिनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 5-9 — सूरा अत-तलाक

5ذَٰلِكَ أَمْرُ اللَّهِ أَنزَلَهُ إِلَيْكُمْ ۚ وَمَن يَتَّقِ اللَّهَ يُكَفِّرْ عَنْهُ سَيِّئَاتِهِ وَيُعْظِمْ لَهُ أَجْرًا
यो अल्लाहको आदेश हो, जुनकि उसले तिमीतिर अवतरित गरेको छ । जो कोही अल्लाहसित डर्नेछ, उसबाट अल्लाहले उसका पापहरू हटाइदिनेछ र उसलाई ठूलो प्रतिफल प्रदान गर्नेछ ।
6أَسْكِنُوهُنَّ مِنْ حَيْثُ سَكَنتُم مِّن وُجْدِكُمْ وَلَا تُضَارُّوهُنَّ لِتُضَيِّقُوا عَلَيْهِنَّ ۚ وَإِن كُنَّ أُولَاتِ حَمْلٍ فَأَنفِقُوا عَلَيْهِنَّ حَتَّىٰ يَضَعْنَ حَمْلَهُنَّ ۚ فَإِنْ أَرْضَعْنَ لَكُمْ فَآتُوهُنَّ أُجُورَهُنَّ ۖ وَأْتَمِرُوا بَيْنَكُم بِمَعْرُوفٍ ۖ وَإِن تَعَاسَرْتُمْ فَسَتُرْضِعُ لَهُ أُخْرَىٰ
तिनीहरूलाई (इद्दतको अवस्थामा) तिमीले आफ्नो हैसियत अनुसार त्यसै ठाउँमा राख, जहाँ तिमी बस्छौ, उनीहरूलाई कष्ट दिनुको निम्ति उनीहरूलाई हानि नपुर्याऊ । यदि उनीहरू गर्भवती छिन् भने उनीहरूमाथि खर्च गरिराख, जबसम्म कि उनीहरूको शिशुप्रसव नभइहालोस् । अनि यदि तिम्रो भनाई मानेर उनले नै दूध खुवाउँछिन् भने उनीहरूलाई उनको पारिश्रमिक देऊ, र आपसमा राम्रो तरिकाले परस्पर कुराकानीद्वारा कुनै कुरा निश्चित गरिहाल । र यदि तिमीलाई यसमा कुनै कठिनाई हुन्छ भने कुनै अर्कोले उसको निम्ति दूध खुवाइदिनेछे ।
7لِيُنفِقْ ذُو سَعَةٍ مِّن سَعَتِهِ ۖ وَمَن قُدِرَ عَلَيْهِ رِزْقُهُ فَلْيُنفِقْ مِمَّا آتَاهُ اللَّهُ ۚ لَا يُكَلِّفُ اللَّهُ نَفْسًا إِلَّا مَا آتَاهَا ۚ سَيَجْعَلُ اللَّهُ بَعْدَ عُسْرٍ يُسْرًا
सामथ्र्यवानले आफ्नो क्षमता अनुसार खर्च गर्नुपर्छ र जसको जीविकामा कमी छ, उसलाई चाहिन्छ कि जति अल्लाहले उसलाई प्रदान गरेको छ, त्यस अनुसार खर्च गरोस् । जे–जति प्रदान गरेको छ, त्यसभन्दा बढी अल्लाहले कुनै व्यक्तिमाथि जिम्मेवारीको बोझ राख्दैन । शीघ्र नै अल्लाहले कठिनाई पश्चात सुगमताको सृष्टि गरिदिनेछ ।
8وَكَأَيِّن مِّن قَرْيَةٍ عَتَتْ عَنْ أَمْرِ رَبِّهَا وَرُسُلِهِ فَحَاسَبْنَاهَا حِسَابًا شَدِيدًا وَعَذَّبْنَاهَا عَذَابًا نُّكْرًا
र कैयन् यस्ता बस्तीहरू छन् जसका बासिन्दाहरूले आफ्नो पालनकर्ता र उसको रसूलहरूको आदेशबाट अटेरिपना गरे, तब हामीले पनि उनीहरूसँग गम्भीर हिसाब गर्यौं र उनीहरूलाई अदृश्य निकृष्ट सजाय दियौं ।
9فَذَاقَتْ وَبَالَ أَمْرِهَا وَكَانَ عَاقِبَةُ أَمْرِهَا خُسْرًا
अतः उनीहरूले आफ्ना कर्महरूको लागि दण्डको स्वाद चाखिहाले र उनीहरूको लागि परिणाम घाटा नै रह्यो ।
अत-तलाककुरान अनुक्रमणिका
12आयत
MedinanRevelation
7आयत

अनुवाद — अत-तलाक 7

सूरा अत-तलाक आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : सामथ्र्यवानले आफ्नो क्षमता अनुसार खर्च गर्नुपर्छ र जसको जीविकामा कमी…

सूरा आयत 7/12 — सूरा अत-तलाक الطلاق (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तलाक सुन्नुहोस्, सूरा अत-तलाक अनुवाद, सूरा अत-तलाक mp3, सूरा अत-तलाक pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers