सूरा अन-नबा pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अन-नबा pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अन-नबा अनुवाद. सूरा अन-नबा (Meccan) 40 आयत.
Related
- सूरा अन-नबा अनुवादनेपाली
- सूरा अन-नबा mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अन-नबा

ﭑﭒﭓ
78:1
(यी) मानिसहरूले कुन कुराको बारेमा सोधपूछ गरिराखेका छन्
ﭔﭕﭖﭗ
78:2
(के) त्यस ठूलो समाचारको बारेमा
ﭘﭙﭚﭛﭜ
78:3
जसमा यिनीहरूले मतभेद गरिराखेका छन्
ﭝﭞﭟ
78:4
हेर, यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।
ﭠﭡﭢﭣ
78:5
अनि यकिनको साथ यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।
ﭤﭥﭦﭧﭨ
78:6
के हामीले धरतीलाई ओछ्यान बनाएनौं
ﭩﭪﭫ
78:7
र पहाडहरूलाई मेख खम्बा
ﭬﭭﭮ
78:8
र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं ।
ﭯﭰﭱﭲ
78:9
र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं ।
ﭳﭴﭵﭶ
78:10
र रातलाई पर्दा बनायौं ।
ﭷﭸﭹﭺ
78:11
र दिनलाई जीविकोपार्जनको समय बनायौं ।
ﭻﭼﭽﭾﭿ
78:12
र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं
ﮀﮁﮂﮃ
78:13
र एक चम्किलो प्रकाशमान सूर्य बनायौं ।
ﮄﮅﮆﮇﮈﮉ
78:14
र बादलहरूबाट हामीले पानीको बृष्टि गरायौं ।
ﮊﮋﮌﮍﮎ
78:15
ताकि त्यसबाट अन्न र सब्जी उत्पन्न गरौं
ﮏﮐﮑ
78:16
र बाक्ला घना बगैंचाहरू
ﮒﮓﮔﮕﮖﮗ
78:17
निःसन्देह फैसलाको दिन निश्चित छ
ﮘﮙﮚﮛﮜﮝﮞ
78:18
जुन दिन सूरमा फूँकिनेछ, अनि तिमीहरू समूह–समूहमा आई उपस्थित हुनेछौ ।
ﮟﮠﮡﮢﮣ
78:19
र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ ।
ﮤﮥﮦﮧﮨ
78:20
र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् ।
ﮩﮪﮫﮬﮭ
78:21
निःसंदेह जहन्नम घातमा छ ।
ﮮﮯﮰ
78:22
अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।
ﮱﯓﯔﯕ
78:23
त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् ।
ﯖﯗﯘﯙﯚﯛﯜ
78:24
उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको ।
ﯝﯞﯟﯠ
78:25
उम्लिराखेको पानी र बगिराखेको पीप मात्र हुनेछ ।
ﯡﯢﯣ
78:26
उनीहरूले पूरा–पूर प्रतिफल पाउनेछन् ।
ﯤﯥﯦﯧﯨﯩ
78:27
उनीहरूलाई त हिसाबको आशा नै थिएन ।
ﯪﯫﯬﯭ
78:28
र निडर भएर उनीहरूले हाम्रा आयतहरूको उपहास गर्दथे ।
ﯮﯯﯰﯱﯲ
78:29
हामीले प्रत्येक कुरालाई लेखेर गन्तीमा राखेका छौं ।
ﯳﯴﯵﯶﯷﯸ
78:30
तसर्थ (अब) तिमीले आफ्नो कर्मको स्वाद चाख । हामीले तिमीमाथि यातनाको वृद्धि गर्दै जानेछौं ।
ﭑﭒﭓﭔ
78:31
निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ ।
ﭕﭖﭗ
78:32
बगैचाहरू छन्, र अँगूरहरू छन् ।
ﭘﭙﭚ
78:33
नौयवना कुमारी युवतीहरू छिन् ।
ﭛﭜﭝ
78:34
र शराबका (मदिराका) टनाटन्न भरिएका गिलासहरू ।
ﭞﭟﭠﭡﭢﭣﭤ
78:35
उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्ने छन् ।
ﭥﭦﭧﭨﭩﭪ
78:36
तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ
ﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶ
78:37
उसको तर्फबाट जो आकाशहरू र पृथ्वीको र तिनको बीचमा जे छ त्यसको पालनकर्ता हो । र धेरै कृपाशील छ । कसैलाई उनीसित कुराकानी गर्ने अधिकार छैन ।
ﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅﮆ
78:38
जुन दिन आत्मा र फरिश्ताहरू पंक्तिबद्ध भएर उभिनेछन् तर कोही कुरो गर्न सक्दैन परन्तु जसलाई अललाहले आज्ञा दिन्छ र उसले ठीक कुरो मुखबाट निकाल्नेछ ।
ﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑ
78:39
त्यो दिन सत्य (सुनिश्चित) छ । अब जसले चाहन्छ (सत्कर्म गरेर) आफ्नो पालनकर्ताकहाँ राम्रो ठेगाना बनाओस् ।
ﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡ
78:40
हामीले तिमीसित छिटै आउनेवाला सजायबाट डरायौं । जुनदिन मान्छे आफूले गरेको कमाई देख्नेछ र काफिर भन्ने छन् कि काश हामी माटो भइहालेको भए ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







