सूरा अल-मुरसलात pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-मुरसलात pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-मुरसलात अनुवाद. सूरा अल-मुरसलात (Meccan) 50 आयत.
Related
- सूरा अल-मुरसलात अनुवादनेपाली
- सूरा अल-मुरसलात mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-मुरसलात

ﮑﮒﮓ
77:1
हृदय प्रसन्न गर्दै बग्ने वायुको कसम ।
ﮔﮕﮖ
77:2
अनि अत्यन्त प्रचण्ड भइहाल्ने (हवा)को कसम ।
ﮗﮘﮙ
77:3
र (बादलहरूलाई) उचालेर फिजाउँछन् त्यसको सौगन्ध ।
ﮚﮛﮜ
77:4
फेरि सत्य र असत्यलाई अलग–अलग टुक्रा–टुक्रा गरिदिने
ﮝﮞﮟ
77:5
र वह्य ल्याउने फरिश्ताहरूको कसम ।
ﮠﮡﮢﮣ
77:6
जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ ।
ﮤﮥﮦﮧ
77:7
जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ ।
ﮨﮩﮪﮫ
77:8
अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।
ﮬﮭﮮﮯ
77:9
र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।
ﮰﮱﯓﯔ
77:10
र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।
ﯕﯖﯗﯘ
77:11
र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ ।
ﯙﯚﯛﯜ
77:12
कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ
ﯝﯞﯟ
77:13
फैसलाको दिनको निम्ति ।
ﯠﯡﯢﯣﯤﯥ
77:14
र तिमीलाई के थाहा कि फैसलाको दिन के हो
ﯦﯧﯨﯩ
77:15
बर्बादी हुन्छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ।
ﯪﯫﯬﯭ
77:16
के हामीले पहिलाका मानिसहरूलाई नष्ट गरेनौं
ﯮﯯﯰﯱ
77:17
अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं ।
ﯲﯳﯴﯵ
77:18
हामीले अपराधीहरूसित यस्तै गर्दैछौं ।
ﯶﯷﯸﯹ
77:19
त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ ।
ﭑﭒﭓﭔﭕﭖ
77:20
के हामीले तिमीलाई तुच्छ जल(वीर्य) बाट सृष्टि गरेनौं
ﭗﭘﭙﭚﭛ
77:21
अनि हामीले त्यसलाई बलियो र सुरक्षित ठाउँमा राख्यौं ।
ﭜﭝﭞﭟ
77:22
एउटा निश्चित समयसम्म ।
ﭠﭡﭢﭣ
77:23
फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं ।
ﭤﭥﭦﭧ
77:24
विनाश छ त्यस दिन असत्य ठहरउनेहरूको निम्ति ।
ﭨﭩﭪﭫﭬ
77:25
के हामीले धरतीलाई समेटनेवाला बनाएनौं
ﭭﭮﭯ
77:26
जीवितलाई र मृतहरूलाई पनि ।
ﭰﭱﭲﭳﭴﭵﭶﭷ
77:27
र त्यसमाथि हामीले अग्ला–अग्ला पर्वतहरू स्थापित गर्यौं । र तिमीहरूलाई संतुष्ट गर्ने मीठो पानी पिलायौं
ﭸﭹﭺﭻ
77:28
त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी (विनाश) छ ।
ﭼﭽﭾﭿﮀﮁﮂ
77:29
जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड
ﮃﮄﮅﮆﮇﮈﮉ
77:30
त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन्
ﮊﮋﮌﮍﮎﮏﮐ
77:31
जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा ।
ﮑﮒﮓﮔﮕ
77:32
निःसन्देह नर्क आगोको झिल्का फ्याक्दछ जुन(ठूलो) किल्ला जस्ता हुन्छन् ।
ﮖﮗﮘﮙ
77:33
त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ ।
ﮚﮛﮜﮝ
77:34
आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ ।
ﮞﮟﮠﮡﮢ
77:35
आजको दिन त्यो दिन हो कि यिनीहरू बोल्न पनि सक्दैनन् ।
ﮣﮤﮥﮦﮧ
77:36
नत उनलाई गलती स्वीकार गरी क्षमायाचना गर्न अनुमति दिइनेछ ।
ﮨﮩﮪﮫ
77:37
त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी छ ।
ﮬﮭﮮﮯﮰﮱﯓ
77:38
यो फैसलाको दिन हो, (जसमा) हामीले तिमीलाई र पहिलाका मानिसहरूलाई एकत्रित गरेका छौं ।
ﯔﯕﯖﯗﯘﯙ
77:39
तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल ।
ﯚﯛﯜﯝ
77:40
त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ ।
ﯞﯟﯠﯡﯢﯣ
77:41
निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।
ﯤﯥﯦﯧ
77:42
र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् ।
ﯨﯩﯪﯫﯬﯭﯮ
77:43
(हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दै थियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ ।
ﯯﯰﯱﯲﯳ
77:44
हामीले भलाई गर्नेवालाहरूको निम्ति यस्तै प्रतिफल दिने गर्दछौं ।
ﯴﯵﯶﯷ
77:45
यो दिन असत्यवादीहरूको निम्ति विनाश छ ।
ﯸﯹﯺﯻﯼﯽ
77:46
(हे नास्तिकहरू) तिमी अलि खाइहाल र आनन्द गरिहाल, वास्तवमा तिमी अपराधी हौ ।
ﯾﯿﰀﰁ
77:47
त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ठूलो विनाश छ ।
ﰂﰃﰄﰅﰆﰇﰈ
77:48
जब उनीसित भनिन्छ कि (अल्लाहको अगाडि) नतमस्तक होऊ, त हुँदैनन् ।
ﰉﰊﰋﰌ
77:49
त्यस दिन असत्यवादीहरूको निम्ति बर्बादी छ ।
ﰍﰎﰏﰐﰑ
77:50
अब यस कुरआन पश्चात उनीहरूले कुन कुरोमा ईमान ल्याउनेछन्
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







