PDF —
30 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अल-फज्र pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अल-फज्र pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-फज्र अनुवाद. सूरा अल-फज्र (Meccan) 30 आयत.

← अल-गाशियासूरा अल-फज्र अल-बलद →


30 आयत · Meccan · नेपाली
bismillah
ﭤﭥ
89:1 फज्र (उषाकाल) को कसम ।
ﭦﭧﭨ
89:2 र दश रातहरूको कसम ।
ﭩﭪﭫ
89:3 र जोड र बिजोड (सम–विसम) को कसम ।
ﭬﭭﭮﭯ
89:4 र रातको कसम, जब यो जान थाल्छ ।
ﭰﭱﭲﭳﭴﭵﭶ
89:5 के यी कुराहरूको कसम बुद्धिमानीहरूको लागि पर्याप्त छन्
ﭷﭸﭹﭺﭻﭼﭽ
89:6 के तपाईले देख्नु भएन कि तपाईको पालनकर्ताले आदहरूसँग के गर्यो
ﭾﭿﮀﮁ
89:7 स्तम्भजस्ता ‘‘इरम’’ लामो कदवालाको साथ ।
ﮂﮃﮄﮅﮆﮇﮈ
89:8 यी सम्पूर्ण सृष्टिमा यिनीहरूको सदृश कुनै समुदाय पैदा गरिएको थिएन् ।
ﮉﮊﮋﮌﮍﮎ
89:9 र समूदहरूसँग (के गर्यो) जो बेसीमा ठूल ठूला ढुङ्गा काट्दथे ।
ﮏﮐﮑﮒ
89:10 र फिरऔनसँग जसले मेखहरू राख्दथ्यो
ﮓﮔﮕﮖﮗ
89:11 यिनीहरू सबैले देशहरूमा अटेरीपना गरिराखेका थिए ।
ﮘﮙﮚﮛ
89:12 र यहां धेरै उत्पातहरू मचाइराखेका थिए ।
ﮜﮝﮞﮟﮠﮡ
89:13 अन्ततः तिम्रो पालनकर्ताले उनीहरूमाथि यातनाको कोर्रा बर्सायो ।
ﮢﮣﮤﮥ
89:14 निःसन्देह तिम्रो पालनकर्ता हेरी घातमाछ ।
ﮦﮧﮨﮩﮪﮫﮬﮭﮮﮯﮰﮱ
89:15 तर मानिसको अवस्था यो छ कि जब उसको रबले (पालनकर्ताले) उसको परीक्षा गर्दछ र उसलाई प्रतिष्ठा र अनुग्रह प्रदान गर्दछ तब त्यसले भन्दछ कि मेरो पालनकर्ताले मलाई प्रतिष्ठित गर्यो ।
ﯓﯔﯕﯖﯗﯘﯙﯚﯛﯜﯝ
89:16 र जब उसले उसको परीक्षा यसप्रकार गर्दछ कि उसको जीविका संकुचित गरिदिन्छ । तब उसले भन्दछ कि मेरो रबले मलाई अपमानित गर्यो ।
ﯞﯟﯠﯡﯢﯣﯤ
89:17 यस्तो कदापि होइन, बरु तिमीहरूले नै अनाथको सम्मान गर्दैनौ ।
ﯥﯦﯧﯨﯩﯪ
89:18 र न गरिबलाई खुवाउनको लागि एक–अर्कालाई प्रोत्साहन गर्दछौ ।
ﯫﯬﯭﯮﯯ
89:19 र मृतकको सारा माल समेटी खाइदिन्छौ ।
ﯰﯱﯲﯳﯴ
89:20 र धनसित अत्यन्त प्रेम गर्दछौ ।
ﯵﯶﯷﯸﯹﯺﯻﯼ
89:21 तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ ।
ﯽﯾﯿﰀﰁﰂ
89:22 र तेरो पालनकर्ता स्वयं आउने छ र फरिश्ताहरू एक–एक गरी पंक्तिबद्ध भई आउनेछन् ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚﭛ
89:23 र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।
ﭜﭝﭞﭟﭠ
89:24 उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।
ﭡﭢﭣﭤﭥﭦ
89:25 अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।
ﭧﭨﭩﭪﭫ
89:26 र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।
ﭬﭭﭮﭯ
89:27 र हे सन्तुष्ट आत्मा ।
ﭰﭱﭲﭳﭴﭵ
89:28 आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न ।
ﭶﭷﭸﭹ
89:29 अतः मेरा खास दासहरूमा शम्मिलित भइहाल ।
ﭺﭻﭼ
89:30 र प्रवेश गर मेरो स्वर्गमा ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers