अन-नहल · 90/128
अनुवाद उच्चारण — अन-नहल
۞ إِنَّ اللَّهَ يَأْمُرُ بِالْعَدْلِ وَالْإِحْسَانِ وَإِيتَاءِ ذِي الْقُرْبَىٰ وَيَنْهَىٰ عَنِ الْفَحْشَاءِ وَالْمُنكَرِ وَالْبَغْيِ ۚ يَعِظُكُمْ لَعَلَّكُمْ تَذَكَّرُونَ ۝٩٠
Innal laaha yaamaru bil `adli wal ihsaani wa eetaaa`i zil qurbaa wa yanhaa `anil fahshaaa`i wal munkari walbagh-i` ya`izukum la`allakum tazakkkaroon
📖 नेपाली अर्थ
अल्लाहले तिमीलाई न्याय र भलाई गर्न र नजिकका मानिसहरूलाई सहायता दिने आदेश गर्दछ र अमर्यादित र अनुचित कर्महरूबाट र अन्याय र नराम्रा काम गर्नबाट मनाही गर्दछ उसले स्वयम् तिमीलाई निर्देशित गर्दछ कि तिमीले उपदेश ग्रहण गर ।
🎧 सुन्नुहोस्

📜 आयत 88-92 — अन-नहल

88الَّذِينَ كَفَرُوا وَصَدُّوا عَن سَبِيلِ اللَّهِ زِدْنَاهُمْ عَذَابًا فَوْقَ الْعَذَابِ بِمَا كَانُوا يُفْسِدُونَ
जुन मानिसहरूले कुफ्र गरे र अल्लाहको बाटोबाट रोके, हामीले उनीहरूलाई सजायमाथि सजाय दिँदै जानेछौं, उनीहरूको उद्दण्डताको कारणले यो बदला हुनेछे ।
89وَيَوْمَ نَبْعَثُ فِي كُلِّ أُمَّةٍ شَهِيدًا عَلَيْهِم مِّنْ أَنفُسِهِمْ ۖ وَجِئْنَا بِكَ شَهِيدًا عَلَىٰ هَٰؤُلَاءِ ۚ وَنَزَّلْنَا عَلَيْكَ الْكِتَابَ تِبْيَانًا لِّكُلِّ شَيْءٍ وَهُدًى وَرَحْمَةً وَبُشْرَىٰ لِلْمُسْلِمِينَ
र जुन दिन हामीले प्रत्येक समुदायबाट स्वयं उनीमाथि साक्षी उभ्याउने छौं, र (हे पैगम्बर) तपाईलाई यिनीहरूमाथि साक्षी बनाएर ल्याउने छौं, र हामीले तपाईमाथि (यस्तो) किताब उतारेका छौं कि यसमा हरेक कुराको वर्णन बिस्तारपूर्वक छ । र मुसलमानहरूको लागि मार्गदर्शन र दया तथा शुभसन्देश
90۞ إِنَّ اللَّهَ يَأْمُرُ بِالْعَدْلِ وَالْإِحْسَانِ وَإِيتَاءِ ذِي الْقُرْبَىٰ وَيَنْهَىٰ عَنِ الْفَحْشَاءِ وَالْمُنكَرِ وَالْبَغْيِ ۚ يَعِظُكُمْ لَعَلَّكُمْ تَذَكَّرُونَ
अल्लाहले तिमीलाई न्याय र भलाई गर्न र नजिकका मानिसहरूलाई सहायता दिने आदेश गर्दछ र अमर्यादित र अनुचित कर्महरूबाट र अन्याय र नराम्रा काम गर्नबाट मनाही गर्दछ उसले स्वयम् तिमीलाई निर्देशित गर्दछ कि तिमीले उपदेश ग्रहण गर ।
91وَأَوْفُوا بِعَهْدِ اللَّهِ إِذَا عَاهَدتُّمْ وَلَا تَنقُضُوا الْأَيْمَانَ بَعْدَ تَوْكِيدِهَا وَقَدْ جَعَلْتُمُ اللَّهَ عَلَيْكُمْ كَفِيلًا ۚ إِنَّ اللَّهَ يَعْلَمُ مَا تَفْعَلُونَ
र अल्लाहको वचनलाई पालना गर जब तिमी एक–आपसमा करार गर्दछौ र जब पक्का कसमहरू खान्छौ त तिनलाई नतोड किनभने तिमीले अल्लाहलाई आफ्नो जमानतदार निर्धारित गरिसकेका छौ । जे–जति तिमीले गर्दछौ अल्लाह त्यसलाई राम्ररी जान्दछ ।
92وَلَا تَكُونُوا كَالَّتِي نَقَضَتْ غَزْلَهَا مِن بَعْدِ قُوَّةٍ أَنكَاثًا تَتَّخِذُونَ أَيْمَانَكُمْ دَخَلًا بَيْنَكُمْ أَن تَكُونَ أُمَّةٌ هِيَ أَرْبَىٰ مِنْ أُمَّةٍ ۚ إِنَّمَا يَبْلُوكُمُ اللَّهُ بِهِ ۚ وَلَيُبَيِّنَنَّ لَكُمْ يَوْمَ الْقِيَامَةِ مَا كُنتُمْ فِيهِ تَخْتَلِفُونَ
र त्यस आईमाई जस्तो नहुनु जसले परिश्रमले त धागो कात्यो, फेरि त्यसलाई चुँडालेर टुक्रा–टुक्रा गरिहाल्यो । तिमीले आफ्ना शपथहरूलाई आपसमा यस कुराको माध्यम बनाउन नथाल, कि एक समूह अर्को समूहभन्दा बढि शक्तिशाली हुन पुगोस् । कुरो मात्र यही छ कि अल्लाहले यस वाचाबाट तिम्रो परीक्षा लिइरहेको छ र जुन कुराहरूमा तिमीले विवाद गर्दछौ, कियामतको दिन अल्लाहले तिनीहरूको वास्तविकता तिमीहरूमाथि प्रकट गर्नेछ ।
अन-नहलकुरान अनुक्रमणिका
128आयत
MeccanRevelation
90आयत

अनुवाद — अन-नहल 90

सूरा अन-नहल आयत 90 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अल्लाहले तिमीलाई न्याय र भलाई गर्न र नजिकका मानिसहरूलाई सहायता…

सूरा आयत 90/128 — अन-नहल النحل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नहल सुन्नुहोस्, अन-नहल अनुवाद, अन-नहल mp3, अन-नहल pdf. आयत 88–92. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers