अल-कहफ · 28/110
अनुवाद उच्चारण — अल-कहफ
وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِينَ يَدْعُونَ رَبَّهُم بِالْغَدَاةِ وَالْعَشِيِّ يُرِيدُونَ وَجْهَهُ ۖ وَلَا تَعْدُ عَيْنَاكَ عَنْهُمْ تُرِيدُ زِينَةَ الْحَيَاةِ الدُّنْيَا ۖ وَلَا تُطِعْ مَنْ أَغْفَلْنَا قَلْبَهُ عَن ذِكْرِنَا وَاتَّبَعَ هَوَاهُ وَكَانَ أَمْرُهُ فُرُطًا ۝٢٨
Wasbir nafsaka ma`al lazeena yad`oona Rabbahum bilghadaati wal`ashiyyi yureedoona Wajhahoo wa laa ta`du `aynaaka `anhum tureedu zeenatal hayaatid dunyaa wa laa tuti` man aghfalnaa qalbahoo `an zikrinaa wattaba`a hawaahu wa kaana amruhoo furutaa
📖 नेपाली अर्थ
र जुन मानिसहरूले विहान र साँझ आफ्नो पालनकर्तालाई पुकार्दछन् र उसैको प्रसन्नता चाहन्छन् तिनीहरूको साथमा आफूलाई राख्ने गर, खबरदार तिम्रा आँखाहरू तिनीहरूबाट अन्यत्र नजाउन्, ताकि संसारिक जीवनको वैभवको इच्छा गर्न थाल, र हेर जुन मानिसको हृदयलाई हामीले आफ्नो स्मरणबाट बेवास्ता गरिदिएका छौं, र त्यो आफ्नो इच्छाको पूर्तितिर लाग्छ, र त्यसको कामले सीमा नाघिसकेको छ, त्यसको भनाई नमान्नु ।
🎧 सुन्नुहोस्

📜 आयत 26-30 — अल-कहफ

26قُلِ اللَّهُ أَعْلَمُ بِمَا لَبِثُوا ۖ لَهُ غَيْبُ السَّمَاوَاتِ وَالْأَرْضِ ۖ أَبْصِرْ بِهِ وَأَسْمِعْ ۚ مَا لَهُم مِّن دُونِهِ مِن وَلِيٍّ وَلَا يُشْرِكُ فِي حُكْمِهِ أَحَدًا
तपाई भनिदिनुस् कि जुन अवधिसम्म तिनीहरू बसे त्यसलाई अल्लाह राम्ररी जान्दछ । उसैलाई आकाशहरू र जमिनका अदृश्य कुराहरू थाहा छ । ऊ कति राम्रो देख्नेवाला र कति राम्रो सुन्नेवाला छ । अल्लाह बाहेक तिनीहरूको अन्य कोही मद्दत गर्नेवाला छैन, अल्लाह आफ्नो निर्देशनमा अन्य कसैलाई भागीदार बनाउँदैन ।
27وَاتْلُ مَا أُوحِيَ إِلَيْكَ مِن كِتَابِ رَبِّكَ ۖ لَا مُبَدِّلَ لِكَلِمَاتِهِ وَلَن تَجِدَ مِن دُونِهِ مُلْتَحَدًا
तिमीहरूतर्फ जुन तिम्रो पालनकर्ताको किताब पठाइएको छ त्यसलाई पढ्ने गर, त्यसको कुरालाई कसैले परिवर्तन गर्न सक्दैन, र त्यस बाहेक तिमीले कदापि अरु केही शरण लिने ठाउँ पाउनेछैनौ ।
28وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِينَ يَدْعُونَ رَبَّهُم بِالْغَدَاةِ وَالْعَشِيِّ يُرِيدُونَ وَجْهَهُ ۖ وَلَا تَعْدُ عَيْنَاكَ عَنْهُمْ تُرِيدُ زِينَةَ الْحَيَاةِ الدُّنْيَا ۖ وَلَا تُطِعْ مَنْ أَغْفَلْنَا قَلْبَهُ عَن ذِكْرِنَا وَاتَّبَعَ هَوَاهُ وَكَانَ أَمْرُهُ فُرُطًا
र जुन मानिसहरूले विहान र साँझ आफ्नो पालनकर्तालाई पुकार्दछन् र उसैको प्रसन्नता चाहन्छन् तिनीहरूको साथमा आफूलाई राख्ने गर, खबरदार तिम्रा आँखाहरू तिनीहरूबाट अन्यत्र नजाउन्, ताकि संसारिक जीवनको वैभवको इच्छा गर्न थाल, र हेर जुन मानिसको हृदयलाई हामीले आफ्नो स्मरणबाट बेवास्ता गरिदिएका छौं, र त्यो आफ्नो इच्छाको पूर्तितिर लाग्छ, र त्यसको कामले सीमा नाघिसकेको छ, त्यसको भनाई नमान्नु ।
29وَقُلِ الْحَقُّ مِن رَّبِّكُمْ ۖ فَمَن شَاءَ فَلْيُؤْمِن وَمَن شَاءَ فَلْيَكْفُرْ ۚ إِنَّا أَعْتَدْنَا لِلظَّالِمِينَ نَارًا أَحَاطَ بِهِمْ سُرَادِقُهَا ۚ وَإِن يَسْتَغِيثُوا يُغَاثُوا بِمَاءٍ كَالْمُهْلِ يَشْوِي الْوُجُوهَ ۚ بِئْسَ الشَّرَابُ وَسَاءَتْ مُرْتَفَقًا
र घोषणा गर्नुस् कि यो कुरआन तिम्रो पालनकर्ताको तर्फबाट सम्पूर्ण सत्य छ, तसर्थ जसले चाहन्छ ईमान ल्याओस् र जो चाहन्छ काफिर रहोस् हामीले अत्याचारीहरूको निम्ति (नर्कको) त्यो आगो तयार गरेका छौं, जसको पर्खाल र ज्वालाहरूले त्यसलाई घेरिराख्ने छन् । र यदि तिनीहरूले मद्दतको याचना गर्नेछन् भने यस्तो पानीबाट मद्दत गरिनेछ जुन कि उम्लेको तेल जस्तै अति गरम हुनेछ, र जसले अनुहारलाई पोलिदिनेछ । त्यो अत्यन्त नराम्रो पानी र अत्यन्त नराम्रा बस्ने ठाउँ पनि हो ।
30إِنَّ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ إِنَّا لَا نُضِيعُ أَجْرَ مَنْ أَحْسَنَ عَمَلًا
निश्चितरूपले जसले ईमान ल्याए र असल कर्म पनि गरे, भने हामीले सत्कर्म गर्नेहरूको पुरस्कार खेर जान दिंदैनौं ।
अल-कहफकुरान अनुक्रमणिका
110आयत
MeccanRevelation
28आयत

अनुवाद — अल-कहफ 28

सूरा अल-कहफ आयत 28 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जुन मानिसहरूले विहान र साँझ आफ्नो पालनकर्तालाई पुकार्दछन् र…

सूरा आयत 28/110 — अल-कहफ الكهف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कहफ सुन्नुहोस्, अल-कहफ अनुवाद, अल-कहफ mp3, अल-कहफ pdf. आयत 26–30. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers