अन-नूर · 53/64
अनुवाद उच्चारण — अन-नूर
۞ وَأَقْسَمُوا بِاللَّهِ جَهْدَ أَيْمَانِهِمْ لَئِنْ أَمَرْتَهُمْ لَيَخْرُجُنَّ ۖ قُل لَّا تُقْسِمُوا ۖ طَاعَةٌ مَّعْرُوفَةٌ ۚ إِنَّ اللَّهَ خَبِيرٌ بِمَا تَعْمَلُونَ ۝٥٣
Wa aqsamoo billaahi jahda aimaanihim la`in amartahum la yakhrujunna qul laa tuqsimoo taa`atum ma`roofah innal laaha khabeerum bimaa ta`maloon
📖 नेपाली अर्थ
बडो दृढतापूर्वक अल्लाहको शपथ लिएर भन्दछन् कि तपाईको आदेश हुने वित्तिकै (सबै घरहरूबाट) निस्किहाल्छन्, भनिदिनुस् कि शपथ नखाऊ । तिम्रो आज्ञापालनको (वास्तविकता) थाहा छ । जे तिमी गर्दछौ अल्लाह तिम्रा सबै कुराहरूबाट अवगत छ ।

🎧 सुन्नुहोस्


📜 आयत 51-55 — अन-नूर

51إِنَّمَا كَانَ قَوْلَ الْمُؤْمِنِينَ إِذَا دُعُوا إِلَى اللَّهِ وَرَسُولِهِ لِيَحْكُمَ بَيْنَهُمْ أَن يَقُولُوا سَمِعْنَا وَأَطَعْنَا ۚ وَأُولَٰئِكَ هُمُ الْمُفْلِحُونَ
मोमिनको कुरा त यो हुन्छ कि जब तिनलाई अल्लाह र उसको रसुलतिर बोलाइन्छ, कि अल्लाह र उसको रसूलले उनीहरूको बीचमा फैसला गरिदिउन् त भन्छन्ः कि हामीले (आदेश) सुनिहाल्यौं र मानिहाल्यौं, र यिनै मानिसहरू सफलता प्राप्त गर्नेवाला हुन् ।
52وَمَن يُطِعِ اللَّهَ وَرَسُولَهُ وَيَخْشَ اللَّهَ وَيَتَّقْهِ فَأُولَٰئِكَ هُمُ الْفَائِزُونَ
र जुन व्यक्तिले अल्लाह र उसको रसुलको आज्ञापालन गर्नेछ र अल्लाहसित डर मान्नेछ तिनैले मुक्ति प्राप्त गर्नेवाला हुन् ।
53۞ وَأَقْسَمُوا بِاللَّهِ جَهْدَ أَيْمَانِهِمْ لَئِنْ أَمَرْتَهُمْ لَيَخْرُجُنَّ ۖ قُل لَّا تُقْسِمُوا ۖ طَاعَةٌ مَّعْرُوفَةٌ ۚ إِنَّ اللَّهَ خَبِيرٌ بِمَا تَعْمَلُونَ
बडो दृढतापूर्वक अल्लाहको शपथ लिएर भन्दछन् कि तपाईको आदेश हुने वित्तिकै (सबै घरहरूबाट) निस्किहाल्छन्, भनिदिनुस् कि शपथ नखाऊ । तिम्रो आज्ञापालनको (वास्तविकता) थाहा छ । जे तिमी गर्दछौ अल्लाह तिम्रा सबै कुराहरूबाट अवगत छ ।
54قُلْ أَطِيعُوا اللَّهَ وَأَطِيعُوا الرَّسُولَ ۖ فَإِن تَوَلَّوْا فَإِنَّمَا عَلَيْهِ مَا حُمِّلَ وَعَلَيْكُم مَّا حُمِّلْتُمْ ۖ وَإِن تُطِيعُوهُ تَهْتَدُوا ۚ وَمَا عَلَى الرَّسُولِ إِلَّا الْبَلَاغُ الْمُبِينُ
भनिदिनुस् कीः अल्लाहको आज्ञापालना गर र रसूलको आदेशको अनुशरण गर । यदि तिमी विमुख हुन्छौ भने रसूलको जिम्मामा त्यति मात्र छ जति उहाँलाई भनिएको छ । र तिमीमाथि त्यसको जवाफदेही छ जुन तिम्रो जिम्मा छ । र यदि रसूलको आदेश अनुसार हिंड्ने छौ भने सिधा मार्ग प्राप्त हुनेछ । र रसूलको जिम्मामा त स्पष्टरूपले (आदेशलाई) पुर्याइदिने सम्म मात्र हो ।
55وَعَدَ اللَّهُ الَّذِينَ آمَنُوا مِنكُمْ وَعَمِلُوا الصَّالِحَاتِ لَيَسْتَخْلِفَنَّهُمْ فِي الْأَرْضِ كَمَا اسْتَخْلَفَ الَّذِينَ مِن قَبْلِهِمْ وَلَيُمَكِّنَنَّ لَهُمْ دِينَهُمُ الَّذِي ارْتَضَىٰ لَهُمْ وَلَيُبَدِّلَنَّهُم مِّن بَعْدِ خَوْفِهِمْ أَمْنًا ۚ يَعْبُدُونَنِي لَا يُشْرِكُونَ بِي شَيْئًا ۚ وَمَن كَفَرَ بَعْدَ ذَٰلِكَ فَأُولَٰئِكَ هُمُ الْفَاسِقُونَ
अल्लाहले तिमीहरूमध्ये ती मानिसहरूसित, जसले ईमान ल्याए र असल कर्म गरे, वचन दिएको छः कि उसले उनीहरूलाई धर्तीमा अवश्य नै सत्ताधिकार प्रदान गर्नेछ, जसरी उसले उनीहरूभन्दा अगाडिका मानिसहरूलाई सत्ताधिकार प्रदान गरेको थियो र उनीहरूको धर्मलाई जुन उनीहरूको निम्ति रुचाएको छ त्यसलाई दृढ र बलियो बनाउनेछ, र निश्चय नै उनीहरूको वर्तमान भयको बदलामा उसले उनीहरूलाई शान्ति प्रदान गराउने छ । उनीहरूले मेरो अराधना गर्नेछन्, (र) मेरो साथमा कसैको साझेदारी ठहराउँने छैनन् र जसले यस पश्चात पनि कृतध्नता र कुफ्र गर्दछन् तिनी निश्चितरूपले अवज्ञाकारी हुन् ।
अन-नूरकुरान अनुक्रमणिका
64आयत
MedinanRevelation
53आयत

अनुवाद — अन-नूर 53

सूरा अन-नूर आयत 53 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : बडो दृढतापूर्वक अल्लाहको शपथ लिएर भन्दछन् कि तपाईको आदेश हुने…

सूरा आयत 53/64 — अन-नूर النور (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नूर सुन्नुहोस्, अन-नूर अनुवाद, अन-नूर mp3, अन-नूर pdf. आयत 51–55. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers