फुस्सिलत · 43/54
अनुवाद उच्चारण — फुस्सिलत
مَّا يُقَالُ لَكَ إِلَّا مَا قَدْ قِيلَ لِلرُّسُلِ مِن قَبْلِكَ ۚ إِنَّ رَبَّكَ لَذُو مَغْفِرَةٍ وَذُو عِقَابٍ أَلِيمٍ ۝٤٣
Maa yuqaalu laka illaa maa qad qeela lir Rusuli min qablik; inna Rabbaka lazoo maghfiratinw wa zoo `iqaabin aleem
📖 नेपाली अर्थ
तपार्इंलाई त्यही मात्र भनिदैछ जुन ती रसूलहरूलाई भनिसकिएको छ, जो तपार्इंभन्दा अगाडि गुज्रिसकेका छन् । निःसन्देह तपार्इंको पालनकर्ता बडो क्षमाशील छ र दुःखद सजाय दिनेवाला पनि छ ।
🎧 सुन्नुहोस्

📜 आयत 41-45 — फुस्सिलत

41إِنَّ الَّذِينَ كَفَرُوا بِالذِّكْرِ لَمَّا جَاءَهُمْ ۖ وَإِنَّهُ لَكِتَابٌ عَزِيزٌ
जुन मानिसहरूले आफूकहाँ कुरआन पुगिसकेपछि पनि यसलाई नकारे, (त्यो पनि हामीबाट लुकेको छैन ।) यो एउटा अधिपत्यशाली किताब हो ।
42لَّا يَأْتِيهِ الْبَاطِلُ مِن بَيْنِ يَدَيْهِ وَلَا مِنْ خَلْفِهِ ۖ تَنزِيلٌ مِّنْ حَكِيمٍ حَمِيدٍ
जसको नजिकसम्म असत्य पुग्नै सक्दैन न उसको अगाडि़बाट आउनसक्छ र न उसको पछाडिबाट, (यो) अवतरण हो, उसको तर्फबाट जो अत्यन्त तत्वदर्शी र प्रशंसनीय छ
43مَّا يُقَالُ لَكَ إِلَّا مَا قَدْ قِيلَ لِلرُّسُلِ مِن قَبْلِكَ ۚ إِنَّ رَبَّكَ لَذُو مَغْفِرَةٍ وَذُو عِقَابٍ أَلِيمٍ
तपार्इंलाई त्यही मात्र भनिदैछ जुन ती रसूलहरूलाई भनिसकिएको छ, जो तपार्इंभन्दा अगाडि गुज्रिसकेका छन् । निःसन्देह तपार्इंको पालनकर्ता बडो क्षमाशील छ र दुःखद सजाय दिनेवाला पनि छ ।
44وَلَوْ جَعَلْنَاهُ قُرْآنًا أَعْجَمِيًّا لَّقَالُوا لَوْلَا فُصِّلَتْ آيَاتُهُ ۖ أَأَعْجَمِيٌّ وَعَرَبِيٌّ ۗ قُلْ هُوَ لِلَّذِينَ آمَنُوا هُدًى وَشِفَاءٌ ۖ وَالَّذِينَ لَا يُؤْمِنُونَ فِي آذَانِهِمْ وَقْرٌ وَهُوَ عَلَيْهِمْ عَمًى ۚ أُولَٰئِكَ يُنَادَوْنَ مِن مَّكَانٍ بَعِيدٍ
र यदि हामीले यस कुरआनलाई गैर अरबी भाषामा अवतरित गरेको भए त उनीहरूले भन्थे कि ‘‘उसका आयातहरू (हाम्रो भाषामा) स्पष्टरूपले किन वर्णन गरिएन ? यो अनौठो कुरा हो कि गैर अरबी किताब छ र रसूल(संदेष्टा) अरबी ?’’ तपार्इं भनिदिनुस् कि यो त ‘‘ती मानिसहरूको निम्ति जसले ईमान ल्याए, मार्गदर्शन र आरोग्य छ, तर जसले ईमान ल्याएका छैनन् उनका कानहरूमा बहिरोपन र बोझ छ (सुन्दैनन्) र त्यो (कुरआन) उनीहरूका निम्ति अन्धोपन (प्रमाणित भइराखेको) छ, उनीहरू यस्ता छन् जसलाई मानौं कुनै टाढा ठाउँबाट पुकारिदैछ ।’’
45وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ فَاخْتُلِفَ فِيهِ ۗ وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِن رَّبِّكَ لَقُضِيَ بَيْنَهُمْ ۚ وَإِنَّهُمْ لَفِي شَكٍّ مِّنْهُ مُرِيبٍ
हामीले ‘‘मूसा(अलैहिस्सलाम)लाई’’ किताब दियौं, अनि त्यसमा पनि विवाद गरियो । यदि तपार्इंको पालनकर्ताको तर्फबाट अघिदेखि नै निश्चित भइसकेको कुरा नभएको भए उनीहरूको बीचमा अघि नै फैसला गरिहालिन्थ्यो । यिनीहरू त यस (कुरआन) बारे बेचैनीवाला सन्देहमा अल्झिराखेका छन् ।
फुस्सिलतकुरान अनुक्रमणिका
54आयत
MeccanRevelation
43आयत

अनुवाद — फुस्सिलत 43

सूरा फुस्सिलत आयत 43 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तपार्इंलाई त्यही मात्र भनिदैछ जुन ती रसूलहरूलाई भनिसकिएको छ, जो…

सूरा आयत 43/54 — फुस्सिलत فصلت (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: फुस्सिलत सुन्नुहोस्, फुस्सिलत अनुवाद, फुस्सिलत mp3, फुस्सिलत pdf. आयत 41–45. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers