अश-शूरा · 48/53
अनुवाद उच्चारण — अश-शूरा
فَإِنْ أَعْرَضُوا فَمَا أَرْسَلْنَاكَ عَلَيْهِمْ حَفِيظًا ۖ إِنْ عَلَيْكَ إِلَّا الْبَلَاغُ ۗ وَإِنَّا إِذَا أَذَقْنَا الْإِنسَانَ مِنَّا رَحْمَةً فَرِحَ بِهَا ۖ وَإِن تُصِبْهُمْ سَيِّئَةٌ بِمَا قَدَّمَتْ أَيْدِيهِمْ فَإِنَّ الْإِنسَانَ كَفُورٌ ۝٤٨
Fa-in a`radoo famaaa arsalnaaka `alaihim hafeezan in `alaika illal balaagh; wa innaaa izaaa azaqnal insaana minnaa rahmatan fariha bihaa wa in tusibhum saiyi`atum bimaa qaddamat aydeehim fa innal insaana kafoor
📖 नेपाली अर्थ
यदि उनीहरू विमुख हुन्छन् भने हामीले तपाईलाई उनीहरूको निम्ति कुनै संरक्षक बनाएर पठाएका छैनौं । तपाईमाथि त मात्र (सन्देश)पुर्याइदिने जिम्मेवारी छ । र जब हामीले मानिसलाई आफ्नो दयालुताको रसास्वादन गराउँछौ त त्यसबाट ऊ मग्न भइहाल्दछ, र यदि उनीहरूलाई उनीहरूकै कर्महरूको कारणले कुनै कष्ट पुग्दछ त निश्चय नै त्यही मानिस बडो कृतघ्न बनिहाल्छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 46-50 — अश-शूरा

46وَمَا كَانَ لَهُم مِّنْ أَوْلِيَاءَ يَنصُرُونَهُم مِّن دُونِ اللَّهِ ۗ وَمَن يُضْلِلِ اللَّهُ فَمَا لَهُ مِن سَبِيلٍ
र अल्लाह बाहेक उनीहरूको कोही मित्र हुनेछैन, जसले अल्लाहबाट अलग उनीहरूको सहायता गर्न सकुन् । र जसलाई अल्लाहले पथविचलित गरिदिन्छ, उसको लागि कुनै मार्ग हुँदैन ।
47اسْتَجِيبُوا لِرَبِّكُم مِّن قَبْلِ أَن يَأْتِيَ يَوْمٌ لَّا مَرَدَّ لَهُ مِنَ اللَّهِ ۚ مَا لَكُم مِّن مَّلْجَإٍ يَوْمَئِذٍ وَمَا لَكُم مِّن نَّكِيرٍ
आफ्नो पालानकर्ताको आदेश मानिहाल यसभन्दा पहिले कि अल्लाहको तर्फबाट त्यो दिन आओस् जो फर्कदैन । त्यसदिन तिम्रो निम्ति न कुनै शरणस्थल हुनेछ र न तिमीले लुकेर इन्कार गर्न सक्नेछौ ।
48فَإِنْ أَعْرَضُوا فَمَا أَرْسَلْنَاكَ عَلَيْهِمْ حَفِيظًا ۖ إِنْ عَلَيْكَ إِلَّا الْبَلَاغُ ۗ وَإِنَّا إِذَا أَذَقْنَا الْإِنسَانَ مِنَّا رَحْمَةً فَرِحَ بِهَا ۖ وَإِن تُصِبْهُمْ سَيِّئَةٌ بِمَا قَدَّمَتْ أَيْدِيهِمْ فَإِنَّ الْإِنسَانَ كَفُورٌ
यदि उनीहरू विमुख हुन्छन् भने हामीले तपाईलाई उनीहरूको निम्ति कुनै संरक्षक बनाएर पठाएका छैनौं । तपाईमाथि त मात्र (सन्देश)पुर्याइदिने जिम्मेवारी छ । र जब हामीले मानिसलाई आफ्नो दयालुताको रसास्वादन गराउँछौ त त्यसबाट ऊ मग्न भइहाल्दछ, र यदि उनीहरूलाई उनीहरूकै कर्महरूको कारणले कुनै कष्ट पुग्दछ त निश्चय नै त्यही मानिस बडो कृतघ्न बनिहाल्छन् ।
49لِّلَّهِ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ ۚ يَخْلُقُ مَا يَشَاءُ ۚ يَهَبُ لِمَن يَشَاءُ إِنَاثًا وَيَهَبُ لِمَن يَشَاءُ الذُّكُورَ
सम्पूर्ण आकाश र पृथ्वीको सत्ता अल्लाहकै लागि हो । उसले जे चाहन्छ सृष्टि गर्दछ, जसलाई चाहन्छ, पुत्रीहरू प्रदान गर्दछ र जसलाई चाहन्छ, छोराहरू प्रदान गर्दछ ।
50أَوْ يُزَوِّجُهُمْ ذُكْرَانًا وَإِنَاثًا ۖ وَيَجْعَلُ مَن يَشَاءُ عَقِيمًا ۚ إِنَّهُ عَلِيمٌ قَدِيرٌ
वा उनीलाई दुबै छोरा र छोरी प्रदान गर्दछ र जसलाई चाहन्छ, निःसन्तान गरिदिन्छ । निश्चय नै ऊ सर्वज्ञ ठूलो सामथ्र्यवान छ ।
अश-शूराकुरान अनुक्रमणिका
53आयत
MeccanRevelation
48आयत

अनुवाद — अश-शूरा 48

सूरा अश-शूरा आयत 48 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यदि उनीहरू विमुख हुन्छन् भने हामीले तपाईलाई उनीहरूको निम्ति कुनै…

सूरा आयत 48/53 — अश-शूरा الشورى (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शूरा सुन्नुहोस्, अश-शूरा अनुवाद, अश-शूरा mp3, अश-शूरा pdf. आयत 46–50. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers