PDF —
49 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अत-तूर pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अत-तूर pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अत-तूर अनुवाद. सूरा अत-तूर (Meccan) 49 आयत.



49 आयत · Meccan · नेपाली
bismillah
ﮞﮟ
52:1 तूर (पहाड़) को कसम ।
ﮠﮡﮢ
52:2 र किताबको पनि जो लेखिएको छ ।
ﮣﮤﮥﮦ
52:3 खुल्ला पानाहरूमा
ﮧﮨﮩ
52:4 र आबाद घरको कसम ।
ﮪﮫﮬ
52:5 र उच्च छानाको (कसम) ।
ﮭﮮﮯ
52:6 र भड्काइएको समुन्द्रको (कसम) ।
ﮰﮱﯓﯔﯕ
52:7 निश्चय नै तपाईको पालनकर्ताको यातना भएरै रहनेछ ।
ﯖﯗﯘﯙﯚ
52:8 उसलाई कसैले रोक्न सक्नेछैन ।
ﯛﯜﯝﯞﯟ
52:9 जुन दिन आकाश कम्पित हुनेछ ।
ﯠﯡﯢﯣ
52:10 र पहाडहरू चलायमान हुनेछन् ।
ﯤﯥﯦﯧ
52:11 त्यसदिन इन्कार गर्नेहरूको निम्ति पूरै तिरस्कार हुनेछ ।
ﯨﯩﯪﯫﯬﯭ
52:12 जो सतही झूठा कुरामा रमाइरहेका छन् ।
ﯮﯯﯰﯱﯲﯳﯴ
52:13 जुन दिन उनीहरू नर्कको आगोतिर धकेली लगिनेछन् ।
ﯵﯶﯷﯸﯹﯺﯻ
52:14 यही त्यो नर्कको आगो हो, जसलाई तिमीले असत्य ठान्दथ्यौ ।
ﭑﭒﭓﭔﭕﭖﭗ
52:15 त के यो जादू हो अथवा तिमीले देख्दैनौ
ﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥ
52:16 यसमा प्रवेश गरिहाल र धैर्य गर वा नगर, तिम्रो निम्ति समान छ, जुन काम तिमीले गर्ने गर्दथ्यौ, त्यसैको तिमीलाई प्रतिफल दिइनेछ ।
ﭦﭧﭨﭩﭪﭫ
52:17 जो संयमी छन्, उनीहरू स्वर्गमा र अनुकम्पाहरूमा रहनेछन् ।
ﭬﭭﭮﭯﭰﭱﭲﭳﭴ
52:18 जेजति उनीहरूको पालनकर्ताले उनीहरूलाई प्रदान गरेको छ त्यसबाट आनन्दित भइरहनेछन्, र उनको पालनकर्ताले उनीहरूलाई नर्कको सजायबाट बचाइहाल्यो ।
ﭵﭶﭷﭸﭹﭺﭻ
52:19 तिमी आफ्ना कर्महरूको प्रतिफल स्वरूप, जुन तिमी गर्दथ्यौ आनन्दसित खाऊ र पिऊ ।
ﭼﭽﭾﭿﮀﮁﮂﮃﮄ
52:20 पंक्तिबद्ध बिछाइएका शानदार तख्ताहरूमा तकिया लगाएर, र हामीले ठूला–ठूला आँखा भएकी सुन्दरी (अप्सरा)हरूसंग उनीहरूको विवाह गरिदिएका छौं ।
ﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕﮖﮗﮘﮙ
52:21 र जसले ईमान ल्याए र उनका सन्तानहरूले पनि ईमानमा उनको अनुशरण गरे, हामीले उनको सन्तानहरूलाई पनि उनीहरूसम्म पुर्याइदिनेछौं र उनका कर्महरूबाट केही कम गर्ने छैनौं । प्रत्येक व्यक्ति आफ्नो कर्मजालमा फँसेको छ ।
ﮚﮛﮜﮝﮞﮟ
52:22 र हामीले उनीहरूको लागि स्वादिलो फलहरू र मनपराएका मासु पर्याप्त प्रदान गर्नेछौं ।
ﮠﮡﮢﮣﮤﮥﮦﮧﮨ
52:23 त्यहाँ उनीहरू एक–अर्कासित पान–पत्र (मदिरा) आदानप्रदान गर्नेछन्, जसमा न कुनै फजूलपना हुनेछ न कुनै पाप ।
ﮩﮪﮫﮬﮭﮮﮯﮰﮱ
52:24 उनीहरूको आसपासमा नवयुवक सेवकहरू हिंडिराख्नेछन् जो सुरक्षित मोतीहरू जस्तो हुनेछन् ।
ﯓﯔﯕﯖﯗﯘ
52:25 र एक अर्कातिर ध्यान दिएर आपसमा कुराकानी गर्नेछन् ।
ﯙﯚﯛﯜﯝﯞﯟﯠ
52:26 भन्नेछन्ः कि यसभन्दा पहिला हामी आफ्ना घरहरूमा (अल्लाहसित) धेरै डराउने तर्सने गर्दथ्यौं ।
ﯡﯢﯣﯤﯥﯦﯧ
52:27 अनि अल्लाहले हामीमाथि ठूलो अनुकम्पा गर्यो र हामीलाई बिषालु लूको यातनाबाट बचाइहाल्यो ।
ﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱﯲ
52:28 यसभन्दा पहिला नै हामीले उसको (अल्लाहको) प्रार्थना गर्ने गर्दथ्यौं । निःसन्देह ऊ अनुकम्पा गर्नेवाला दयावान् छ ।
ﯳﯴﯵﯶﯷﯸﯹﯺﯻ
52:29 अतः (हे पैगम्बर) तपाई सम्झाउँदै गर्नुस् किनभने तपाई आफ्नो पालनकर्ताको कृपाले न शकुनविचार गर्नेवाला र नत पागल हुनुहुन्छ ।
ﯼﯽﯾﯿﰀﰁﰂﰃ
52:30 के इन्कार गर्नेहरूले भन्दछन्ः कि त्यो कवि हो जसको निम्ति हामी कालचक्र अर्थात मृत्युको प्रतीक्षा गरिराखेका छौं ।
ﰄﰅﰆﰇﰈﰉﰊ
52:31 भनिदिनुस् कि तिमी प्रतीक्षा गर्दैजाऊ । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दैछु ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙﭚ
52:32 के उनीहरूको बुद्धिले उनीहरूलाई यही सिकाउँदछ वा उनीहरू अट्टेरी नै हुन् ।
ﭛﭜﭝﭞﭟﭠﭡﭢ
52:33 के इन्कारीहरू भन्दछन् कि यस पैगम्बरले (कुरआनलाई) स्वयं रचिहालेको छ ? (होइन) साँचो कुरा यो छ कि तिनीहरूमा ईमान छैन ।
ﭣﭤﭥﭦﭧﭨﭩ
52:34 यदि यिनीहरू साँचो छन् भने यस्तो एउटै वाक्य यिनीहरूले पनि ल्याउन् ।
ﭪﭫﭬﭭﭮﭯﭰﭱﭲ
52:35 के यिनीहरूले कसैले सृष्टि नगरी आफै जन्मिहालेका हुन् वा स्वयं स्रष्टा हुन्
ﭳﭴﭵﭶﭷﭸﭹﭺﭻ
52:36 के उनीहरूले नै आकाशहरू र धरतीको सृष्टि गरेका छन् ? (होइन) बरु यिनीहरू ईमान नल्याउने मानिस हुन् ।
ﭼﭽﭾﭿﮀﮁﮂﮃ
52:37 वा के उनीहरूको पासमा तिम्रो पालनकर्ताको खजाना छ ? वा उनीहरू नै त्यसको (खाजानाको) रक्षक हुन्
ﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎ
52:38 वा के उनको पासमा कुनै सिंढी छ जसमाथि चढेर उनीहरू सुन्दछन् ? (यदि यस्तो छ) भने उनीहरूमध्ये जसले सुनिराखेको छ उसले त्यसबारेमा स्पष्ट प्रमाण ल्याओस् ।
ﮏﮐﮑﮒﮓﮔ
52:39 वा के अल्लाहको लागि सबै छोरीहरू छन्, र तिम्रा निम्ति छोराहरू
ﮕﮖﮗﮘﮙﮚﮛﮜ
52:40 वा तपाईले उनीहरूसित कुनै पारिश्रमिक माँग्नु हुन्छ जसको बोझले यिनीहरू थिचिदै गएका छन्
ﮝﮞﮟﮠﮡﮢ
52:41 के उनीहरूसंग अदृश्यको ज्ञान छ कि उनीहरू त्यसलाई लेखिहाल्छन्
ﮣﮤﮥﮦﮧﮨﮩﮪﮫ
52:42 के उनीहरू कुनै चाल चल्न चाहन्छन् ? (तर) विश्वास गर्नु काफिर त स्वयम् दाउको चपेटमा पर्नेवाला छन् ।
ﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖﯗ
52:43 के अल्लाह बाहेक उनीहरूको अर्को कोही पूज्य छ ? (होइन) अल्लाह उनीहरूको शिर्कबाट पवित्र छ ।
ﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡ
52:44 यदि उनीहरू आकाशको कुनै टुक्रा खसिराखेको देख्छन् भने, भन्नेछन् कि यो त पत्रमाथि पत्र परेको बादल हो ।
ﯢﯣﯤﯥﯦﯧﯨﯩ
52:45 तसर्थ उनीहरूलाई छाडिदेऊ, यहाँसम्म कि त्यो दिनको सामना होस् जसमा उनीहरू बेहोश पारिनेछन् ।
ﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳ
52:46 जुन दिन उनको कुनै दाउपेच उनको काम आउँदैन र नत कहींबाट सहायता प्राप्त गर्नेछन् ।
ﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾ
52:47 निःसन्देह अत्याचारीहरूको निम्ति यस बाहेक अरु यातना पनि छ, तर उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।
ﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉﰊ
52:48 तपाईले आफ्नो पालनकर्ताको आदेशको प्रतीक्षामा धैर्य गर्नुस्, तपाई त हाम्रो आँखा अगाडि हुनुहुन्छ । बिहान उठ्ने बेला आफ्नो पालनकर्ताको प्रशंसाको वर्णन गर्नुस् ।
ﰋﰌﰍﰎﰏﰐ
52:49 र राती पनि उसको गुणगान गर्ने गर्नुस् र ताराहरू अस्ताउँदा पनि ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers