सूरा अल-कलम अरबी र नेपाली

सूरा अल-कलम पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (52 आयत — مكية). अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf.

सूरा अल-कलम पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
ن ۚ وَالْقَلَمِ وَمَا يَسْطُرُونَ ۝١
📖 अनुवाद आयत 1
नून, कसम छ कलमको र त्यसको जुन कुरो तिनीहरू (फरिश्ताहरू) लेख्दछन् ।
مَا أَنتَ بِنِعْمَةِ رَبِّكَ بِمَجْنُونٍ ۝٢
📖 अनुवाद आयत 2
कि (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) तपाई आफ्नो पालनकर्ताको अनुकम्पाबाट बउलाहा होइन ।
وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونٍ ۝٣
📖 अनुवाद आयत 3
र निःसन्देह तपाईको लागि अन्त न हुनेवाला बडो अनुकम्पा छ ।
وَإِنَّكَ لَعَلَىٰ خُلُقٍ عَظِيمٍ ۝٤
📖 अनुवाद आयत 4
निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।
فَسَتُبْصِرُ وَيُبْصِرُونَ ۝٥
📖 अनुवाद आयत 5
अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन्
بِأَييِّكُمُ الْمَفْتُونُ ۝٦
📖 अनुवाद आयत 6
कि तिमीमध्येबाट को भ्रमित भएको छ ।
إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِ وَهُوَ أَعْلَمُ بِالْمُهْتَدِينَ ۝٧
📖 अनुवाद आयत 7
निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् ।
فَلَا تُطِعِ الْمُكَذِّبِينَ ۝٨
📖 अनुवाद आयत 8
तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु ।
وَدُّوا لَوْ تُدْهِنُ فَيُدْهِنُونَ ۝٩
📖 अनुवाद आयत 9
तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् ।
وَلَا تُطِعْ كُلَّ حَلَّافٍ مَّهِينٍ ۝١٠
📖 अनुवाद आयत 10
र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ ।
هَمَّازٍ مَّشَّاءٍ بِنَمِيمٍ ۝١١
📖 अनुवाद आयत 11
बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ ।
مَّنَّاعٍ لِّلْخَيْرِ مُعْتَدٍ أَثِيمٍ ۝١٢
📖 अनुवाद आयत 12
(र जो)राम्रो कुराबाट रोक्नेवाला, सीमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी, (हो) ।
عُتُلٍّ بَعْدَ ذَٰلِكَ زَنِيمٍ ۝١٣
📖 अनुवाद आयत 13
घमण्डी र त्यो पनि जारज ।
أَن كَانَ ذَا مَالٍ وَبَنِينَ ۝١٤
📖 अनुवाद आयत 14
उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला छ
إِذَا تُتْلَىٰ عَلَيْهِ آيَاتُنَا قَالَ أَسَاطِيرُ الْأَوَّلِينَ ۝١٥
📖 अनुवाद आयत 15
जब उसका सामु हाम्रा आयतहरू पढेर सुनाइन्छन्, तब भन्छ कि यी त पहिलाका मानिसहरूका कथा हुन् ।
سَنَسِمُهُ عَلَى الْخُرْطُومِ ۝١٦
📖 अनुवाद आयत 16
हामीले पनि (शीघ्र नै) उसको नाकमा दाग लगाउनेछौं ।
إِنَّا بَلَوْنَاهُمْ كَمَا بَلَوْنَا أَصْحَابَ الْجَنَّةِ إِذْ أَقْسَمُوا لَيَصْرِمُنَّهَا مُصْبِحِينَ ۝١٧
📖 अनुवाद आयत 17
निःसंदेह हामीले उनीहरूको यस्तै प्रकारले परीक्षा लिएकाछौं जुन प्रकारले बागवालाहरूको परीक्षा लिएका थियौं, जबकि उनीहरूले कसम खाए कि प्रातःकाल हुनासाथ अवश्य त्यस बगैचाका फल टिप्नेछौं ।
وَلَا يَسْتَثْنُونَ ۝١٨
📖 अनुवाद आयत 18
र ‘‘इन्शाअल्लाह’’(यदि अल्लहले चाह्यो) भनेनन्
فَطَافَ عَلَيْهَا طَائِفٌ مِّن رَّبِّكَ وَهُمْ نَائِمُونَ ۝١٩
📖 अनुवाद आयत 19
तसर्थ उनीहरूमाथि उनीहरू सुतिराखेकै बेलामा तिम्रो पालनकर्ताको तर्फबाट एउटा विपदाले चक्कर लगाइहाल्यो ।
فَأَصْبَحَتْ كَالصَّرِيمِ ۝٢٠
📖 अनुवाद आयत 20
तब त्यो बगैचा यस्तो भइहाल्यो जस्तो कि काटिएको खेती
فَتَنَادَوْا مُصْبِحِينَ ۝٢١
📖 अनुवाद आयत 21
जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले
أَنِ اغْدُوا عَلَىٰ حَرْثِكُمْ إِن كُنتُمْ صَارِمِينَ ۝٢٢
📖 अनुवाद आयत 22
कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै आइपुग ।
فَانطَلَقُوا وَهُمْ يَتَخَافَتُونَ ۝٢٣
📖 अनुवाद आयत 23
फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे ।
أَن لَّا يَدْخُلَنَّهَا الْيَوْمَ عَلَيْكُم مِّسْكِينٌ ۝٢٤
📖 अनुवाद आयत 24
कि आज यहाँ तिम्रो पासमा कोही गरिब आउन नपाओस्
وَغَدَوْا عَلَىٰ حَرْدٍ قَادِرِينَ ۝٢٥
📖 अनुवाद आयत 25
र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामथ्र्यवान हुनेछौं ।
فَلَمَّا رَأَوْهَا قَالُوا إِنَّا لَضَالُّونَ ۝٢٦
📖 अनुवाद आयत 26
जब उनीहरूले बागलाई देखे त भन्नथाले कि हामी निश्चयनै बाटो बिर्सिसकेका छौं
بَلْ نَحْنُ مَحْرُومُونَ ۝٢٧
📖 अनुवाद आयत 27
होइन, होइन बरु हाम्रो भाग्य नै फेरीसक्यो ।
قَالَ أَوْسَطُهُمْ أَلَمْ أَقُل لَّكُمْ لَوْلَا تُسَبِّحُونَ ۝٢٨
📖 अनुवाद आयत 28
एउटा जुन उनीहरूमध्ये बुद्धिमान थियो उसले भन्यो, के मैले तिमीसित भनेको थिएन कि तिमीले अल्लाहको पवित्रताको वर्णन किन गर्दैनौ
قَالُوا سُبْحَانَ رَبِّنَا إِنَّا كُنَّا ظَالِمِينَ ۝٢٩
📖 अनुवाद आयत 29
तब उनीहरू सबैले भन्नथाले कि हाम्रो पालनकर्ता पवित्र छ, निश्चय नै हामी नै अत्याचारी थियौं
فَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَلَاوَمُونَ ۝٣٠
📖 अनुवाद आयत 30
अनि उनीहरू एक अर्कातिर मुख फर्काइ परस्पर धिक्कार्न थाले
قَالُوا يَا وَيْلَنَا إِنَّا كُنَّا طَاغِينَ ۝٣١
📖 अनुवाद आयत 31
भन्न थाले, हाय अफशोच हामी नै हदभन्दा अगाडि गइसकेका थियौं ।
عَسَىٰ رَبُّنَا أَن يُبْدِلَنَا خَيْرًا مِّنْهَا إِنَّا إِلَىٰ رَبِّنَا رَاغِبُونَ ۝٣٢
📖 अनुवाद आयत 32
आशा छ कि हाम्रो पालनकर्ताले यसको सट्टा हामीहरूलाई यसभन्दा राम्रो बदला प्रदान गरोस्, हामी त अब आफ्नो पालनकर्ताबाटै आशन्वित हुन्छौं ।
كَذَٰلِكَ الْعَذَابُ ۖ وَلَعَذَابُ الْآخِرَةِ أَكْبَرُ ۚ لَوْ كَانُوا يَعْلَمُونَ ۝٣٣
📖 अनुवाद आयत 33
(हेर) विपदा यस्तै आउँछ र परलोकको विपदा धेरै ठूलो छ, यदि यो कुरा उनीहरूले बुझ्नसक्ने भए ।
إِنَّ لِلْمُتَّقِينَ عِندَ رَبِّهِمْ جَنَّاتِ النَّعِيمِ ۝٣٤
📖 अनुवाद आयत 34
निश्चय नै संयमीहरूको निम्ति उनीहरूको पालनकर्ताकहाँ उपहारवाला स्वर्गहरू छन् ।
أَفَنَجْعَلُ الْمُسْلِمِينَ كَالْمُجْرِمِينَ ۝٣٥
📖 अनुवाद आयत 35
के हामी आज्ञाकारीहरूलाई अपराधीहरू जस्तो गरिदिनेछौं
مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ ۝٣٦
📖 अनुवाद आयत 36
तिमीलाई के भएको छ, कस्तो निर्णय गर्दैछौ
أَمْ لَكُمْ كِتَابٌ فِيهِ تَدْرُسُونَ ۝٣٧
📖 अनुवाद आयत 37
के तिम्रो पासमा कुनै किताब छ जसबाट तिमी (यो) पढ्छौ
إِنَّ لَكُمْ فِيهِ لَمَا تَخَيَّرُونَ ۝٣٨
📖 अनुवाद आयत 38
कि तिमीले रुचाउने कुराहरू त्यसमा होउन्
أَمْ لَكُمْ أَيْمَانٌ عَلَيْنَا بَالِغَةٌ إِلَىٰ يَوْمِ الْقِيَامَةِ ۙ إِنَّ لَكُمْ لَمَا تَحْكُمُونَ ۝٣٩
📖 अनुवाद आयत 39
वा तिमीहरूले हामीसित कुनै शपथ लिएकाछौ ? जुन कयामतको दिनसम्म बाँकी रहनेछ, कि तिम्रो निम्ति त्यो सबै छ जुन तिमीले आफ्नो तर्फबाट फैसला गर्दछौ ।
سَلْهُمْ أَيُّهُم بِذَٰلِكَ زَعِيمٌ ۝٤٠
📖 अनुवाद आयत 40
उनीहरूसित सोध कि उनीहरूमध्ये यसको जिम्मावाला को हो
أَمْ لَهُمْ شُرَكَاءُ فَلْيَأْتُوا بِشُرَكَائِهِمْ إِن كَانُوا صَادِقِينَ ۝٤١
📖 अनुवाद आयत 41
के (यस भनाईमा) उनका अरु पनि साझेदार छन् ? यदि उनी साँचो छन् भने आफ्नो साझेदारहरूलाई ल्याई अगाडि उभ्याउन् ।
يَوْمَ يُكْشَفُ عَن سَاقٍ وَيُدْعَوْنَ إِلَى السُّجُودِ فَلَا يَسْتَطِيعُونَ ۝٤٢
📖 अनुवाद आयत 42
जुन दिन घुँडा खोलिदिइनेछ र उनीहरू सजदाको निम्ति बोलाइने छन्, तब तिनीहरूले सिज्दा गर्नसक्ने छैनन् ।
خَاشِعَةً أَبْصَارُهُمْ تَرْهَقُهُمْ ذِلَّةٌ ۖ وَقَدْ كَانُوا يُدْعَوْنَ إِلَى السُّجُودِ وَهُمْ سَالِمُونَ ۝٤٣
📖 अनुवाद आयत 43
आँखाहरू तल झुकेका हुनेछन्, र उनीमाथि अपमान छाइराखेको हुनेछ । उनीहरूलाई त्यस बेला पनि ढोगको निम्ति बोलाइन्थ्यो जबकि उनीहरू ठीकठाक थिए ।
فَذَرْنِي وَمَن يُكَذِّبُ بِهَٰذَا الْحَدِيثِ ۖ سَنَسْتَدْرِجُهُم مِّنْ حَيْثُ لَا يَعْلَمُونَ ۝٤٤
📖 अनुवाद आयत 44
अतः तिमीले मलाई र मेरा वाणीलाई झूठा भन्नेहरूलाई छाडिदेऊ । हामीले उनीहरूलाई विस्तारै यस्तो तरीकाले समात्ने छौं कि उनलाई थाहा पनि हुनेछैन ।
وَأُمْلِي لَهُمْ ۚ إِنَّ كَيْدِي مَتِينٌ ۝٤٥
📖 अनुवाद आयत 45
मैले उनलाई मोहलत दिइराख्नेछु, निःसंदेह मेरो योजना धेरै बलियो छ ।
أَمْ تَسْأَلُهُمْ أَجْرًا فَهُم مِّن مَّغْرَمٍ مُّثْقَلُونَ ۝٤٦
📖 अनुवाद आयत 46
के तिमी उनीहरूसित केही बदला माँगिराखेका छौ कि उनीहरू त्यसको बोझबाट थिचिंदै गइराखेका छन् ।
أَمْ عِندَهُمُ الْغَيْبُ فَهُمْ يَكْتُبُونَ ۝٤٧
📖 अनुवाद आयत 47
वा के उनीहरूको पासमा परोक्षको ज्ञान छ जसलाई उनी लेख्दै गएका छन्
فَاصْبِرْ لِحُكْمِ رَبِّكَ وَلَا تَكُن كَصَاحِبِ الْحُوتِ إِذْ نَادَىٰ وَهُوَ مَكْظُومٌ ۝٤٨
📖 अनुवाद आयत 48
अतः आफ्नो पालनकर्ताको आदेशलाई तपाईले धैर्यसित प्रतीक्षा गर्नुस् र माछावाला जस्तै नहुनु, कि उनले गहिरो दुःखको अवस्थामा प्रार्थना गरेका थिए ।
لَّوْلَا أَن تَدَارَكَهُ نِعْمَةٌ مِّن رَّبِّهِ لَنُبِذَ بِالْعَرَاءِ وَهُوَ مَذْمُومٌ ۝٤٩
📖 अनुवाद आयत 49
यदि उनको साथमा उनको पालनकर्ताको अनुकम्पा नभएको भए उनी खुल्ला मैदानमा फ्याँकिने थिए, र उनको अवस्था नराम्रो हुने थियो ।
فَاجْتَبَاهُ رَبُّهُ فَجَعَلَهُ مِنَ الصَّالِحِينَ ۝٥٠
📖 अनुवाद आयत 50
अन्ततः उनको पालनकर्ताले फेरि उनलाई रोजिहाल्यो र उनलाई राम्रा मानिसहरूमा शम्मिलित गरिदियो ।
وَإِن يَكَادُ الَّذِينَ كَفَرُوا لَيُزْلِقُونَكَ بِأَبْصَارِهِمْ لَمَّا سَمِعُوا الذِّكْرَ وَيَقُولُونَ إِنَّهُ لَمَجْنُونٌ ۝٥١
📖 अनुवाद आयत 51
र नजिक छ कि काफिरहरूले आफ्नो तीव्र दृष्टिबाट तपाईलाई चिप्ल्याई दिनेछन्, जब उनी ‘‘कुरआन’’ सुन्दछन् र भनिदिन्छन् कि यिनी त अवश्य दिवाना छन् ।
وَمَا هُوَ إِلَّا ذِكْرٌ لِّلْعَالَمِينَ ۝٥٢
📖 अनुवाद आयत 52
वास्तवमा यो (कुरआन) त सबै संसारवालाहरूको निम्ति पूरै उपदेश हो ।
← 67 अल-कलम (68/114) 69 →
पढ्नुहोस् सूरा अल-कलम नेपाली – अनुवाद, उच्चारण र अडियो

68القلم Al-Qalam 📚 52 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers