अल-बकरा · 238/286
अनुवाद उच्चारण — अल-बकरा
حَافِظُوا عَلَى الصَّلَوَاتِ وَالصَّلَاةِ الْوُسْطَىٰ وَقُومُوا لِلَّهِ قَانِتِينَ ۝٢٣٨
Haafizoo `alas salawaati was Salaatil Wustaa wa qoomoo lillaahi qaaniteen
📖 नेपाली अर्थ
सबै नमाजहरू विशेष गरी बीचको नमाज सुचारु रूपले सम्पन्न गर्दै गर र अल्लाहको अगाडि आदर साथ उभिने गर ।
🎧 सुन्नुहोस्

📜 आयत 236-240 — अल-बकरा

236لَّا جُنَاحَ عَلَيْكُمْ إِن طَلَّقْتُمُ النِّسَاءَ مَا لَمْ تَمَسُّوهُنَّ أَوْ تَفْرِضُوا لَهُنَّ فَرِيضَةً ۚ وَمَتِّعُوهُنَّ عَلَى الْمُوسِعِ قَدَرُهُ وَعَلَى الْمُقْتِرِ قَدَرُهُ مَتَاعًا بِالْمَعْرُوفِ ۖ حَقًّا عَلَى الْمُحْسِنِينَ
यदि तिमीले स्वास्नी मानिसहरूलाई तिनीहरूसँग समागम गर्नु र महर निर्धारित गर्नु अघि नै तलाक दिन्छौ भने तिमीमाथि कुनै गुनाह छैन, हो उनलाई केही उचित रकम अवश्य देऊ (अर्थात) सम्पन्नले आफ्नो सामर्थ अनुसार देओस् र अभावग्रस्तले आफ्नो हैसियत अनुरूप, भलाई गर्ने मानिसहरूको निम्ति यो एउटा अनिवार्यता हो ।
237وَإِن طَلَّقْتُمُوهُنَّ مِن قَبْلِ أَن تَمَسُّوهُنَّ وَقَدْ فَرَضْتُمْ لَهُنَّ فَرِيضَةً فَنِصْفُ مَا فَرَضْتُمْ إِلَّا أَن يَعْفُونَ أَوْ يَعْفُوَ الَّذِي بِيَدِهِ عُقْدَةُ النِّكَاحِ ۚ وَأَن تَعْفُوا أَقْرَبُ لِلتَّقْوَىٰ ۚ وَلَا تَنسَوُا الْفَضْلَ بَيْنَكُمْ ۚ إِنَّ اللَّهَ بِمَا تَعْمَلُونَ بَصِيرٌ
र, यदि तिमीले स्वास्नीहरूलाई समागम गर्नु अगाडि तलाक दिन्छौ, तर महर निश्चित गरिसकेका छौं भने निर्धारित रकमको आधा दिइहाल्नु । हो, यदि स्वास्नीहरूले महरको रकम माफ गर्दछिन् अथवा जसको हातमा विवाह बन्धन छ उसले छाडिदेओस् । र यदि तिमी पुरुषहरू नै आफ्ना अधिकार छाडिदिन्छौं, भने यो आत्मसंयमको कुरा हो । पारस्परिक सदभाव र भलो गर्न नबिर्सनु, निःसन्देह अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलाप देखिराखेको छ ।
238حَافِظُوا عَلَى الصَّلَوَاتِ وَالصَّلَاةِ الْوُسْطَىٰ وَقُومُوا لِلَّهِ قَانِتِينَ
सबै नमाजहरू विशेष गरी बीचको नमाज सुचारु रूपले सम्पन्न गर्दै गर र अल्लाहको अगाडि आदर साथ उभिने गर ।
239فَإِنْ خِفْتُمْ فَرِجَالًا أَوْ رُكْبَانًا ۖ فَإِذَا أَمِنتُمْ فَاذْكُرُوا اللَّهَ كَمَا عَلَّمَكُم مَّا لَمْ تَكُونُوا تَعْلَمُونَ
यदि तिमी भयको अवस्थामा छौ भने पैदल वा सवारीको अवस्थामा नै (नमाज पढिहाल) । र जब सामान्य अवस्थामा हुन्छौ तब अल्लाहको स्मरण गर, जसरी अल्लाहले तिमीलाई सिकाएको छ, जुनकि तिमी जान्दैनथ्यौ ।
240وَالَّذِينَ يُتَوَفَّوْنَ مِنكُمْ وَيَذَرُونَ أَزْوَاجًا وَصِيَّةً لِّأَزْوَاجِهِم مَّتَاعًا إِلَى الْحَوْلِ غَيْرَ إِخْرَاجٍ ۚ فَإِنْ خَرَجْنَ فَلَا جُنَاحَ عَلَيْكُمْ فِي مَا فَعَلْنَ فِي أَنفُسِهِنَّ مِن مَّعْرُوفٍ ۗ وَاللَّهُ عَزِيزٌ حَكِيمٌ
तिमीहरूमध्ये जो मर्दछन् र आफ्ना पछाडि स्वास्नीहरू छाड्छन्, तिनले आफ्ना स्वास्नीहरूको लागि हकको निम्ति वसीयत (इच्छापत्र) गरेर जाउन, जसबाट तिनका स्वास्नीहरूले एक वर्षसम्म फाइदा उठाउन र घरबाट कसैले तिनलाई निस्कासित न गरोस् । हो, यदि तिनीहरू आफैं घरबाट जान्छिन् र आफ्नो हितमा चाहेको काम गर्दछिन् भने यसमा तिमीलाई कुनै गुनाह हुँदैन, अल्लाह सर्वशक्तिमान र सर्वबुद्धि सम्पन्न छ ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
238आयत

अनुवाद — अल-बकरा 238

सूरा अल-बकरा आयत 238 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : सबै नमाजहरू विशेष गरी बीचको नमाज सुचारु रूपले सम्पन्न गर्दै…

सूरा आयत 238/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 236–240. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers