अल-बकरा · 250/286
अनुवाद उच्चारण — सूरा अल-बकरा
وَلَمَّا بَرَزُوا لِجَالُوتَ وَجُنُودِهِ قَالُوا رَبَّنَا أَفْرِغْ عَلَيْنَا صَبْرًا وَثَبِّتْ أَقْدَامَنَا وَانصُرْنَا عَلَى الْقَوْمِ الْكَافِرِينَ ۝٢٥٠
Wa lammaa barazoo liJaaloota wa junoodihee qaaloo Rabbanaaa afrigh `alainaa sabranw wa sabbit aqdaamanaa wansurnaa `alal qawmil kaafireen
📖 नेपाली अर्थ
जब तिनीहरूको ‘‘जालूत’’ र उसको सेनासंग मुकÞाबिला भयो अनि उनिहरूले प्रार्थना गरे कि हे पालनहार ! हामीलाई सहनशीलता र दृढता प्रदान गर र हामीलाई युद्धमा अनास्थावानहरूमाथि विजय प्रदान गर ।

🎧 सुन्नुहोस्


📜 आयत 248-252 — सूरा अल-बकरा

248وَقَالَ لَهُمْ نَبِيُّهُمْ إِنَّ آيَةَ مُلْكِهِ أَن يَأْتِيَكُمُ التَّابُوتُ فِيهِ سَكِينَةٌ مِّن رَّبِّكُمْ وَبَقِيَّةٌ مِّمَّا تَرَكَ آلُ مُوسَىٰ وَآلُ هَارُونَ تَحْمِلُهُ الْمَلَائِكَةُ ۚ إِنَّ فِي ذَٰلِكَ لَآيَةً لَّكُمْ إِن كُنتُم مُّؤْمِنِينَ
उनीहरूको पैगम्बरले तिनीहरूसित फेरि भने कि उसको राजसत्ताको वाह्य चिन्ह यो हो कि तिम्रो छेउमा त्यो बाकस आउने छ, जसलाई (स्वर्गदूत) फरिश्ताहरूले उचालेका हुनेछन् । त्यसमा तिम्रो पालनहारबाट तिमीलाई सन्तुष्टि प्रदान गर्ने कुरो हुनेछ, र केही अन्य कुराहरू पनि हुन्छन् जुन कि मूसा र हारूनले छाडेर गएका थिए । यदि तिमी आस्थावान छौ भने यो तिम्रो लागि एउटा प्रत्यक्ष प्रमाण हो ।
249فَلَمَّا فَصَلَ طَالُوتُ بِالْجُنُودِ قَالَ إِنَّ اللَّهَ مُبْتَلِيكُم بِنَهَرٍ فَمَن شَرِبَ مِنْهُ فَلَيْسَ مِنِّي وَمَن لَّمْ يَطْعَمْهُ فَإِنَّهُ مِنِّي إِلَّا مَنِ اغْتَرَفَ غُرْفَةً بِيَدِهِ ۚ فَشَرِبُوا مِنْهُ إِلَّا قَلِيلًا مِّنْهُمْ ۚ فَلَمَّا جَاوَزَهُ هُوَ وَالَّذِينَ آمَنُوا مَعَهُ قَالُوا لَا طَاقَةَ لَنَا الْيَوْمَ بِجَالُوتَ وَجُنُودِهِ ۚ قَالَ الَّذِينَ يَظُنُّونَ أَنَّهُم مُّلَاقُو اللَّهِ كَم مِّن فِئَةٍ قَلِيلَةٍ غَلَبَتْ فِئَةً كَثِيرَةً بِإِذْنِ اللَّهِ ۗ وَاللَّهُ مَعَ الصَّابِرِينَ
(तसर्थ) जब ‘‘तालूत’’ आफ्ना सेनाहरूलाई लिएर प्रस्थान गर्नुभयो, तब उनले भने, सुन अल्लाहले एउटा नहर (खोला)बाट तिम्रो परीक्षा गर्नेछ, जुन मानिस त्यसबाट पानी पिउँछ त्यो मेरो होइन र जसले पिउँदैन त्यो मेरो हो । हो, यदि कसैले एक अञ्जुली मात्र पिउँछ (भने त्यो क्षम्य छ) तर केही मानिसहरू बाहेक सबैले पानी पिइहाले । जब ‘‘तालूत’’ र उनको साथमा अन्य सबै नहर पारी पुगे, त तिनीहरूले भन्नथाले कि आज हामीमा जालूत र उसको सेनासंग लड्न शक्ति छैन । तर अल्लाहको अगाडि उपस्थित हुनुमा आस्था राख्नेहरूले भन्नथाले कि कहिले काहीं सानो छोटो टुक्डीले पनि अल्लाहको आदेशबाट ठूलो समूहमाथि विजय प्राप्त गर्दछन्, र अल्लाह सहनशीलहरूसँग छ ।
250وَلَمَّا بَرَزُوا لِجَالُوتَ وَجُنُودِهِ قَالُوا رَبَّنَا أَفْرِغْ عَلَيْنَا صَبْرًا وَثَبِّتْ أَقْدَامَنَا وَانصُرْنَا عَلَى الْقَوْمِ الْكَافِرِينَ
जब तिनीहरूको ‘‘जालूत’’ र उसको सेनासंग मुकÞाबिला भयो अनि उनिहरूले प्रार्थना गरे कि हे पालनहार ! हामीलाई सहनशीलता र दृढता प्रदान गर र हामीलाई युद्धमा अनास्थावानहरूमाथि विजय प्रदान गर ।
251فَهَزَمُوهُم بِإِذْنِ اللَّهِ وَقَتَلَ دَاوُودُ جَالُوتَ وَآتَاهُ اللَّهُ الْمُلْكَ وَالْحِكْمَةَ وَعَلَّمَهُ مِمَّا يَشَاءُ ۗ وَلَوْلَا دَفْعُ اللَّهِ النَّاسَ بَعْضَهُم بِبَعْضٍ لَّفَسَدَتِ الْأَرْضُ وَلَٰكِنَّ اللَّهَ ذُو فَضْلٍ عَلَى الْعَالَمِينَ
अनि उनीहरूले अल्लाहको आदेशबाट जालूतको सेनालाई पराजित गरे । र हजरत दाऊदले जालुतलाई मार्नु भयो र अल्लाहले दाऊदलाई राजसत्ता र ज्ञान प्रदान गर्यो र जेजति चाह्यो, सिकायो । यदि अल्लाहले मानिसहरूलाई एक अर्काको आक्रमण र अतिक्रमणबाट सुरक्षा प्रदान नगरेको भए पृथ्वीमा उपद्रव हुने थियो । तर अल्लाह संसारका (सम्पूर्ण) मानिसहरूमाथि अत्यन्त दयावान छ ।
252تِلْكَ آيَاتُ اللَّهِ نَتْلُوهَا عَلَيْكَ بِالْحَقِّ ۚ وَإِنَّكَ لَمِنَ الْمُرْسَلِينَ
यी अल्लाहका आयतहरू हुन् जसलाई हामीले तिमीलाई सत्यतापूर्वक पढी सुनाउँदछौं । (र हे मुहम्मद !) तिमी निःसन्देह पैगम्बरहरूमध्येकै एक हौ ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
250आयत

अनुवाद — अल-बकरा 250

सूरा अल-बकरा आयत 250 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब तिनीहरूको ‘‘जालूत’’ र उसको सेनासंग मुकÞाबिला भयो अनि उनिहरूले…

सूरा आयत 250/286 — सूरा अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-बकरा सुन्नुहोस्, सूरा अल-बकरा अनुवाद, सूरा अल-बकरा mp3, सूरा अल-बकरा pdf. आयत 248–252. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers