अल-हज्ज · 36/78
अनुवाद उच्चारण — अल-हज्ज
وَالْبُدْنَ جَعَلْنَاهَا لَكُم مِّن شَعَائِرِ اللَّهِ لَكُمْ فِيهَا خَيْرٌ ۖ فَاذْكُرُوا اسْمَ اللَّهِ عَلَيْهَا صَوَافَّ ۖ فَإِذَا وَجَبَتْ جُنُوبُهَا فَكُلُوا مِنْهَا وَأَطْعِمُوا الْقَانِعَ وَالْمُعْتَرَّ ۚ كَذَٰلِكَ سَخَّرْنَاهَا لَكُمْ لَعَلَّكُمْ تَشْكُرُونَ ۝٣٦
Walbudna ja`alnaahaa lakum min sha`aaa`iril laahi lakum feehaa khairun fazkurusmal laahi `alaihaa sawaaff; fa izaa wajabat junoobuhaa fakuloo minhaa wa at`imul qaani`a walmu`tarr; kazaalika sakhkharnaahaa lakum la`allakum tashkuroon
📖 नेपाली अर्थ
र कुर्बानीका उँटहरूलाई पनि हामीले तिम्रो निम्ति अल्लाहका निशानीमध्ये बनाएका छौं । तिनीहरूमा तिम्रो निम्ति फाइदाहरू छन् तसर्थ (कुर्बानी गर्ने बेलामा) पंक्तिमा बाँधेर उनीहरूमाथि अल्लाहको नाम पुकार । जब एकापट्टि ढलिहाल्छन् त त्यसबाट (आफू पनि) खाऊ र सन्तोष गरी बसिराख्ने गरिब र सवालीहरूलाई खुवाऊ यस्तै (ती पशुहरूलाई) हामीले तिम्रो अधीनस्थ गरिदिएका छौं ताकि तिमीले कृतज्ञता प्रकट गर ।
🎧 सुन्नुहोस्

📜 आयत 34-38 — अल-हज्ज

34وَلِكُلِّ أُمَّةٍ جَعَلْنَا مَنسَكًا لِّيَذْكُرُوا اسْمَ اللَّهِ عَلَىٰ مَا رَزَقَهُم مِّن بَهِيمَةِ الْأَنْعَامِ ۗ فَإِلَٰهُكُمْ إِلَٰهٌ وَاحِدٌ فَلَهُ أَسْلِمُوا ۗ وَبَشِّرِ الْمُخْبِتِينَ
र हामीले प्रत्येक समुदायको लागि कुर्बानीको तरिका निर्धारित गरेका छौं ताकि अल्लाहले जुन पशुहरू उनीहरूलाई दिएको छ त्यसमाथि (हलाल गर्ने बेला) अल्लाहको नाम लेउन् । अतः बुझिराख तिम्रो पूज्य एउटै छ । तसर्थ उसैको आज्ञाकारी बन र विनम्रता अपनाउनेहरूलाई शुभसूचना सुनाइदिनु ।
35الَّذِينَ إِذَا ذُكِرَ اللَّهُ وَجِلَتْ قُلُوبُهُمْ وَالصَّابِرِينَ عَلَىٰ مَا أَصَابَهُمْ وَالْمُقِيمِي الصَّلَاةِ وَمِمَّا رَزَقْنَاهُمْ يُنفِقُونَ
यी त्यस्ता मानिसहरू हुन् कि जब अल्लाहको स्मरण गरिन्छ तब तिनका मुटुहरू काम्छन् र जुन दुःख उनीहरूमाथि आउँछ त्यसमा धैर्यले काम गर्छन् र नमाजलाई कायम राख्दछन्, र जे जति हामीले दिएका छौं त्यसबाट पनि खर्च गर्दछन् ।
36وَالْبُدْنَ جَعَلْنَاهَا لَكُم مِّن شَعَائِرِ اللَّهِ لَكُمْ فِيهَا خَيْرٌ ۖ فَاذْكُرُوا اسْمَ اللَّهِ عَلَيْهَا صَوَافَّ ۖ فَإِذَا وَجَبَتْ جُنُوبُهَا فَكُلُوا مِنْهَا وَأَطْعِمُوا الْقَانِعَ وَالْمُعْتَرَّ ۚ كَذَٰلِكَ سَخَّرْنَاهَا لَكُمْ لَعَلَّكُمْ تَشْكُرُونَ
र कुर्बानीका उँटहरूलाई पनि हामीले तिम्रो निम्ति अल्लाहका निशानीमध्ये बनाएका छौं । तिनीहरूमा तिम्रो निम्ति फाइदाहरू छन् तसर्थ (कुर्बानी गर्ने बेलामा) पंक्तिमा बाँधेर उनीहरूमाथि अल्लाहको नाम पुकार । जब एकापट्टि ढलिहाल्छन् त त्यसबाट (आफू पनि) खाऊ र सन्तोष गरी बसिराख्ने गरिब र सवालीहरूलाई खुवाऊ यस्तै (ती पशुहरूलाई) हामीले तिम्रो अधीनस्थ गरिदिएका छौं ताकि तिमीले कृतज्ञता प्रकट गर ।
37لَن يَنَالَ اللَّهَ لُحُومُهَا وَلَا دِمَاؤُهَا وَلَٰكِن يَنَالُهُ التَّقْوَىٰ مِنكُمْ ۚ كَذَٰلِكَ سَخَّرَهَا لَكُمْ لِتُكَبِّرُوا اللَّهَ عَلَىٰ مَا هَدَاكُمْ ۗ وَبَشِّرِ الْمُحْسِنِينَ
कुर्बानीको मासु अल्लाहछेउ पुग्दैन नत उनीहरूको रगत अपितु उसलाई त तिम्रो हृदयको धर्मपरायणता पुग्दछ । यसप्रकार उसले उनीहरूलाई तिम्रो अधीनमा गरेको छ, ताकि तिमीले उसको मार्गदर्शनको लागि अल्लाहको प्रशंसा गर । र असल कर्म गर्नेहरूलाई शुभसूचना सुनाइदिनु ।
38۞ إِنَّ اللَّهَ يُدَافِعُ عَنِ الَّذِينَ آمَنُوا ۗ إِنَّ اللَّهَ لَا يُحِبُّ كُلَّ خَوَّانٍ كَفُورٍ
(हे पैगम्बर !) सुनिराख सच्चा मोमिनहरूबाट शत्रुलाई स्वयम् अल्लाहले हटाइराख्दछ । अल्लाहले कदापि कुनै विश्वासघाती, कृतध्नलाई मनपराउँदैन ।
अल-हज्जकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
36आयत

अनुवाद — अल-हज्ज 36

सूरा अल-हज्ज आयत 36 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र कुर्बानीका उँटहरूलाई पनि हामीले तिम्रो निम्ति अल्लाहका निशानीमध्ये बनाएका…

सूरा आयत 36/78 — अल-हज्ज الحج (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हज्ज सुन्नुहोस्, अल-हज्ज अनुवाद, अल-हज्ज mp3, अल-हज्ज pdf. आयत 34–38. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers