अल-कसस · 5/88
अनुवाद उच्चारण — अल-कसस
وَنُرِيدُ أَن نَّمُنَّ عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ وَنَجْعَلَهُمْ أَئِمَّةً وَنَجْعَلَهُمُ الْوَارِثِينَ ۝٥
Wa nureedu an namunna `alal lazeenas tud`ifoo fil ardi wa naj`alahum a`immatanw wa naj`alahumul waariseen
📖 नेपाली अर्थ
र हामीले चाहयौं कि तिनीहरूमाथि उपकार गरौं, जसलाई धरतीमा अति कमजोर गरिएको थियो र उनीहरूलाई नै (धरतीको) नायक र उत्तराधिकारी बनाऔं ।
🎧 सुन्नुहोस्

📜 आयत 3-7 — अल-कसस

3نَتْلُو عَلَيْكَ مِن نَّبَإِ مُوسَىٰ وَفِرْعَوْنَ بِالْحَقِّ لِقَوْمٍ يُؤْمِنُونَ
(हे मुहम्मद !) हामीले तपाई समक्ष मूसा र फिरऔनका सत्य घटनाहरू मोमिनहरूको लागि वर्णन गर्दछौं ।
4إِنَّ فِرْعَوْنَ عَلَا فِي الْأَرْضِ وَجَعَلَ أَهْلَهَا شِيَعًا يَسْتَضْعِفُ طَائِفَةً مِّنْهُمْ يُذَبِّحُ أَبْنَاءَهُمْ وَيَسْتَحْيِي نِسَاءَهُمْ ۚ إِنَّهُ كَانَ مِنَ الْمُفْسِدِينَ
निःसन्देह फिरऔनले धरतीमा अट्टेरिपना गर्दै आएको थियो र त्यहाँका मानिसहरूलाई अनेक समूहमा विभाजन गरी एउटा समूहलाई कमजोर पारिसकेको थियो । त्यसले उनीहरूका छोराहरूलाई मारिदिन्थ्यो र उनीहरूका छोरीहरूलाई जीवित रहन दिन्थ्यो निश्चय नै त्यो उपद्रव गर्नेहरूमध्येको थियो ।
5وَنُرِيدُ أَن نَّمُنَّ عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ وَنَجْعَلَهُمْ أَئِمَّةً وَنَجْعَلَهُمُ الْوَارِثِينَ
र हामीले चाहयौं कि तिनीहरूमाथि उपकार गरौं, जसलाई धरतीमा अति कमजोर गरिएको थियो र उनीहरूलाई नै (धरतीको) नायक र उत्तराधिकारी बनाऔं ।
6وَنُمَكِّنَ لَهُمْ فِي الْأَرْضِ وَنُرِيَ فِرْعَوْنَ وَهَامَانَ وَجُنُودَهُمَا مِنْهُم مَّا كَانُوا يَحْذَرُونَ
र यो पनि कि हामीले धरतीमा उनीहरूलाई सत्ताधिकार प्रदान गरौं र उनीहरूबाट फिरऔन र हामान र उनीहरूको सेनाहरूलाई ती कुरा देखाऔं, जसबाट उनीहरू डराइरहेका छन् ।
7وَأَوْحَيْنَا إِلَىٰ أُمِّ مُوسَىٰ أَنْ أَرْضِعِيهِ ۖ فَإِذَا خِفْتِ عَلَيْهِ فَأَلْقِيهِ فِي الْيَمِّ وَلَا تَخَافِي وَلَا تَحْزَنِي ۖ إِنَّا رَادُّوهُ إِلَيْكِ وَجَاعِلُوهُ مِنَ الْمُرْسَلِينَ
हामीले ‘‘मूसा’’ (अलैहिस्सलाम) की आमालाई संकेत गर्यौं कि उसलाई दूध खुवाउँदै गर अनि यदि तिमीलाई उसको विषयमा कुनै भय हुन्छ भने उसलाई नदीमा हालिदिनु र तिमीले कुनै भय नमान्नु न त चिन्ता गर्नु । हामीले उसलाई तिम्रो पासमा फर्काइदिनेछौं र उसलाई पैैगम्बर बनाउनेवाला छौं ।
अल-कससकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-कसस 5

सूरा अल-कसस आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीले चाहयौं कि तिनीहरूमाथि उपकार गरौं, जसलाई धरतीमा अति…

सूरा आयत 5/88 — अल-कसस القصص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कसस सुन्नुहोस्, अल-कसस अनुवाद, अल-कसस mp3, अल-कसस pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers