अल-माइदा · 57/120
अनुवाद उच्चारण — अल-माइदा
يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تَتَّخِذُوا الَّذِينَ اتَّخَذُوا دِينَكُمْ هُزُوًا وَلَعِبًا مِّنَ الَّذِينَ أُوتُوا الْكِتَابَ مِن قَبْلِكُمْ وَالْكُفَّارَ أَوْلِيَاءَ ۚ وَاتَّقُوا اللَّهَ إِن كُنتُم مُّؤْمِنِينَ ۝٥٧
Yaaa aiyuhal lazeena aamanoo laa tattakhizul lazeenat takhazoo deenakum huzuwanw wa la`ibam minal lazeena ootul Kitaaba min qablikum walkuffaara awliyaaa`; wattaqul laaha in kuntum muu`mineen
📖 नेपाली अर्थ
हे ईमानवालाहरू ! अहले किताब र अनास्थावानहरूमध्ये त्यस्ता मानिसहरूलाई आफ्नो मित्र नबनाऊ जसले तिम्रो धर्म (आस्था) लाई हाँसो–ख्यालको कुरा ठानिराखेका छन् । यदि तिमी मोमिन हौ भने अल्लाहसँग डर मान्नेगर ।
🎧 सुन्नुहोस्

📜 आयत 55-59 — अल-माइदा

55إِنَّمَا وَلِيُّكُمُ اللَّهُ وَرَسُولُهُ وَالَّذِينَ آمَنُوا الَّذِينَ يُقِيمُونَ الصَّلَاةَ وَيُؤْتُونَ الزَّكَاةَ وَهُمْ رَاكِعُونَ
(मुस्लिमहरू !) तिम्रा मित्र त अल्लाह स्वयम् र उसका पैगम्बर र मोमिनहरू नै हुन् जसले नमाज पढ्दछन् र जकात (धर्मदाय) दिन्छन् र (अल्लाहको अगाडि) नतमस्तक हुन्छन् ।
56وَمَن يَتَوَلَّ اللَّهَ وَرَسُولَهُ وَالَّذِينَ آمَنُوا فَإِنَّ حِزْبَ اللَّهِ هُمُ الْغَالِبُونَ
र जुन मानिसले अल्लाह र उसको पैगम्बर र मोमिनहरूलाई मित्र बनाउँछ उसले विश्वास गरोस् कि अल्लाहकै समूह विजयी हुनेछ ।
57يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تَتَّخِذُوا الَّذِينَ اتَّخَذُوا دِينَكُمْ هُزُوًا وَلَعِبًا مِّنَ الَّذِينَ أُوتُوا الْكِتَابَ مِن قَبْلِكُمْ وَالْكُفَّارَ أَوْلِيَاءَ ۚ وَاتَّقُوا اللَّهَ إِن كُنتُم مُّؤْمِنِينَ
हे ईमानवालाहरू ! अहले किताब र अनास्थावानहरूमध्ये त्यस्ता मानिसहरूलाई आफ्नो मित्र नबनाऊ जसले तिम्रो धर्म (आस्था) लाई हाँसो–ख्यालको कुरा ठानिराखेका छन् । यदि तिमी मोमिन हौ भने अल्लाहसँग डर मान्नेगर ।
58وَإِذَا نَادَيْتُمْ إِلَى الصَّلَاةِ اتَّخَذُوهَا هُزُوًا وَلَعِبًا ۚ ذَٰلِكَ بِأَنَّهُمْ قَوْمٌ لَّا يَعْقِلُونَ
र जब तिमीहरूले नमाजका निम्ति अजान (आह्वान) दिन्छौ, त यिनीहरूले त्यसको पनि हाँसो–ठट्टा गर्दछन् । यो यस कारणले हो कि यिनीहरू बुद्धिहीन छन् ।
59قُلْ يَا أَهْلَ الْكِتَابِ هَلْ تَنقِمُونَ مِنَّا إِلَّا أَنْ آمَنَّا بِاللَّهِ وَمَا أُنزِلَ إِلَيْنَا وَمَا أُنزِلَ مِن قَبْلُ وَأَنَّ أَكْثَرَكُمْ فَاسِقُونَ
तपार्इंले भनिदिनुस् कि हे यहूदी र ईसाईहरू ! के तिमीहरूले हामीसित यसकारण शत्रुता गरिरहेका छौ कि हामीले अल्लाहमाथि र जुन (किताब) हामीलाई प्रदान गरिएको छ र जुन (किताब) अघि प्रदान गरियो, त्यसमाथि आस्था राख्दछौं ? र यस कारण कि तिमीहरूमध्ये धेरै जसो उद्दण्ड र उल्लंघनकारी छन् ।
अल-माइदाकुरान अनुक्रमणिका
120आयत
MedinanRevelation
57आयत

अनुवाद — अल-माइदा 57

सूरा अल-माइदा आयत 57 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हे ईमानवालाहरू ! अहले किताब र अनास्थावानहरूमध्ये त्यस्ता मानिसहरूलाई आफ्नो…

सूरा आयत 57/120 — अल-माइदा المائدة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-माइदा सुन्नुहोस्, अल-माइदा अनुवाद, अल-माइदा mp3, अल-माइदा pdf. आयत 55–59. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers