सूरा अल-इन्फितार pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-इन्फितार pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-इन्फितार अनुवाद. सूरा अल-इन्फितार (Meccan) 19 आयत.
Related
- सूरा अल-इन्फितार अनुवादनेपाली
- सूरा अल-इन्फितार mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-इन्फितार

ﭑﭒﭓﭔ
82:1
जब आकाश क्षतविक्षत भइहाल्नेछ
ﭕﭖﭗﭘ
82:2
र जब ताराहरू झरिहाल्नेछन् ।
ﭙﭚﭛﭜ
82:3
र जब समुन्द्र बगेर जानेछन् ।
ﭝﭞﭟﭠ
82:4
र जब चिहानहरू उत्खनित हुनेछन् ।
ﭡﭢﭣﭤﭥﭦ
82:5
तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको थियो र पछाडि के छोडेको थियो
ﭧﭨﭩﭪﭫﭬﭭ
82:6
हे मानव ! कुन कुराले तिमीलाई आफ्नो उदार पालनकर्ताको विषयमा भ्रममा पारेको छ
ﭮﭯﭰﭱﭲ
82:7
(त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो ।
ﭳﭴﭵﭶﭷﭸﭹ
82:8
र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो ।
ﭺﭻﭼﭽﭾ
82:9
केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ ।
ﭿﮀﮁﮂ
82:10
जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् ।
ﮃﮄﮅ
82:11
प्रतिष्ठित लेख्नेहरू नियुक्त छन् ।
ﮆﮇﮈﮉ
82:12
तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् ।
ﮊﮋﮌﮍﮎ
82:13
निःसन्देह सत्कर्मी मानिसहरू स्वर्गका ऐशो आराम र अनुग्रहमा हुनेछन् ।
ﮏﮐﮑﮒﮓ
82:14
र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् ।
ﮔﮕﮖﮗ
82:15
(अर्थात्) प्रतिफलको दिन त्यसमा प्रवेश गर्नेछन् ।
ﮘﮙﮚﮛﮜ
82:16
र त्यसबाट उम्केर जान सक्ने छैनन् ।
ﮝﮞﮟﮠﮡﮢ
82:17
र तिमीहरूलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ
ﮣﮤﮥﮦﮧﮨﮩ
82:18
म फेरि भन्छु तिमीलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ।
ﮪﮫﮬﮭﮮﮯﮰﮱﯓﯔﯕ
82:19
जुन दिन कुनै व्यक्ति कसैको निम्ति कुनै कुराको अधिकारी हुनेछैन, र सबै आदेश त्यस दिन अल्लाहकै हुनेछन् ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







