सूरा अल-बलद pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अल-बलद pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अल-बलद अनुवाद. सूरा अल-बलद (Meccan) 20 आयत.
Related
- सूरा अल-बलद अनुवादनेपाली
- सूरा अल-बलद mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अल-बलद

ﭽﭾﭿﮀﮁ
90:1
हामीलाई यस नगर (मक्का) को कसम ।
ﮂﮃﮄﮅﮆ
90:2
र तपाई यसै नगरमा त बस्नु हुन्छ ।
ﮇﮈﮉﮊ
90:3
र मानवीय बाबु र उसको सन्ततिको कसम ।
ﮋﮌﮍﮎﮏﮐ
90:4
निःसन्देह हामीले मानिसलाई धेरै दुःखमा पैदा गरेका छौं ।
ﮑﮒﮓﮔﮕﮖﮗ
90:5
के उसले यो ठान्दछ कि उसमाथि कसैको नियन्त्रण छैन ।
ﮘﮙﮚﮛﮜ
90:6
भन्दछ कि मैले धेरै माल सम्पत्ति खर्च गरिदिएँ ।
ﮝﮞﮟﮠﮡﮢ
90:7
के उसलाई यो लाग्दछ कि कसैले उसलाई देखेन ।
ﮣﮤﮥﮦﮧ
90:8
के हामीले उसलाई दुईटा आँखा दिएनौं ।
ﮨﮩﮪ
90:9
र जिब्रो र दुईटा ओठ (दिएनौं)
ﮫﮬﮭ
90:10
र उसलाई दुवै मार्ग पनि देखायौं ।
ﮮﮯﮰﮱ
90:11
त उसले त्यो घाटीमा पस्न सकेन
ﯓﯔﯕﯖﯗ
90:12
र तिमीलाई के थाहा कि त्यो घाटी के हो
ﯘﯙﯚ
90:13
(कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु ।
ﯛﯜﯝﯞﯟﯠﯡ
90:14
वा भोकको दिन खाना खुवाउनु ।
ﯢﯣﯤﯥ
90:15
कुनै नातेदार अनाथलाई
ﯦﯧﯨﯩﯪ
90:16
वा धूलधूसरित (फकिर) भिक्षुलाई ।
ﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴ
90:17
अनि ती मानिसहरूमा शम्मिलित हुन सक्थ्यौ जसले ईमान ल्याउँछन् र एक अर्कालाई धैर्य राख्न र दया गर्नुको निम्ति शिक्षा दिन्छन् ।
ﯵﯶﯷﯸ
90:18
यी मानिसहरू नै दायाँ हातवाला हुन् ।
ﭑﭒﭓﭔﭕﭖﭗ
90:19
र जसले हाम्रा आयतहरूलाई मानेनन् उनीहरू बायाँ हातवाला हुन् ।
ﭘﭙﭚﭛ
90:20
यिनीहरूमाथि नै आगो हुनेछ जो चारैतिरबाट घेरेको हुनेछ ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







