सूरा अश-शम्स pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अश-शम्स pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अश-शम्स अनुवाद. सूरा अश-शम्स (Meccan) 15 आयत.
Related
- सूरा अश-शम्स अनुवादनेपाली
- सूरा अश-शम्स mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अश-शम्स

ﭜﭝﭞ
91:1
सूर्यको कसम र त्यसको तापको ।
ﭟﭠﭡﭢ
91:2
र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ ।
ﭣﭤﭥﭦ
91:3
र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।
ﭧﭨﭩﭪ
91:4
र रातीको कसम जब उसलाई लुकाउँछ ।
ﭫﭬﭭﭮ
91:5
आकाश र त्यसलाई बनाउनेको कसम ।
ﭯﭰﭱﭲ
91:6
कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।
ﭳﭴﭵﭶ
91:7
कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को ।
ﭷﭸﭹﭺ
91:8
फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।
ﭻﭼﭽﭾﭿ
91:9
जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो ।
ﮀﮁﮂﮃﮄ
91:10
र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।
ﮅﮆﮇﮈ
91:11
समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।
ﮉﮊﮋﮌ
91:12
जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।
ﮍﮎﮏﮐﮑﮒﮓﮔ
91:13
(तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।
ﮕﮖﮗﮘﮙﮚﮛﮜ
91:14
तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूका पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो ।
ﮝﮞﮟﮠ
91:15
उसलाई त्यसको विनाशकारी परिणामको कुनै भय छैन ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







