अल-माइदा · 7/120
अनुवाद उच्चारण — सूरा अल-माइदा
وَاذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ وَمِيثَاقَهُ الَّذِي وَاثَقَكُم بِهِ إِذْ قُلْتُمْ سَمِعْنَا وَأَطَعْنَا ۖ وَاتَّقُوا اللَّهَ ۚ إِنَّ اللَّهَ عَلِيمٌ بِذَاتِ الصُّدُورِ ۝٧
Wazkuroo ni`matal laahi `alaikum wa meesaaqahul lazee waasaqakum biheee iz qultum sami`naa wa ata`naa wattaqul laah; innal laaha `aleemum bizaatis sudoor
📖 नेपाली अर्थ
र अल्लाहले तिमीमाथि जुन अनुकम्पा गरेको छ त्यसलाई सम्झी राख र त्यस वाचालाई पनि जुनकि उसले तिमीबाट लिएको थियो, जब तिमीले भनेका थियौ कि हामीले (अल्लाहको आदेश) सुनिहाल्यौं र स्वीकार गर्यौं । र अल्लाहसँग डराइराख किन भने अल्लाह तिम्रा हृदयका गोप्य कुराहरू राम्ररी जान्दछ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 5-9 — सूरा अल-माइदा

5الْيَوْمَ أُحِلَّ لَكُمُ الطَّيِّبَاتُ ۖ وَطَعَامُ الَّذِينَ أُوتُوا الْكِتَابَ حِلٌّ لَّكُمْ وَطَعَامُكُمْ حِلٌّ لَّهُمْ ۖ وَالْمُحْصَنَاتُ مِنَ الْمُؤْمِنَاتِ وَالْمُحْصَنَاتُ مِنَ الَّذِينَ أُوتُوا الْكِتَابَ مِن قَبْلِكُمْ إِذَا آتَيْتُمُوهُنَّ أُجُورَهُنَّ مُحْصِنِينَ غَيْرَ مُسَافِحِينَ وَلَا مُتَّخِذِي أَخْدَانٍ ۗ وَمَن يَكْفُرْ بِالْإِيمَانِ فَقَدْ حَبِطَ عَمَلُهُ وَهُوَ فِي الْآخِرَةِ مِنَ الْخَاسِرِينَ
आज तिम्रो निम्ति सम्पूर्ण पवित्र कुराहरू हलाल गरिएका छन् र अहले किताब (यहूदि, ईसाई)ले जब्ह गरेको मासु वा खाना पनि तिमीलाई हलाल छ र तिमिले जब्ह गरेको मासु वा भोजन उनीहरूको लागी हलाल छन् । पवित्र मोमिन स्वास्नी मानिसहरू र ती मानिसहरू जसलाई तिमीभन्दा पहिला किताब प्रदान गरिएको थियो, तिनीहरूका पवित्र स्वास्नी मानिसहरू पनि हलाल छिन्, जब कि तिनको महर तिमीले दिन्छौ, यसरी कि तिनीहरूसँग पवित्र सम्बन्ध राख्ने उद्देश्यले विवाह गर्नु होस् नकि खुल्लमखुल्ला वा लुकीछिपी व्यभिचार गर्ने उद्देश्यले । यदि कसैले ईमान त्याग्छ भने त्यसका सबै कर्महरू निरर्थक छन् र आखिरतमा (अन्तिम दिनमा) तिनीहरू नोक्सानी भोग्नेहरूमा हुनेछन् ।
6يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِذَا قُمْتُمْ إِلَى الصَّلَاةِ فَاغْسِلُوا وُجُوهَكُمْ وَأَيْدِيَكُمْ إِلَى الْمَرَافِقِ وَامْسَحُوا بِرُءُوسِكُمْ وَأَرْجُلَكُمْ إِلَى الْكَعْبَيْنِ ۚ وَإِن كُنتُمْ جُنُبًا فَاطَّهَّرُوا ۚ وَإِن كُنتُم مَّرْضَىٰ أَوْ عَلَىٰ سَفَرٍ أَوْ جَاءَ أَحَدٌ مِّنكُم مِّنَ الْغَائِطِ أَوْ لَامَسْتُمُ النِّسَاءَ فَلَمْ تَجِدُوا مَاءً فَتَيَمَّمُوا صَعِيدًا طَيِّبًا فَامْسَحُوا بِوُجُوهِكُمْ وَأَيْدِيكُم مِّنْهُ ۚ مَا يُرِيدُ اللَّهُ لِيَجْعَلَ عَلَيْكُم مِّنْ حَرَجٍ وَلَٰكِن يُرِيدُ لِيُطَهِّرَكُمْ وَلِيُتِمَّ نِعْمَتَهُ عَلَيْكُمْ لَعَلَّكُمْ تَشْكُرُونَ
हे मोमिनहरू ! जब तिमीले नमाज पढ्ने विचार गर्छौ तब मुख र कुइनोसमेत हात धुनु र आफ्नो टाउकोको मसह (पानीले हात भिजाई निधारदेखि पछाडिसम्म स्पर्श) गर र आफ्ना खुट्टा गोली गाँठोदेखि छेपारीसम्म धोऊ र यदि तिमी अपवित्र छौ भने स्नान गर र यदि तिमी विरामी छौ वा यात्रामा छौ वा तिमीहरूमध्ये कोही शौचबाट (दिशाबाट निवृत भएर) आएको छ वा तिमीले स्वास्नीसँग सहवास गरेका छौ र तिमीलाई पानी उपलब्ध छैन भने पवित्र माटोलाई स्पर्श गरी हात र मुखको मसह (स्पर्श) गर । अल्लाहले तिमीलाई अप्ठ्यारोमा पार्न चाहँदैन, बरु त्यो तिमीलाई पवित्र गर्न चाहन्छ र आफ्नो असीम कृपा तिमीलाई प्रदान गर्न चाहन्छ जसबाट तिमी कृतज्ञ भई नै रह ।
7وَاذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ وَمِيثَاقَهُ الَّذِي وَاثَقَكُم بِهِ إِذْ قُلْتُمْ سَمِعْنَا وَأَطَعْنَا ۖ وَاتَّقُوا اللَّهَ ۚ إِنَّ اللَّهَ عَلِيمٌ بِذَاتِ الصُّدُورِ
र अल्लाहले तिमीमाथि जुन अनुकम्पा गरेको छ त्यसलाई सम्झी राख र त्यस वाचालाई पनि जुनकि उसले तिमीबाट लिएको थियो, जब तिमीले भनेका थियौ कि हामीले (अल्लाहको आदेश) सुनिहाल्यौं र स्वीकार गर्यौं । र अल्लाहसँग डराइराख किन भने अल्लाह तिम्रा हृदयका गोप्य कुराहरू राम्ररी जान्दछ ।
8يَا أَيُّهَا الَّذِينَ آمَنُوا كُونُوا قَوَّامِينَ لِلَّهِ شُهَدَاءَ بِالْقِسْطِ ۖ وَلَا يَجْرِمَنَّكُمْ شَنَآنُ قَوْمٍ عَلَىٰ أَلَّا تَعْدِلُوا ۚ اعْدِلُوا هُوَ أَقْرَبُ لِلتَّقْوَىٰ ۖ وَاتَّقُوا اللَّهَ ۚ إِنَّ اللَّهَ خَبِيرٌ بِمَا تَعْمَلُونَ
हे मोमिनहरू! अल्लाहको निम्ति सत्यमा कायम रहदै, सत्य निष्ठाका साथ साक्षी बन । र कुनै जातिको शत्रुता तिमीलाई न्यायको मार्गबाट विचलित नगरोस्, उनीहरूसित न्याय गर्ने गर, किनभने यही नै संयमको नजीक हुन्छ, र अल्लाह सित डर । विश्वास गर कि अल्लाहलाई तिम्रा सम्पूर्ण क्रयाकलापहरूबारे राम्ररी ज्ञान छ ।
9وَعَدَ اللَّهُ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ ۙ لَهُم مَّغْفِرَةٌ وَأَجْرٌ عَظِيمٌ
जुन मानिसहरू ईमान ल्याउँछन् र असल कर्म गर्दछन्, तिनीहरूका लागि मुक्ति र ठूलो पुरस्कार प्रदान गर्ने अल्लाहको वाचा छ ।
अल-माइदाकुरान अनुक्रमणिका
120आयत
MedinanRevelation
7आयत

अनुवाद — अल-माइदा 7

सूरा अल-माइदा आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र अल्लाहले तिमीमाथि जुन अनुकम्पा गरेको छ त्यसलाई सम्झी राख…

सूरा आयत 7/120 — सूरा अल-माइदा المائدة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-माइदा सुन्नुहोस्, सूरा अल-माइदा अनुवाद, सूरा अल-माइदा mp3, सूरा अल-माइदा pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers