अल-माइदा · 8/120
अनुवाद उच्चारण — अल-माइदा
يَا أَيُّهَا الَّذِينَ آمَنُوا كُونُوا قَوَّامِينَ لِلَّهِ شُهَدَاءَ بِالْقِسْطِ ۖ وَلَا يَجْرِمَنَّكُمْ شَنَآنُ قَوْمٍ عَلَىٰ أَلَّا تَعْدِلُوا ۚ اعْدِلُوا هُوَ أَقْرَبُ لِلتَّقْوَىٰ ۖ وَاتَّقُوا اللَّهَ ۚ إِنَّ اللَّهَ خَبِيرٌ بِمَا تَعْمَلُونَ ۝٨
Yaaa aiyuhal lazeena aamaanoo koonoo qawwaa meena lillaahi shuhadaaa`a bilqist, wa laa yajrimannakum shana aanu qawmin `alaaa allaa ta`diloo; i`diloo; huwa aqrabu littaqwaa wattaqul laah; innal laaha khabeerum bimaa ta`maloon
📖 नेपाली अर्थ
हे मोमिनहरू! अल्लाहको निम्ति सत्यमा कायम रहदै, सत्य निष्ठाका साथ साक्षी बन । र कुनै जातिको शत्रुता तिमीलाई न्यायको मार्गबाट विचलित नगरोस्, उनीहरूसित न्याय गर्ने गर, किनभने यही नै संयमको नजीक हुन्छ, र अल्लाह सित डर । विश्वास गर कि अल्लाहलाई तिम्रा सम्पूर्ण क्रयाकलापहरूबारे राम्ररी ज्ञान छ ।
🎧 सुन्नुहोस्

📜 आयत 6-10 — अल-माइदा

6يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِذَا قُمْتُمْ إِلَى الصَّلَاةِ فَاغْسِلُوا وُجُوهَكُمْ وَأَيْدِيَكُمْ إِلَى الْمَرَافِقِ وَامْسَحُوا بِرُءُوسِكُمْ وَأَرْجُلَكُمْ إِلَى الْكَعْبَيْنِ ۚ وَإِن كُنتُمْ جُنُبًا فَاطَّهَّرُوا ۚ وَإِن كُنتُم مَّرْضَىٰ أَوْ عَلَىٰ سَفَرٍ أَوْ جَاءَ أَحَدٌ مِّنكُم مِّنَ الْغَائِطِ أَوْ لَامَسْتُمُ النِّسَاءَ فَلَمْ تَجِدُوا مَاءً فَتَيَمَّمُوا صَعِيدًا طَيِّبًا فَامْسَحُوا بِوُجُوهِكُمْ وَأَيْدِيكُم مِّنْهُ ۚ مَا يُرِيدُ اللَّهُ لِيَجْعَلَ عَلَيْكُم مِّنْ حَرَجٍ وَلَٰكِن يُرِيدُ لِيُطَهِّرَكُمْ وَلِيُتِمَّ نِعْمَتَهُ عَلَيْكُمْ لَعَلَّكُمْ تَشْكُرُونَ
हे मोमिनहरू ! जब तिमीले नमाज पढ्ने विचार गर्छौ तब मुख र कुइनोसमेत हात धुनु र आफ्नो टाउकोको मसह (पानीले हात भिजाई निधारदेखि पछाडिसम्म स्पर्श) गर र आफ्ना खुट्टा गोली गाँठोदेखि छेपारीसम्म धोऊ र यदि तिमी अपवित्र छौ भने स्नान गर र यदि तिमी विरामी छौ वा यात्रामा छौ वा तिमीहरूमध्ये कोही शौचबाट (दिशाबाट निवृत भएर) आएको छ वा तिमीले स्वास्नीसँग सहवास गरेका छौ र तिमीलाई पानी उपलब्ध छैन भने पवित्र माटोलाई स्पर्श गरी हात र मुखको मसह (स्पर्श) गर । अल्लाहले तिमीलाई अप्ठ्यारोमा पार्न चाहँदैन, बरु त्यो तिमीलाई पवित्र गर्न चाहन्छ र आफ्नो असीम कृपा तिमीलाई प्रदान गर्न चाहन्छ जसबाट तिमी कृतज्ञ भई नै रह ।
7وَاذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ وَمِيثَاقَهُ الَّذِي وَاثَقَكُم بِهِ إِذْ قُلْتُمْ سَمِعْنَا وَأَطَعْنَا ۖ وَاتَّقُوا اللَّهَ ۚ إِنَّ اللَّهَ عَلِيمٌ بِذَاتِ الصُّدُورِ
र अल्लाहले तिमीमाथि जुन अनुकम्पा गरेको छ त्यसलाई सम्झी राख र त्यस वाचालाई पनि जुनकि उसले तिमीबाट लिएको थियो, जब तिमीले भनेका थियौ कि हामीले (अल्लाहको आदेश) सुनिहाल्यौं र स्वीकार गर्यौं । र अल्लाहसँग डराइराख किन भने अल्लाह तिम्रा हृदयका गोप्य कुराहरू राम्ररी जान्दछ ।
8يَا أَيُّهَا الَّذِينَ آمَنُوا كُونُوا قَوَّامِينَ لِلَّهِ شُهَدَاءَ بِالْقِسْطِ ۖ وَلَا يَجْرِمَنَّكُمْ شَنَآنُ قَوْمٍ عَلَىٰ أَلَّا تَعْدِلُوا ۚ اعْدِلُوا هُوَ أَقْرَبُ لِلتَّقْوَىٰ ۖ وَاتَّقُوا اللَّهَ ۚ إِنَّ اللَّهَ خَبِيرٌ بِمَا تَعْمَلُونَ
हे मोमिनहरू! अल्लाहको निम्ति सत्यमा कायम रहदै, सत्य निष्ठाका साथ साक्षी बन । र कुनै जातिको शत्रुता तिमीलाई न्यायको मार्गबाट विचलित नगरोस्, उनीहरूसित न्याय गर्ने गर, किनभने यही नै संयमको नजीक हुन्छ, र अल्लाह सित डर । विश्वास गर कि अल्लाहलाई तिम्रा सम्पूर्ण क्रयाकलापहरूबारे राम्ररी ज्ञान छ ।
9وَعَدَ اللَّهُ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ ۙ لَهُم مَّغْفِرَةٌ وَأَجْرٌ عَظِيمٌ
जुन मानिसहरू ईमान ल्याउँछन् र असल कर्म गर्दछन्, तिनीहरूका लागि मुक्ति र ठूलो पुरस्कार प्रदान गर्ने अल्लाहको वाचा छ ।
10وَالَّذِينَ كَفَرُوا وَكَذَّبُوا بِآيَاتِنَا أُولَٰئِكَ أَصْحَابُ الْجَحِيمِ
र जसले ईमान ल्याएनन् र हाम्रा आयतहरूलाई झूठो ठहराउँदछन् । तिनीहरू नर्कीय छन् ।
अल-माइदाकुरान अनुक्रमणिका
120आयत
MedinanRevelation
8आयत

अनुवाद — अल-माइदा 8

सूरा अल-माइदा आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हे मोमिनहरू! अल्लाहको निम्ति सत्यमा कायम रहदै, सत्य निष्ठाका साथ…

सूरा आयत 8/120 — अल-माइदा المائدة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-माइदा सुन्नुहोस्, अल-माइदा अनुवाद, अल-माइदा mp3, अल-माइदा pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers