अल-आराफ · 143/206
अनुवाद उच्चारण — अल-आराफ
وَلَمَّا جَاءَ مُوسَىٰ لِمِيقَاتِنَا وَكَلَّمَهُ رَبُّهُ قَالَ رَبِّ أَرِنِي أَنظُرْ إِلَيْكَ ۚ قَالَ لَن تَرَانِي وَلَٰكِنِ انظُرْ إِلَى الْجَبَلِ فَإِنِ اسْتَقَرَّ مَكَانَهُ فَسَوْفَ تَرَانِي ۚ فَلَمَّا تَجَلَّىٰ رَبُّهُ لِلْجَبَلِ جَعَلَهُ دَكًّا وَخَرَّ مُوسَىٰ صَعِقًا ۚ فَلَمَّا أَفَاقَ قَالَ سُبْحَانَكَ تُبْتُ إِلَيْكَ وَأَنَا أَوَّلُ الْمُؤْمِنِينَ ۝١٤٣
Wa lammaa jaaa`a Moosa limeeqaatinaa wa kallamahoo Rabbuhoo qaala Rabbi arineee anzur ilaik; qaala lan taraanee wa laakininzur ilal jabali fa inistaqarra makaanahoo faswfa taraanee; falammaa tajallaa Rabbuhoo liljabali ja`alahoo dakkanw wa kharra Moosaa sa`iqaa; falammaaa afaaqa qaala Subhaanaka tubtu ilaika wa ana awwalul mu`mineen
📖 नेपाली अर्थ
र जब मूसा, हामीले निर्धारित गरेको समयमा आए र उनको पालनकर्ताले उनीसित कुरा गर्यो त उनले विन्ति गरे कि हे मेरो पालनकर्ता ! मलाई आफ्नो साक्षात्कार गराउनुस् ताकि म तपाईलाई एक दृष्टि हेरिहालूँ । अल्लाहले भन्नुभयोः तिमीले मलाई कदापि हेर्न सक्दैनौ तर तिमी त्यस पर्वततिर हेर्दैगर, यदि त्यो आफ्नो ठाँउमा स्थिर रह्यो भने तिमीले मलाई हेर्न सक्नेछौ । अनि जब उनको रब पर्वतमाथि आफ्नो प्रकाश हाले त प्रकाशले त्यसलाई चकनाचूर (क्षतविक्षत) गरिदियो र मूसा (अलैहिस्सलाम) मूक्र्षित भई लडिहाले । अनि जब होशमा आए त भने, ‘‘पवित्रछौं तिमी!’’ म तिमी समक्ष तौबा (पश्चाताप) गर्दैछु र म सबभन्दा पहिले तपाईमाथि ईमान ल्याउने भएको छु ।

🎧 सुन्नुहोस्


📜 आयत 141-145 — अल-आराफ

141وَإِذْ أَنجَيْنَاكُم مِّنْ آلِ فِرْعَوْنَ يَسُومُونَكُمْ سُوءَ الْعَذَابِ ۖ يُقَتِّلُونَ أَبْنَاءَكُمْ وَيَسْتَحْيُونَ نِسَاءَكُمْ ۚ وَفِي ذَٰلِكُم بَلَاءٌ مِّن رَّبِّكُمْ عَظِيمٌ
र त्यो समय यादगर जब हामीले तिमीलाई फिरऔनका मानिसहरूबाट छुटकारा दियौं । जसले तिमीलाई गम्भीर यातना दिन्थे । तिम्रा छोराहरूलाई मारिदिन्थे र तिम्रा स्त्रीहरूलाई जीवित रहनदिन्थे । र त्यसमा तिम्रो पालनकर्ताबाट ठूलो परीक्षा थियो ।
142۞ وَوَاعَدْنَا مُوسَىٰ ثَلَاثِينَ لَيْلَةً وَأَتْمَمْنَاهَا بِعَشْرٍ فَتَمَّ مِيقَاتُ رَبِّهِ أَرْبَعِينَ لَيْلَةً ۚ وَقَالَ مُوسَىٰ لِأَخِيهِ هَارُونَ اخْلُفْنِي فِي قَوْمِي وَأَصْلِحْ وَلَا تَتَّبِعْ سَبِيلَ الْمُفْسِدِينَ
र हामीले मूसासित ३० रातको वचन दियौं अनि हामीले १० रात अतिरिक्त बढाएर पुरा गर्यौं । यसप्रकार उनको पालनकर्ताको समय ४० रात भइहाल्यो । र मूसाले आफ्नो भाइ हारूनसित भने, ‘‘मेरो पछाडि यिनीहरूको व्यवस्था मिलाउनु र सुधार गर्दैरहनु र अव्यवस्था उत्पन्न गर्नेवालाहरूको मार्गमा नहिंड्नु ।’’
143وَلَمَّا جَاءَ مُوسَىٰ لِمِيقَاتِنَا وَكَلَّمَهُ رَبُّهُ قَالَ رَبِّ أَرِنِي أَنظُرْ إِلَيْكَ ۚ قَالَ لَن تَرَانِي وَلَٰكِنِ انظُرْ إِلَى الْجَبَلِ فَإِنِ اسْتَقَرَّ مَكَانَهُ فَسَوْفَ تَرَانِي ۚ فَلَمَّا تَجَلَّىٰ رَبُّهُ لِلْجَبَلِ جَعَلَهُ دَكًّا وَخَرَّ مُوسَىٰ صَعِقًا ۚ فَلَمَّا أَفَاقَ قَالَ سُبْحَانَكَ تُبْتُ إِلَيْكَ وَأَنَا أَوَّلُ الْمُؤْمِنِينَ
र जब मूसा, हामीले निर्धारित गरेको समयमा आए र उनको पालनकर्ताले उनीसित कुरा गर्यो त उनले विन्ति गरे कि हे मेरो पालनकर्ता ! मलाई आफ्नो साक्षात्कार गराउनुस् ताकि म तपाईलाई एक दृष्टि हेरिहालूँ । अल्लाहले भन्नुभयोः तिमीले मलाई कदापि हेर्न सक्दैनौ तर तिमी त्यस पर्वततिर हेर्दैगर, यदि त्यो आफ्नो ठाँउमा स्थिर रह्यो भने तिमीले मलाई हेर्न सक्नेछौ । अनि जब उनको रब पर्वतमाथि आफ्नो प्रकाश हाले त प्रकाशले त्यसलाई चकनाचूर (क्षतविक्षत) गरिदियो र मूसा (अलैहिस्सलाम) मूक्र्षित भई लडिहाले । अनि जब होशमा आए त भने, ‘‘पवित्रछौं तिमी!’’ म तिमी समक्ष तौबा (पश्चाताप) गर्दैछु र म सबभन्दा पहिले तपाईमाथि ईमान ल्याउने भएको छु ।
144قَالَ يَا مُوسَىٰ إِنِّي اصْطَفَيْتُكَ عَلَى النَّاسِ بِرِسَالَاتِي وَبِكَلَامِي فَخُذْ مَا آتَيْتُكَ وَكُن مِّنَ الشَّاكِرِينَ
(अल्लाहले) भन्नुभयोः हे मूसा ! मैले पैगÞम्बरी र आफ्नो वाणीबाट तिमीलाई अरु मानिसहरूभन्दा विशिष्ट बनाएको छु । अतः जे मैले तिमीलाई प्रदान गरेको छु, त्यसलाई लिइहाल र कृतज्ञता प्रकट गर ।
145وَكَتَبْنَا لَهُ فِي الْأَلْوَاحِ مِن كُلِّ شَيْءٍ مَّوْعِظَةً وَتَفْصِيلًا لِّكُلِّ شَيْءٍ فَخُذْهَا بِقُوَّةٍ وَأْمُرْ قَوْمَكَ يَأْخُذُوا بِأَحْسَنِهَا ۚ سَأُرِيكُمْ دَارَ الْفَاسِقِينَ
र हामीले पाटीहरूमा हरेक प्रकारको उपदेश र हरेक कुराको विस्तृत वर्णन लेखि उनलाई दियौं । अतः तिमीले तिनलाई दृढतापूर्वक समातिहाल र आफ्नो जातिलाई आदेश गर कि तिनमा उत्तम कुराहरू छन्, तिनीहरूले त्यसलाई अपनाउन् । अब छिटै नै तिमीहरूलाई ती अवज्ञाकारीहरूको ठाउँ देखाउनेछु ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
143आयत

अनुवाद — अल-आराफ 143

सूरा अल-आराफ आयत 143 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब मूसा, हामीले निर्धारित गरेको समयमा आए र उनको…

सूरा आयत 143/206 — अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आराफ सुन्नुहोस्, अल-आराफ अनुवाद, अल-आराफ mp3, अल-आराफ pdf. आयत 141–145. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers