अल-आराफ · 144/206
अनुवाद उच्चारण — अल-आराफ
قَالَ يَا مُوسَىٰ إِنِّي اصْطَفَيْتُكَ عَلَى النَّاسِ بِرِسَالَاتِي وَبِكَلَامِي فَخُذْ مَا آتَيْتُكَ وَكُن مِّنَ الشَّاكِرِينَ ۝١٤٤
Qaala yaa Moosaaa innis tafaituka `alan naasi bi Risaalaatee wa bi kalaamee fakhuz maaa aataituka wa kum minash shaakireen
📖 नेपाली अर्थ
(अल्लाहले) भन्नुभयोः हे मूसा ! मैले पैगÞम्बरी र आफ्नो वाणीबाट तिमीलाई अरु मानिसहरूभन्दा विशिष्ट बनाएको छु । अतः जे मैले तिमीलाई प्रदान गरेको छु, त्यसलाई लिइहाल र कृतज्ञता प्रकट गर ।
🎧 सुन्नुहोस्

📜 आयत 142-146 — अल-आराफ

142۞ وَوَاعَدْنَا مُوسَىٰ ثَلَاثِينَ لَيْلَةً وَأَتْمَمْنَاهَا بِعَشْرٍ فَتَمَّ مِيقَاتُ رَبِّهِ أَرْبَعِينَ لَيْلَةً ۚ وَقَالَ مُوسَىٰ لِأَخِيهِ هَارُونَ اخْلُفْنِي فِي قَوْمِي وَأَصْلِحْ وَلَا تَتَّبِعْ سَبِيلَ الْمُفْسِدِينَ
र हामीले मूसासित ३० रातको वचन दियौं अनि हामीले १० रात अतिरिक्त बढाएर पुरा गर्यौं । यसप्रकार उनको पालनकर्ताको समय ४० रात भइहाल्यो । र मूसाले आफ्नो भाइ हारूनसित भने, ‘‘मेरो पछाडि यिनीहरूको व्यवस्था मिलाउनु र सुधार गर्दैरहनु र अव्यवस्था उत्पन्न गर्नेवालाहरूको मार्गमा नहिंड्नु ।’’
143وَلَمَّا جَاءَ مُوسَىٰ لِمِيقَاتِنَا وَكَلَّمَهُ رَبُّهُ قَالَ رَبِّ أَرِنِي أَنظُرْ إِلَيْكَ ۚ قَالَ لَن تَرَانِي وَلَٰكِنِ انظُرْ إِلَى الْجَبَلِ فَإِنِ اسْتَقَرَّ مَكَانَهُ فَسَوْفَ تَرَانِي ۚ فَلَمَّا تَجَلَّىٰ رَبُّهُ لِلْجَبَلِ جَعَلَهُ دَكًّا وَخَرَّ مُوسَىٰ صَعِقًا ۚ فَلَمَّا أَفَاقَ قَالَ سُبْحَانَكَ تُبْتُ إِلَيْكَ وَأَنَا أَوَّلُ الْمُؤْمِنِينَ
र जब मूसा, हामीले निर्धारित गरेको समयमा आए र उनको पालनकर्ताले उनीसित कुरा गर्यो त उनले विन्ति गरे कि हे मेरो पालनकर्ता ! मलाई आफ्नो साक्षात्कार गराउनुस् ताकि म तपाईलाई एक दृष्टि हेरिहालूँ । अल्लाहले भन्नुभयोः तिमीले मलाई कदापि हेर्न सक्दैनौ तर तिमी त्यस पर्वततिर हेर्दैगर, यदि त्यो आफ्नो ठाँउमा स्थिर रह्यो भने तिमीले मलाई हेर्न सक्नेछौ । अनि जब उनको रब पर्वतमाथि आफ्नो प्रकाश हाले त प्रकाशले त्यसलाई चकनाचूर (क्षतविक्षत) गरिदियो र मूसा (अलैहिस्सलाम) मूक्र्षित भई लडिहाले । अनि जब होशमा आए त भने, ‘‘पवित्रछौं तिमी!’’ म तिमी समक्ष तौबा (पश्चाताप) गर्दैछु र म सबभन्दा पहिले तपाईमाथि ईमान ल्याउने भएको छु ।
144قَالَ يَا مُوسَىٰ إِنِّي اصْطَفَيْتُكَ عَلَى النَّاسِ بِرِسَالَاتِي وَبِكَلَامِي فَخُذْ مَا آتَيْتُكَ وَكُن مِّنَ الشَّاكِرِينَ
(अल्लाहले) भन्नुभयोः हे मूसा ! मैले पैगÞम्बरी र आफ्नो वाणीबाट तिमीलाई अरु मानिसहरूभन्दा विशिष्ट बनाएको छु । अतः जे मैले तिमीलाई प्रदान गरेको छु, त्यसलाई लिइहाल र कृतज्ञता प्रकट गर ।
145وَكَتَبْنَا لَهُ فِي الْأَلْوَاحِ مِن كُلِّ شَيْءٍ مَّوْعِظَةً وَتَفْصِيلًا لِّكُلِّ شَيْءٍ فَخُذْهَا بِقُوَّةٍ وَأْمُرْ قَوْمَكَ يَأْخُذُوا بِأَحْسَنِهَا ۚ سَأُرِيكُمْ دَارَ الْفَاسِقِينَ
र हामीले पाटीहरूमा हरेक प्रकारको उपदेश र हरेक कुराको विस्तृत वर्णन लेखि उनलाई दियौं । अतः तिमीले तिनलाई दृढतापूर्वक समातिहाल र आफ्नो जातिलाई आदेश गर कि तिनमा उत्तम कुराहरू छन्, तिनीहरूले त्यसलाई अपनाउन् । अब छिटै नै तिमीहरूलाई ती अवज्ञाकारीहरूको ठाउँ देखाउनेछु ।
146سَأَصْرِفُ عَنْ آيَاتِيَ الَّذِينَ يَتَكَبَّرُونَ فِي الْأَرْضِ بِغَيْرِ الْحَقِّ وَإِن يَرَوْا كُلَّ آيَةٍ لَّا يُؤْمِنُوا بِهَا وَإِن يَرَوْا سَبِيلَ الرُّشْدِ لَا يَتَّخِذُوهُ سَبِيلًا وَإِن يَرَوْا سَبِيلَ الْغَيِّ يَتَّخِذُوهُ سَبِيلًا ۚ ذَٰلِكَ بِأَنَّهُمْ كَذَّبُوا بِآيَاتِنَا وَكَانُوا عَنْهَا غَافِلِينَ
म यस्ता मानिसहरूलाई आफ्नो निशानीहरूबाट विमुख नै राख्नेछु जो पृथ्वीमा घमण्ड गर्दछन्, जसको तिनलाई कुनै अधिकार छैन र यदि समस्त निशानीहरू देखिहाले तापनि तिनीहरू त्यसमा विश्वास गर्ने छैनन् र यदि सोझो बाटो देख्छन् भने पनि त्यसलाई आफ्नो बाटो मान्ने छैनन् र यदि पथभ्रष्टताको बाटो देख्छन् भने त्यसलाई अपनाउने छन् । यो यसकारणले हो कि उनीहरूले हाम्रा आयतहरूलाई झूठो भने र त्यसप्रति असावधान रहे ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
144आयत

अनुवाद — अल-आराफ 144

सूरा अल-आराफ आयत 144 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (अल्लाहले) भन्नुभयोः हे मूसा ! मैले पैगÞम्बरी र आफ्नो वाणीबाट…

सूरा आयत 144/206 — अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आराफ सुन्नुहोस्, अल-आराफ अनुवाद, अल-आराफ mp3, अल-आराफ pdf. आयत 142–146. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers