अल-अनफाल · 44/75
अनुवाद उच्चारण — अल-अनफाल
وَإِذْ يُرِيكُمُوهُمْ إِذِ الْتَقَيْتُمْ فِي أَعْيُنِكُمْ قَلِيلًا وَيُقَلِّلُكُمْ فِي أَعْيُنِهِمْ لِيَقْضِيَ اللَّهُ أَمْرًا كَانَ مَفْعُولًا ۗ وَإِلَى اللَّهِ تُرْجَعُ الْأُمُورُ ۝٤٤
Wa iz yureekumoohum izil taqaitum feee a`yunikum qaleelanw wa yuqallilukum feee a`yunihim liyaqdiyal laahu amran kaana maf`oolaa; wa ilal laahi turja`ul umoor
📖 नेपाली अर्थ
त्यस बखत जब तिम्रो परस्पर भिडन्त भयो उसले तिम्रो दृष्टिमा उनीहरूलाई धेरै कम र तिमीलाई उनीहरूको दृष्टिमा कम गरी देखाइराखेको थियो, ताकि अल्लाहले त्यस कामलाई सम्पन्न गरोस् जुन हुनु निश्चित थियो, र सम्पूर्ण काम अल्लाहतिर नै फर्कन्छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 42-46 — अल-अनफाल

42إِذْ أَنتُم بِالْعُدْوَةِ الدُّنْيَا وَهُم بِالْعُدْوَةِ الْقُصْوَىٰ وَالرَّكْبُ أَسْفَلَ مِنكُمْ ۚ وَلَوْ تَوَاعَدتُّمْ لَاخْتَلَفْتُمْ فِي الْمِيعَادِ ۙ وَلَٰكِن لِّيَقْضِيَ اللَّهُ أَمْرًا كَانَ مَفْعُولًا لِّيَهْلِكَ مَنْ هَلَكَ عَن بَيِّنَةٍ وَيَحْيَىٰ مَنْ حَيَّ عَن بَيِّنَةٍ ۗ وَإِنَّ اللَّهَ لَسَمِيعٌ عَلِيمٌ
जबकि तिमी नजिकको किनारमा थियौ, र उनीहरू टाढाको किनारमा थिए र काफिला (मानिसहरूको समूह) तिमीभन्दा तल थियो । यदि तिमी आपसमा समय निश्चित गरेको भए, तिमी निश्चित समयमा पुग्दैनथ्यौ । तर अल्लाहले त एक काम गर्नु नै थियो जो निश्चित भइसकेको थियो, ताकि जसलाई नष्ट हुनुछ त्यो स्पष्ट प्रमाण देखेर नै विनष्ट होस् र जसलाई जीवित रहनुछ त्यो स्पष्ट प्रमाण देखेर जीवित रहोस् । निःसन्देह अल्लाह राम्ररी जान्दछ र राम्ररी सुन्दछ ।
43إِذْ يُرِيكَهُمُ اللَّهُ فِي مَنَامِكَ قَلِيلًا ۖ وَلَوْ أَرَاكَهُمْ كَثِيرًا لَّفَشِلْتُمْ وَلَتَنَازَعْتُمْ فِي الْأَمْرِ وَلَٰكِنَّ اللَّهَ سَلَّمَ ۗ إِنَّهُ عَلِيمٌ بِذَاتِ الصُّدُورِ
जबकि महान अल्लाहले तिमीलाई तिम्रो स्वप्नमा उनीहरूको संख्या कम देखायो, यदि उसले उनीहरूको संखया धेरै देखाएको भए, तिमी कायर हुन सक्थ्यौ, र त्यस कामको बारेमा आपसमा विवाद गर्न सक्थयौ तर अल्लाहले बचाइहाल्यो, निःसन्देह ऊ हृदयका भेदहरूको पूर्ण ज्ञाता छ ।
44وَإِذْ يُرِيكُمُوهُمْ إِذِ الْتَقَيْتُمْ فِي أَعْيُنِكُمْ قَلِيلًا وَيُقَلِّلُكُمْ فِي أَعْيُنِهِمْ لِيَقْضِيَ اللَّهُ أَمْرًا كَانَ مَفْعُولًا ۗ وَإِلَى اللَّهِ تُرْجَعُ الْأُمُورُ
त्यस बखत जब तिम्रो परस्पर भिडन्त भयो उसले तिम्रो दृष्टिमा उनीहरूलाई धेरै कम र तिमीलाई उनीहरूको दृष्टिमा कम गरी देखाइराखेको थियो, ताकि अल्लाहले त्यस कामलाई सम्पन्न गरोस् जुन हुनु निश्चित थियो, र सम्पूर्ण काम अल्लाहतिर नै फर्कन्छन् ।
45يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِذَا لَقِيتُمْ فِئَةً فَاثْبُتُوا وَاذْكُرُوا اللَّهَ كَثِيرًا لَّعَلَّكُمْ تُفْلِحُونَ
हे इमानवालाहरू ! जब तिम्रो कुनै विरोधी समूहसँग भिडन्त हुन्छ त दृढ रह, र अल्लाहलाई धेरै–धेरै स्मरण गर ताकि तिमीलाई सफलता प्राप्त होस् ।
46وَأَطِيعُوا اللَّهَ وَرَسُولَهُ وَلَا تَنَازَعُوا فَتَفْشَلُوا وَتَذْهَبَ رِيحُكُمْ ۖ وَاصْبِرُوا ۚ إِنَّ اللَّهَ مَعَ الصَّابِرِينَ
र अल्लाह र उसको रसूलको आज्ञा मानिराख, आपसमा विवाद नगर, अन्यथा कायर बन्नेछौ, र बल कम हुँदै जानेछ, र धैर्य र संयमबाट काम लिनु । निश्चय नै अल्लाह धैर्य गर्नेहरूको साथमा छ ।
अल-अनफालकुरान अनुक्रमणिका
75आयत
MedinanRevelation
44आयत

अनुवाद — अल-अनफाल 44

सूरा अल-अनफाल आयत 44 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यस बखत जब तिम्रो परस्पर भिडन्त भयो उसले तिम्रो दृष्टिमा…

सूरा आयत 44/75 — अल-अनफाल الأنفال (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अनफाल सुन्नुहोस्, अल-अनफाल अनुवाद, अल-अनफाल mp3, अल-अनफाल pdf. आयत 42–46. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers