अल-बकरा · 159/286
अनुवाद उच्चारण — अल-बकरा
إِنَّ الَّذِينَ يَكْتُمُونَ مَا أَنزَلْنَا مِنَ الْبَيِّنَاتِ وَالْهُدَىٰ مِن بَعْدِ مَا بَيَّنَّاهُ لِلنَّاسِ فِي الْكِتَابِ ۙ أُولَٰئِكَ يَلْعَنُهُمُ اللَّهُ وَيَلْعَنُهُمُ اللَّاعِنُونَ ۝١٥٩
Innal lazeena yaktumoona maaa anzalnaa minal baiyinaati walhudaa mim ba`di maa baiyannaahu linnaasi fil kitaabi ulaaa`ika yal`anuhumul laahu wa yal`anuhumul laa `inoon
📖 नेपाली अर्थ
जसले हामीबाट उतारेको आदेश र निर्देशनलाई लुकाउँछन्, यसको बावजूद कि हामीले तिनीहरूलाई आफ्नो किताबमा स्पष्टरूपमा वर्णन गरेका छौ, त्यसता मानिसहरूलाई अल्लाहले र समस्त धिक्कार गर्नेहरूले धिक्कार्ने गर्दछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 157-161 — अल-बकरा

157أُولَٰئِكَ عَلَيْهِمْ صَلَوَاتٌ مِّن رَّبِّهِمْ وَرَحْمَةٌ ۖ وَأُولَٰئِكَ هُمُ الْمُهْتَدُونَ
यिनीहरूमाथि नै उनको पालनकर्ताको कृपा र उपकारहरू छन् र यिनै सत्य बाटोमा छन् ।
158۞ إِنَّ الصَّفَا وَالْمَرْوَةَ مِن شَعَائِرِ اللَّهِ ۖ فَمَنْ حَجَّ الْبَيْتَ أَوِ اعْتَمَرَ فَلَا جُنَاحَ عَلَيْهِ أَن يَطَّوَّفَ بِهِمَا ۚ وَمَن تَطَوَّعَ خَيْرًا فَإِنَّ اللَّهَ شَاكِرٌ عَلِيمٌ
(निःसन्देह) सफा र मर्वा (पर्वत) अल्लाहका निशानीमध्येका हुन् । यसर्थ जुन मानिसले खानए–कअ्बाको हज अथवा उमरः गर्दछ उसले दुवैको परिक्रमा गर्नुमा कुनै पाप हुँदैन । र आफ्नो स्वेच्छाले जो भलो गर्दछ, त अल्लाह कदर गर्नेवाला र राम्ररी जान्नेवाला छ ।
159إِنَّ الَّذِينَ يَكْتُمُونَ مَا أَنزَلْنَا مِنَ الْبَيِّنَاتِ وَالْهُدَىٰ مِن بَعْدِ مَا بَيَّنَّاهُ لِلنَّاسِ فِي الْكِتَابِ ۙ أُولَٰئِكَ يَلْعَنُهُمُ اللَّهُ وَيَلْعَنُهُمُ اللَّاعِنُونَ
जसले हामीबाट उतारेको आदेश र निर्देशनलाई लुकाउँछन्, यसको बावजूद कि हामीले तिनीहरूलाई आफ्नो किताबमा स्पष्टरूपमा वर्णन गरेका छौ, त्यसता मानिसहरूलाई अल्लाहले र समस्त धिक्कार गर्नेहरूले धिक्कार्ने गर्दछन् ।
160إِلَّا الَّذِينَ تَابُوا وَأَصْلَحُوا وَبَيَّنُوا فَأُولَٰئِكَ أَتُوبُ عَلَيْهِمْ ۚ وَأَنَا التَّوَّابُ الرَّحِيمُ
तर ती मानिसहरू जसले पश्चाताप गर्दछन् र आफ्नो सुधार गरिहाल्छन् र (आदेशलाई) बयान गर्दछन्, त्यस्ताको क्षमायाचना मैले स्वीकार गरिदिन्छु, म अत्यन्त क्षमादाता र दयावान् छु ।
161إِنَّ الَّذِينَ كَفَرُوا وَمَاتُوا وَهُمْ كُفَّارٌ أُولَٰئِكَ عَلَيْهِمْ لَعْنَةُ اللَّهِ وَالْمَلَائِكَةِ وَالنَّاسِ أَجْمَعِينَ
निःसन्देह जुन काफिर आफ्नो कुफ्रको अवस्थामा मर्छ, त्यस्तामाथि अल्लाह, उसको फरिश्ताहरू र सबै मानिसको धिक्कार हुनेछ ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
159आयत

अनुवाद — अल-बकरा 159

सूरा अल-बकरा आयत 159 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसले हामीबाट उतारेको आदेश र निर्देशनलाई लुकाउँछन्, यसको बावजूद कि…

सूरा आयत 159/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 157–161. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers