अल-बकरा · 176/286
अनुवाद उच्चारण — अल-बकरा
ذَٰلِكَ بِأَنَّ اللَّهَ نَزَّلَ الْكِتَابَ بِالْحَقِّ ۗ وَإِنَّ الَّذِينَ اخْتَلَفُوا فِي الْكِتَابِ لَفِي شِقَاقٍ بَعِيدٍ ۝١٧٦
Zaalika bi annal laaha nazzalal kitaaba bilhaqq; wa innal lazeenakh talafoo fil kitaabi lafee shiqaaqim ba`eed
📖 नेपाली अर्थ
यो सजाय यसकारण हो कि अल्लाहले सच्चा किताब उतार्यो र जुन मानिसहरूले यस किताबको सम्बन्धमा विरोध गरे, ती अट्टेरिपनामा धेरै टाढा भएका छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 174-178 — अल-बकरा

174إِنَّ الَّذِينَ يَكْتُمُونَ مَا أَنزَلَ اللَّهُ مِنَ الْكِتَابِ وَيَشْتَرُونَ بِهِ ثَمَنًا قَلِيلًا ۙ أُولَٰئِكَ مَا يَأْكُلُونَ فِي بُطُونِهِمْ إِلَّا النَّارَ وَلَا يُكَلِّمُهُمُ اللَّهُ يَوْمَ الْقِيَامَةِ وَلَا يُزَكِّيهِمْ وَلَهُمْ عَذَابٌ أَلِيمٌ
निःसन्देह जुन मानिसहरू अल्लाहबाट उतारिएको किताबको आदेशलाई छुपाएर थोरै मूल्यमा बेच्दछन् निःसन्देह तिनले आफ्नो पेटमा आगो भरिराखेका छन् । यस्ता मानिसहरूसित अल्लाहले कियामतका दिन कुरा पनि गर्ने छैन नत उनीहरूलाई पापबाट मुक्त गर्नेछ । अपितु तिनीहरूका लागि कष्टदायक सजाय हुनेछ ।
175أُولَٰئِكَ الَّذِينَ اشْتَرَوُا الضَّلَالَةَ بِالْهُدَىٰ وَالْعَذَابَ بِالْمَغْفِرَةِ ۚ فَمَا أَصْبَرَهُمْ عَلَى النَّارِ
यी त्यस्ता मानिसहरू हुन् जसले असल बाटोको सट्टा नराम्रो बाटो र मुक्तिको सट्टा सजाय किनेका छन् । यिनीहरूले नर्कको आगोलाई कति सहने छन् ।
176ذَٰلِكَ بِأَنَّ اللَّهَ نَزَّلَ الْكِتَابَ بِالْحَقِّ ۗ وَإِنَّ الَّذِينَ اخْتَلَفُوا فِي الْكِتَابِ لَفِي شِقَاقٍ بَعِيدٍ
यो सजाय यसकारण हो कि अल्लाहले सच्चा किताब उतार्यो र जुन मानिसहरूले यस किताबको सम्बन्धमा विरोध गरे, ती अट्टेरिपनामा धेरै टाढा भएका छन् ।
177۞ لَّيْسَ الْبِرَّ أَن تُوَلُّوا وُجُوهَكُمْ قِبَلَ الْمَشْرِقِ وَالْمَغْرِبِ وَلَٰكِنَّ الْبِرَّ مَنْ آمَنَ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ وَالْمَلَائِكَةِ وَالْكِتَابِ وَالنَّبِيِّينَ وَآتَى الْمَالَ عَلَىٰ حُبِّهِ ذَوِي الْقُرْبَىٰ وَالْيَتَامَىٰ وَالْمَسَاكِينَ وَابْنَ السَّبِيلِ وَالسَّائِلِينَ وَفِي الرِّقَابِ وَأَقَامَ الصَّلَاةَ وَآتَى الزَّكَاةَ وَالْمُوفُونَ بِعَهْدِهِمْ إِذَا عَاهَدُوا ۖ وَالصَّابِرِينَ فِي الْبَأْسَاءِ وَالضَّرَّاءِ وَحِينَ الْبَأْسِ ۗ أُولَٰئِكَ الَّذِينَ صَدَقُوا ۖ وَأُولَٰئِكَ هُمُ الْمُتَّقُونَ
तिमीहरू अफनो मुहार पूर्व र पश्चिमतर्फ गर्दैमा कुनै पुण्यकार्य छैन, अपितु असल धर्मी त्यो हो जसले अल्लाह, कयामत, फरिश्ताहरू, अल्लाहको किताब र पैगम्बरहरूमाथि आस्था राख्दछन्, र जसले सम्पति प्रतिको मायाको बावजूद (त्यसबाट) नातेदार, अनाथ, निःसहाय, यात्रु र भिखारीहरूलाई प्रदान गर्दछ र दासहरूलाई मुक्त गराउनमा खर्च गर्दछ, र नियमित नमाज पढद्छ र जकात दिन्छ, र दिएको वचन पुरा गर्दछ । गरीबी दुःख र युद्धको बेला धैर्य राख्दछ । यिनै सच्चा र असल मानिसहरू हुन् ।
178يَا أَيُّهَا الَّذِينَ آمَنُوا كُتِبَ عَلَيْكُمُ الْقِصَاصُ فِي الْقَتْلَى ۖ الْحُرُّ بِالْحُرِّ وَالْعَبْدُ بِالْعَبْدِ وَالْأُنثَىٰ بِالْأُنثَىٰ ۚ فَمَنْ عُفِيَ لَهُ مِنْ أَخِيهِ شَيْءٌ فَاتِّبَاعٌ بِالْمَعْرُوفِ وَأَدَاءٌ إِلَيْهِ بِإِحْسَانٍ ۗ ذَٰلِكَ تَخْفِيفٌ مِّن رَّبِّكُمْ وَرَحْمَةٌ ۗ فَمَنِ اعْتَدَىٰ بَعْدَ ذَٰلِكَ فَلَهُ عَذَابٌ أَلِيمٌ
हे मोमिनहरू ! तिमीलाई हत्या गरिएको मानिसको सम्बन्धमा किसास (समानताको कानून) को आदेश दिइएको छ स्वतन्त्र मानिसको बदलामा स्वतन्त्र मानिस र दासको सट्टा दास र स्त्रीको बदला स्त्री हो यदि हत्यारालाई हत्या गरिएको व्यक्तिको दाजु भाइको तर्फबाट क्षमादान गरिन्छ भने त्यस उपकारलाई स्वीकार गर्नुपर्छ । हत्या गरिएको वारिसलाई चित्त बुझ्दो तरिकाले माँग गरेमा उचित रूपमा क्षतिपूर्ति गर्नु पर्दछ । यो प्रतिपालकको तर्फबाट तिमीलाई सुविधा र कृपा हो । जसले यसपछि पनि सीमाको उल्लंघन गर्दछ, त्यसलाई कष्टदायक सजाय हुनेछ ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
176आयत

अनुवाद — अल-बकरा 176

सूरा अल-बकरा आयत 176 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो सजाय यसकारण हो कि अल्लाहले सच्चा किताब उतार्यो र…

सूरा आयत 176/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 174–178. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers