अल-बकरा · 264/286
अनुवाद उच्चारण — अल-बकरा
يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تُبْطِلُوا صَدَقَاتِكُم بِالْمَنِّ وَالْأَذَىٰ كَالَّذِي يُنفِقُ مَالَهُ رِئَاءَ النَّاسِ وَلَا يُؤْمِنُ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ ۖ فَمَثَلُهُ كَمَثَلِ صَفْوَانٍ عَلَيْهِ تُرَابٌ فَأَصَابَهُ وَابِلٌ فَتَرَكَهُ صَلْدًا ۖ لَّا يَقْدِرُونَ عَلَىٰ شَيْءٍ مِّمَّا كَسَبُوا ۗ وَاللَّهُ لَا يَهْدِي الْقَوْمَ الْكَافِرِينَ ۝٢٦٤
Yaaa ayyuhal lazeena aamanoo laa tubtiloo sadaqaatikum bilmanni wal azaa kallazee yunfiqu maalahoo ri`aaa`an naasi wa laa yu`minu billaahi wal yawmil aakhiri famasaluhoo kamasali safwaanin `alaihi turaabun fa asaabahoo waabilun fatara kahoo saldaa; laa yaqdiroona `alaa shai`im mimmaa kasaboo; wallaahu laa yahdil qawmal kaafireen
📖 नेपाली अर्थ
हे आस्थावानहरू! आफूले गरेको दानलाई अर्कामाथि उपकार दर्शाएर र अरुलाई कष्ट दिएर बर्बाद नगर । जसरी एउटा मानिसले अरु मानिसहरूलाई देखाउनको निम्ति आफ्नो सम्पत्ति खर्च गर्दछ र उसले अल्लाह र आखिरतको दिनमा विश्वास गर्दैन । उसको उदाहरण त्यस सफा ढुँगा जस्तो छ, जसमाथि माटोको पात्लो तह जमेको हुन्छ र त्यसमाथि ठूलो वृष्टि भई त्यसलाई एकदम सफा गरिदिन्छ । यी मानिसहरूलाई आफ्ना कर्महरूको प्रतिफल प्राप्त हुनेछैन र अल्लाहले यस्ता कृतघ्नहरूलाई मार्गनिर्देशन गर्दैन ।
🎧 सुन्नुहोस्

📜 आयत 262-266 — अल-बकरा

262الَّذِينَ يُنفِقُونَ أَمْوَالَهُمْ فِي سَبِيلِ اللَّهِ ثُمَّ لَا يُتْبِعُونَ مَا أَنفَقُوا مَنًّا وَلَا أَذًى ۙ لَّهُمْ أَجْرُهُمْ عِندَ رَبِّهِمْ وَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ
जुन मानिसहरूले अल्लाहको बाटोमा आफ्ना धन सम्पत्ति खर्च गदर्छन् र त्यसपछि उपकार गरेको देखाउँदैनन्, नत (कसैलाई) दुःख दिन्छन्, तिनको बदला तिनको पालनहारसित छ, र नत तिनलाई भय–त्रास हुनेछ, नत तिनी दुःखी नै हुनेछन् ।
263۞ قَوْلٌ مَّعْرُوفٌ وَمَغْفِرَةٌ خَيْرٌ مِّن صَدَقَةٍ يَتْبَعُهَا أَذًى ۗ وَاللَّهُ غَنِيٌّ حَلِيمٌ
मीठो कुरा गर्नु र क्षमा गर्नु त्यस दानभन्दा उत्तम हो जसपछि दुःख दिइन्छ । र अल्लाह निस्पृह र नितान्त सहनशील छ ।
264يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تُبْطِلُوا صَدَقَاتِكُم بِالْمَنِّ وَالْأَذَىٰ كَالَّذِي يُنفِقُ مَالَهُ رِئَاءَ النَّاسِ وَلَا يُؤْمِنُ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ ۖ فَمَثَلُهُ كَمَثَلِ صَفْوَانٍ عَلَيْهِ تُرَابٌ فَأَصَابَهُ وَابِلٌ فَتَرَكَهُ صَلْدًا ۖ لَّا يَقْدِرُونَ عَلَىٰ شَيْءٍ مِّمَّا كَسَبُوا ۗ وَاللَّهُ لَا يَهْدِي الْقَوْمَ الْكَافِرِينَ
हे आस्थावानहरू! आफूले गरेको दानलाई अर्कामाथि उपकार दर्शाएर र अरुलाई कष्ट दिएर बर्बाद नगर । जसरी एउटा मानिसले अरु मानिसहरूलाई देखाउनको निम्ति आफ्नो सम्पत्ति खर्च गर्दछ र उसले अल्लाह र आखिरतको दिनमा विश्वास गर्दैन । उसको उदाहरण त्यस सफा ढुँगा जस्तो छ, जसमाथि माटोको पात्लो तह जमेको हुन्छ र त्यसमाथि ठूलो वृष्टि भई त्यसलाई एकदम सफा गरिदिन्छ । यी मानिसहरूलाई आफ्ना कर्महरूको प्रतिफल प्राप्त हुनेछैन र अल्लाहले यस्ता कृतघ्नहरूलाई मार्गनिर्देशन गर्दैन ।
265وَمَثَلُ الَّذِينَ يُنفِقُونَ أَمْوَالَهُمُ ابْتِغَاءَ مَرْضَاتِ اللَّهِ وَتَثْبِيتًا مِّنْ أَنفُسِهِمْ كَمَثَلِ جَنَّةٍ بِرَبْوَةٍ أَصَابَهَا وَابِلٌ فَآتَتْ أُكُلَهَا ضِعْفَيْنِ فَإِن لَّمْ يُصِبْهَا وَابِلٌ فَطَلٌّ ۗ وَاللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ
जुन मानिसहरू अल्लाहको प्रसन्नता प्राप्त गर्न पवित्र हृदयले आफ्नो सम्पत्ति खर्च गर्दछन्, तिनको दृष्टान्न त्यस बगैंचाको जस्तो छ जुन अग्लो ठाउँमा अवस्थित छ । त्यसमाथि वर्षा हुन्छ, त्यसबाट त्यसले दुईगुणा फल दिन्छ र ठूलो वृष्टि न भएपनि हल्का तुषार नै पर्याप्त हुन्छ र अल्लाहले तिम्रा क्रियाकलापहरूलाई देखिराखेको छ ।
266أَيَوَدُّ أَحَدُكُمْ أَن تَكُونَ لَهُ جَنَّةٌ مِّن نَّخِيلٍ وَأَعْنَابٍ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ لَهُ فِيهَا مِن كُلِّ الثَّمَرَاتِ وَأَصَابَهُ الْكِبَرُ وَلَهُ ذُرِّيَّةٌ ضُعَفَاءُ فَأَصَابَهَا إِعْصَارٌ فِيهِ نَارٌ فَاحْتَرَقَتْ ۗ كَذَٰلِكَ يُبَيِّنُ اللَّهُ لَكُمُ الْآيَاتِ لَعَلَّكُمْ تَتَفَكَّرُونَ
के तिमीहरूमध्ये कसैले यो इच्छा गर्दछ कि ऊसंग अँगूर र खजूरको बगैंचा होस् जसमा नहरहरू बगिराखुन् र त्यसमा हरेक किसिमका फलहरू लागिरहुन् र त्यो मानिसको वृद्धावस्था आईपुग्दछ र उसका स–साना बालबालिकाहरू पनि हुन्, अनि एक्कासी त्यो बगैंचा आगोको एउटा भूमरीमा परी भस्म भइहालोस् । यस किसिमबाट अल्लाहले तिमीसित आफ्ना आयतहरू स्पष्टरूपले वर्णन गर्छ ताकि तिमी चिन्तन मनन् गर ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
264आयत

अनुवाद — अल-बकरा 264

सूरा अल-बकरा आयत 264 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हे आस्थावानहरू! आफूले गरेको दानलाई अर्कामाथि उपकार दर्शाएर र अरुलाई…

सूरा आयत 264/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 262–266. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers