अल-अहकाफ · 13/35
अनुवाद उच्चारण — अल-अहकाफ
إِنَّ الَّذِينَ قَالُوا رَبُّنَا اللَّهُ ثُمَّ اسْتَقَامُوا فَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ ۝١٣
Innal lazeena qaaloo Rabbunal laahu summas taqaamoo falaa khawfun `alaihim wa laahum yahzanoon
📖 नेपाली अर्थ
निःसंदेह जुन मानिसहरूले भने कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो, अनि उनीहरू त्यसमा दृढ रहे, त उनीहरूलाई नकुनै भय हुनेछ र नत दुःखी हुनेछन् ।’’
🎧 सुन्नुहोस्

📜 आयत 11-15 — अल-अहकाफ

11وَقَالَ الَّذِينَ كَفَرُوا لِلَّذِينَ آمَنُوا لَوْ كَانَ خَيْرًا مَّا سَبَقُونَا إِلَيْهِ ۚ وَإِذْ لَمْ يَهْتَدُوا بِهِ فَسَيَقُولُونَ هَٰذَا إِفْكٌ قَدِيمٌ
जुन मानिसहरूले इन्कार गरे, उनीहरूले ईमानवालाहरूको बारेमा भन्दछन्ः ‘‘यदि यो राम्रो भएको भए, उनीहरू हामीभन्दा त्यसतर्फ अग्रसर हुँदैनथे ।’’ र जब उनीहरूले उसबाट नसीहत ग्रहण गरेनन् तब अवश्य भन्नेछन्ः ‘‘यो त पुरानो असत्य हो ।’’
12وَمِن قَبْلِهِ كِتَابُ مُوسَىٰ إِمَامًا وَرَحْمَةً ۚ وَهَٰذَا كِتَابٌ مُّصَدِّقٌ لِّسَانًا عَرَبِيًّا لِّيُنذِرَ الَّذِينَ ظَلَمُوا وَبُشْرَىٰ لِلْمُحْسِنِينَ
र यसभन्दा पहिला ‘‘मूसा (अलैहिस्सलाम)को’’ किताब पथप्रदर्शक र दयाको रूपमा थियो र यो किताब, हो समर्थन गर्नेवाला अरबी भाषामा ताकि ती मानिसहरूलाई सचेत गरोस् जसले अत्याचार गर्दछन् र उत्तम कार्यगर्नेहरूलाई शुभसूचना देओस् ।
13إِنَّ الَّذِينَ قَالُوا رَبُّنَا اللَّهُ ثُمَّ اسْتَقَامُوا فَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ
निःसंदेह जुन मानिसहरूले भने कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो, अनि उनीहरू त्यसमा दृढ रहे, त उनीहरूलाई नकुनै भय हुनेछ र नत दुःखी हुनेछन् ।’’
14أُولَٰئِكَ أَصْحَابُ الْجَنَّةِ خَالِدِينَ فِيهَا جَزَاءً بِمَا كَانُوا يَعْمَلُونَ
यही जन्नतवाला हुन् जो सधैं यसमा रहनेछन् । त्यसको प्रतिफल हो, जुन कि उनीहरूले गर्नेगर्दथे ।
15وَوَصَّيْنَا الْإِنسَانَ بِوَالِدَيْهِ إِحْسَانًا ۖ حَمَلَتْهُ أُمُّهُ كُرْهًا وَوَضَعَتْهُ كُرْهًا ۖ وَحَمْلُهُ وَفِصَالُهُ ثَلَاثُونَ شَهْرًا ۚ حَتَّىٰ إِذَا بَلَغَ أَشُدَّهُ وَبَلَغَ أَرْبَعِينَ سَنَةً قَالَ رَبِّ أَوْزِعْنِي أَنْ أَشْكُرَ نِعْمَتَكَ الَّتِي أَنْعَمْتَ عَلَيَّ وَعَلَىٰ وَالِدَيَّ وَأَنْ أَعْمَلَ صَالِحًا تَرْضَاهُ وَأَصْلِحْ لِي فِي ذُرِّيَّتِي ۖ إِنِّي تُبْتُ إِلَيْكَ وَإِنِّي مِنَ الْمُسْلِمِينَ
र हामीले मानिसलाई आफ्नो आमा बाबुसँग राम्रो व्यवहार गर्न आदेश दिएका छौं । उसकी आमाले उसलाई पेटमा दुःखको साथ राखिन् र उसलाई दुःखको साथ जन्म पनि दिइन् । र उसको गर्भको अवस्थामा रहने र दूध छोडाउने अवधि ३० महिना छ । यहाँसम्म कि जब ऊ खुब तन्नेरी भयो र ४० वर्षको उमेर भयो । तब उसले भन्योः ‘‘हे मेरो पालनकर्ता ! मलाई अवसर देऊ ताकि म तिम्रो त्यस अनुकम्पाप्रति कृतज्ञता देखाऊँ जुन कि तिमीले ममाथि र मेरा मातापितामाथि गरेका छौ । र यो कि यस्तो राम्रो कार्य गरूँ जुनकि तिमीलाई प्रिय छ, र मेरो लागि मेरो सन्ततिलाई पनि असल बनाइदेऊ । म तिमीतिर प्रवृत्त हुन्छु र म आज्ञाकारीमध्ये छु ।
अल-अहकाफकुरान अनुक्रमणिका
35आयत
MeccanRevelation
13आयत

अनुवाद — अल-अहकाफ 13

सूरा अल-अहकाफ आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसंदेह जुन मानिसहरूले भने कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो, अनि…

सूरा आयत 13/35 — अल-अहकाफ الأحقاف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अहकाफ सुन्नुहोस्, अल-अहकाफ अनुवाद, अल-अहकाफ mp3, अल-अहकाफ pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers