अल-आराफ · 163/206
अनुवाद उच्चारण — अल-आराफ
وَاسْأَلْهُمْ عَنِ الْقَرْيَةِ الَّتِي كَانَتْ حَاضِرَةَ الْبَحْرِ إِذْ يَعْدُونَ فِي السَّبْتِ إِذْ تَأْتِيهِمْ حِيتَانُهُمْ يَوْمَ سَبْتِهِمْ شُرَّعًا وَيَوْمَ لَا يَسْبِتُونَ ۙ لَا تَأْتِيهِمْ ۚ كَذَٰلِكَ نَبْلُوهُم بِمَا كَانُوا يَفْسُقُونَ ۝١٦٣
Was`alhum `anil qaryatil latee kaanat haadiratal bahri iz ya`doona fis Sabt iz taateehim heetaanuhum yawma Sabtihim shurra`anw wa yawma laa yasbitoona laa taateehim; kazaalika nabloohum bimaa kaanoo yafsuqoon
📖 नेपाली अर्थ
तपाईले उनीहरूसित त्यस बस्तीको विषयमा सोध्नुस्, जो सागरतट्मा अवस्थित थियो र जब तिनीहरूले ‘‘साताको’’ बारेमा सीमा उल्लघंन गर्दथे, जब उनका साताको दिन तिनका माछाहरू खुल्लारूपमा तिनीहरू समक्ष पानीको सतहमाथि आउन्थे, र जब उनको साताको दिन हुँदैनथ्यो तब तिनीहरू उनको सामुन्ने आउँदैनथे । यसप्रकार हामीले उनलाई अवज्ञाकारी भएको कारणले परीक्षामा पार्दथ्यौं ।
🎧 सुन्नुहोस्

📜 आयत 161-165 — अल-आराफ

161وَإِذْ قِيلَ لَهُمُ اسْكُنُوا هَٰذِهِ الْقَرْيَةَ وَكُلُوا مِنْهَا حَيْثُ شِئْتُمْ وَقُولُوا حِطَّةٌ وَادْخُلُوا الْبَابَ سُجَّدًا نَّغْفِرْ لَكُمْ خَطِيئَاتِكُمْ ۚ سَنَزِيدُ الْمُحْسِنِينَ
र यादगर जब हामीले उनलाई आदेश दियौं कि तिमीहरू त्यस बस्तीमा गई बस र यसमा जहाँबाट चाहन्छौ खाऊ, र मुखले भन्दै जानु कि तौबा (पश्चाताप) छ र ढोकामा निहुरिएर प्रवेश गर, हामीले तिम्रा त्रुटिहरूलाई क्षमा गरिदिनेछौं, र हामीले सुकर्मीहरूलाई बढी पनि दिनेछौं ।
162فَبَدَّلَ الَّذِينَ ظَلَمُوا مِنْهُمْ قَوْلًا غَيْرَ الَّذِي قِيلَ لَهُمْ فَأَرْسَلْنَا عَلَيْهِمْ رِجْزًا مِّنَ السَّمَاءِ بِمَا كَانُوا يَظْلِمُونَ
तर अत्याचारीहरूले, जुन कुरा (कलमा) उनीहरूसित भनिएको थियो, त्यसलाई त्यसभन्दा भिन्न कुरामा बदलिदिए । अतः जुन अत्याचार उनीहरूले गरेका थिए त्यसको कारण र आदेश नष्ट गरेकाले हामीले आकाशबाट तिनीहरूमाथि एउटा यातना पठायौं ।
163وَاسْأَلْهُمْ عَنِ الْقَرْيَةِ الَّتِي كَانَتْ حَاضِرَةَ الْبَحْرِ إِذْ يَعْدُونَ فِي السَّبْتِ إِذْ تَأْتِيهِمْ حِيتَانُهُمْ يَوْمَ سَبْتِهِمْ شُرَّعًا وَيَوْمَ لَا يَسْبِتُونَ ۙ لَا تَأْتِيهِمْ ۚ كَذَٰلِكَ نَبْلُوهُم بِمَا كَانُوا يَفْسُقُونَ
तपाईले उनीहरूसित त्यस बस्तीको विषयमा सोध्नुस्, जो सागरतट्मा अवस्थित थियो र जब तिनीहरूले ‘‘साताको’’ बारेमा सीमा उल्लघंन गर्दथे, जब उनका साताको दिन तिनका माछाहरू खुल्लारूपमा तिनीहरू समक्ष पानीको सतहमाथि आउन्थे, र जब उनको साताको दिन हुँदैनथ्यो तब तिनीहरू उनको सामुन्ने आउँदैनथे । यसप्रकार हामीले उनलाई अवज्ञाकारी भएको कारणले परीक्षामा पार्दथ्यौं ।
164وَإِذْ قَالَتْ أُمَّةٌ مِّنْهُمْ لِمَ تَعِظُونَ قَوْمًا ۙ اللَّهُ مُهْلِكُهُمْ أَوْ مُعَذِّبُهُمْ عَذَابًا شَدِيدًا ۖ قَالُوا مَعْذِرَةً إِلَىٰ رَبِّكُمْ وَلَعَلَّهُمْ يَتَّقُونَ
र जब तिनीहरूको एक समूहले यस्तो भन्योः कि ‘‘तिमी यस्ता मानिसहरूलाई किन उपदेश दिन्छौ, जसलाई अल्लाह नष्ट गर्नेवाला छ, वा जसलाई कठोर यातना दिनेवाला छ ?’’ उनले भनेः ‘‘तिम्रो पालनकर्ता समक्ष आफूलाई निरपराध सिद्ध गर्नुको निम्ति, र यसकारण कि कदाचित यिनीहरू डर मानुन् ।’’
165فَلَمَّا نَسُوا مَا ذُكِّرُوا بِهِ أَنجَيْنَا الَّذِينَ يَنْهَوْنَ عَنِ السُّوءِ وَأَخَذْنَا الَّذِينَ ظَلَمُوا بِعَذَابٍ بَئِيسٍ بِمَا كَانُوا يَفْسُقُونَ
अनि जब तिनीहरूले त्यो कुरा बिर्सिहाले जुन कुरा उनलाई सम्झाइएको थियो, त हामीले उनीहरूलाई त बचाइहाल्यौं जसले नराम्रो कुराबाट रोक्दथे, र अत्याचारीहरूलाई उनको अवज्ञाको कारणले कठोर यातनामा जकडिहाल्यौं ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
163आयत

अनुवाद — अल-आराफ 163

सूरा अल-आराफ आयत 163 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तपाईले उनीहरूसित त्यस बस्तीको विषयमा सोध्नुस्, जो सागरतट्मा अवस्थित थियो…

सूरा आयत 163/206 — अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आराफ सुन्नुहोस्, अल-आराफ अनुवाद, अल-आराफ mp3, अल-आराफ pdf. आयत 161–165. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers