अल-अनफाल · 65/75
अनुवाद उच्चारण — सूरा अल-अनफाल
يَا أَيُّهَا النَّبِيُّ حَرِّضِ الْمُؤْمِنِينَ عَلَى الْقِتَالِ ۚ إِن يَكُن مِّنكُمْ عِشْرُونَ صَابِرُونَ يَغْلِبُوا مِائَتَيْنِ ۚ وَإِن يَكُن مِّنكُم مِّائَةٌ يَغْلِبُوا أَلْفًا مِّنَ الَّذِينَ كَفَرُوا بِأَنَّهُمْ قَوْمٌ لَّا يَفْقَهُونَ ۝٦٥
Yaaa aiyuhan Nabiyyu harridil mu`mineena `alal qitaal; iny-yakum minkum `ishroona saabiroona yaghliboo mi`atayn; wa iny-yakum minkum min`atuny yaghlibooo alfam minal lazeena kafaroo bi anahum qawmul laa yafqahoon
📖 नेपाली अर्थ
हे नबी ! ईमानवालाहरूलाई जिहादको निम्ति प्रेरित गर । यदि तिमीमध्ये बीसजना पनि धैर्यवान् छन् भने दुईसय जनामाथि प्रभावी हुनेछन् र यदि तिमीमध्ये एक सय हुन्छन् भने उनीहरू एक हजार काफिरहरूमाथि प्रभावी हुनेछन्, किनभने उनीहरू बुद्धिहीन छन् ।

🎧 सुन्नुहोस्


📜 आयत 63-67 — सूरा अल-अनफाल

63وَأَلَّفَ بَيْنَ قُلُوبِهِمْ ۚ لَوْ أَنفَقْتَ مَا فِي الْأَرْضِ جَمِيعًا مَّا أَلَّفْتَ بَيْنَ قُلُوبِهِمْ وَلَٰكِنَّ اللَّهَ أَلَّفَ بَيْنَهُمْ ۚ إِنَّهُ عَزِيزٌ حَكِيمٌ
उनीहरूका हृदयलाई आपसी प्रेमले पनि उसैले जोडेको हो । यदि तिमीले धर्तीमा भएका सबै कुरा खर्च गरेको भएपनि उनका हृदयलाई परस्पर जोड्न सक्दैनथ्यौ तर अल्लाहले नै तिनलाई आपसमा जोडिदियो । निश्चय नै त्यो सर्वशक्तिशाली, तत्वदर्शी छ ।
64يَا أَيُّهَا النَّبِيُّ حَسْبُكَ اللَّهُ وَمَنِ اتَّبَعَكَ مِنَ الْمُؤْمِنِينَ
हे नबी ! तिम्रो लागि अल्लाह र तिम्रा ईमानवाला अनुयायीहरू नै पर्याप्त छन् ।
65يَا أَيُّهَا النَّبِيُّ حَرِّضِ الْمُؤْمِنِينَ عَلَى الْقِتَالِ ۚ إِن يَكُن مِّنكُمْ عِشْرُونَ صَابِرُونَ يَغْلِبُوا مِائَتَيْنِ ۚ وَإِن يَكُن مِّنكُم مِّائَةٌ يَغْلِبُوا أَلْفًا مِّنَ الَّذِينَ كَفَرُوا بِأَنَّهُمْ قَوْمٌ لَّا يَفْقَهُونَ
हे नबी ! ईमानवालाहरूलाई जिहादको निम्ति प्रेरित गर । यदि तिमीमध्ये बीसजना पनि धैर्यवान् छन् भने दुईसय जनामाथि प्रभावी हुनेछन् र यदि तिमीमध्ये एक सय हुन्छन् भने उनीहरू एक हजार काफिरहरूमाथि प्रभावी हुनेछन्, किनभने उनीहरू बुद्धिहीन छन् ।
66الْآنَ خَفَّفَ اللَّهُ عَنكُمْ وَعَلِمَ أَنَّ فِيكُمْ ضَعْفًا ۚ فَإِن يَكُن مِّنكُم مِّائَةٌ صَابِرَةٌ يَغْلِبُوا مِائَتَيْنِ ۚ وَإِن يَكُن مِّنكُمْ أَلْفٌ يَغْلِبُوا أَلْفَيْنِ بِإِذْنِ اللَّهِ ۗ وَاللَّهُ مَعَ الصَّابِرِينَ
अब अल्लाहले तिम्रो भार हल्का गर्दछ, उसलाई राम्ररी थाहा छ कि तिमीमा केही कमजोरी छ । तसर्थ यदि तिम्रा एक सयजना संयमी छन् भने उनीहरू दुईसयमाथि प्रभावी रहनेछन् र यदि तिमीमध्ये यस्ता एक हजार जना हुन्छन् भने अल्लाहको आदेशले उनीहरू दुईहजारमाथि प्रभावी रहनेछन् । र अल्लाह धैर्य गर्नेहरूको साथमा छ ।
67مَا كَانَ لِنَبِيٍّ أَن يَكُونَ لَهُ أَسْرَىٰ حَتَّىٰ يُثْخِنَ فِي الْأَرْضِ ۚ تُرِيدُونَ عَرَضَ الدُّنْيَا وَاللَّهُ يُرِيدُ الْآخِرَةَ ۗ وَاللَّهُ عَزِيزٌ حَكِيمٌ
कुनै नबीको लागि यो उचित छैन कि उसको पासमा कैदी रहुन् जबसम्मकि धर्तीमा ठूलो रक्तपात हुँदैन । तिमी त संसारको धन चाहन्छौ, जबकि अल्लाहको इच्छा आखिÞरतको छ । र अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ ।
अल-अनफालकुरान अनुक्रमणिका
75आयत
MedinanRevelation
65आयत

अनुवाद — अल-अनफाल 65

सूरा अल-अनफाल आयत 65 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हे नबी ! ईमानवालाहरूलाई जिहादको निम्ति प्रेरित गर । यदि…

सूरा आयत 65/75 — सूरा अल-अनफाल الأنفال (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-अनफाल सुन्नुहोस्, सूरा अल-अनफाल अनुवाद, सूरा अल-अनफाल mp3, सूरा अल-अनफाल pdf. आयत 63–67. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers