सूरा अश-शुअरा pdf — डाउनलोड गर्नुहोस् (नेपाली)
सूरा अश-शुअरा pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अश-शुअरा अनुवाद. सूरा अश-शुअरा (Meccan) 227 आयत.
Related
- सूरा अश-शुअरा अनुवादनेपाली
- सूरा अश-शुअरा mp3सुन्नुहोस्
- Quran Index नेपाली114
More सूरा PDF
सूरा अश-शुअरा

ﭑﭒ
26:1
ता–सीन्–मीम् ।
ﭓﭔﭕﭖﭗ
26:2
यी स्पष्ट किताबका आयतहरू (श्लोकहरू) हुन् ।
ﭘﭙﭚﭛﭜﭝﭞ
26:3
(हे पैगम्बर !) शायद तपाईले (यस दुःखबाट कि) यी मानिसहरूले ईमान ल्याउँदैनन् आफ्नो प्राण नै त्यागिदिनु हुनेछ ।
ﭟﭠﭡﭢﭣﭤﭥﭦﭧﭨﭩﭪ
26:4
यदि हामीले चाहेको भए उनीहरूमाथि अकाशबाट एउटा यस्तो निशानी उतार्न सक्थ्यौं । कि जसको अगाडि उनीहरूका टाउको दीनताले झुकिरहुन् ।
ﭫﭬﭭﭮﭯﭰﭱﭲﭳﭴﭵﭶ
26:5
र उनीहरूको पासमा रहमानको तर्फबाट जुन नवीन नसिहत पनि आउँछ, उनीहरू त्यसबाट विमुख हुने भइहाले ।
ﭷﭸﭹﭺﭻﭼﭽﭾﭿ
26:6
अब जबकि उनीहरूले झूठो भनिसकेका छन् त शीघ्र नै उनीहरूले गरेको उपहासको वास्तविकता जानी हाल्नेछन् ।
ﮀﮁﮂﮃﮄﮅﮆﮇﮈﮉﮊﮋ
26:7
के उनीहरूले धरतीलाई देखेनन् कि त्यसमा कसरी हामीले सबै प्रकारका उत्तम जोडाहरू उमारेका छौं ।
ﮌﮍﮎﮏﮐﮑﮒﮓﮔﮕ
26:8
निश्चय नै यसमा ठूलो निशानी छ, (यसपछि पनि) उनीहरूमध्ये अधिकांश मान्नेवाला छैनन् ।
ﮖﮗﮘﮙﮚﮛ
26:9
र निश्चय नै तिम्रो पालनकर्ता नै हो, जो अधिपत्यशाली, अत्यन्त दयावान छ ।
ﮜﮝﮞﮟﮠﮡﮢﮣﮤ
26:10
र जब तपाईको पालनकर्ताले ‘‘मूसालाई’’ भन्यो कि अत्याचारी मानिसहरूको पासमा जाऊ ।
ﮥﮦﮧﮨﮩﮪ
26:11
‘‘फिरऔनको’’ जातिबन्धुको पासमा, के यिनीहरू आत्मसंयम् अपनाउँदैनन्
ﮫﮬﮭﮮﮯﮰﮱ
26:12
मूसाले भनेः कि मेरो पालनकर्ता मलाई त भय छ कि कतै यिनीहरूले मलाई झूठा नठानुन् ।
ﯓﯔﯕﯖﯗﯘﯙﯚﯛ
26:13
र मेरो छाति उकुसमुकुस हुन्छ र मेरो बोली रोकिन्छ, तसर्थ तिमी हारूनतिर पनि सन्देश (वह्य) पठाइदेऊ ।
ﯜﯝﯞﯟﯠﯡﯢ
26:14
र उनीहरूको ममाथि मेरो एउटा कसूरको दावी पनि छ, तसर्थ मलाई यो पनि भय छ कि मलाई मारिहाल्नेछन् ।
ﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬ
26:15
अल्लाहबाट आदेश भयो कदापि यस्तो हुनेछैन तिमी दुवैजना हाम्रा निशानीहरू लिएर जाऊ, हामी तिम्रो साथमा सुन्नेवाला छौं ।
ﯭﯮﯯﯰﯱﯲﯳﯴ
26:16
(अतः) तिमी दुवै फिरऔनको पासमा जाऊ र भनः कि निश्चितरूपले हामी संसारको पालनकर्ताको तर्फबाट पठाइएका हौं ।
ﯵﯶﯷﯸﯹﯺ
26:17
र (यसकारण आएका हौं) कि तिमीहरू बनी इस्राईललाई हाम्रो साथमा जाने अनुमति देऊ ।
ﯻﯼﯽﯾﯿﰀﰁﰂﰃﰄﰅ
26:18
फिरऔनले (मूसासित) भन्यो कि के हामीले तिमीलाई तिम्रो बाल्यकालमा आफूकहाँ पालेका थिएनौं ? र तिमीले तिम्रो जीवनका धेरै वर्ष हामीकहाँ बिताएका थिएनौ
ﰆﰇﰈﰉﰊﰋﰌﰍ
26:19
फेरि तिमीले आफ्नो त्यो काम गर्यौ जुन तिमीलाई थाहा छ । तिमी साह्रै नै कृतघ्न छौ ।
ﭑﭒﭓﭔﭕﭖﭗ
26:20
(मूसाले) भनेः कि (हो) त्यो काम मैले त्यस बेला गरेको थिएँ जब म बाटो बिर्सिएकाहरूमध्येका थिएँ ।
ﭘﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣ
26:21
अनि जब मलाई तिम्रो भय लाग्यो त म तिमीकहाँबाट भागिहालें, अनि मेरो पालनकर्ताले मलाई आदेश र ज्ञान प्रदान गर्यो र मलाई आफ्ना सन्देशवाहकमध्येको बनायो ।
ﭤﭥﭦﭧﭨﭩﭪﭫﭬ
26:22
के ममाथि तिम्रो यही भलाई हो जुन तिमीले देखाइरहेका छौ कि तिमीले बनि इस्राईललाई दास बनाएर राखेका छौ ।
ﭭﭮﭯﭰﭱﭲ
26:23
फिरऔनले भन्योः कि सारा संसारको मालिक भनेको के हो
ﭳﭴﭵﭶﭷﭸﭹﭺﭻﭼﭽ
26:24
उनले भनेः कि ऊ आकाशहरू र पृथ्वी र जे जति त्यसको बीचमा छन् सबैको पालनकर्ता हो । यदि तिमी ईमानवाला छौ भने
ﭾﭿﮀﮁﮂﮃ
26:25
फिरऔैनले आफ्नो वरिपरिका मानिसहरूलाई भन्यो कि तिमीहरू सुनिरहेका छैनौ ।
ﮄﮅﮆﮇﮈﮉ
26:26
मूसाले भने कि ऊ तिम्रो र तिम्रा बाबुबाजेको पालनकर्ता हो ।
ﮊﮋﮌﮍﮎﮏﮐﮑ
26:27
फिरऔनले भन्योः कि मानिसहरू हो यो संदेष्टा (पैगम्बर) जुन तिमीहरूतिर पठाइएको छ, बिलकुल्लै पागल छ ।
ﮒﮓﮔﮕﮖﮗﮘﮙﮚﮛﮜ
26:28
मूसाले भनेः कि पूर्व र पश्चिम र जे–जति यी दुवैको बीचमा छन् सबैको रब (पालनकर्ता) पनि उही हो, यदि तिमीमा बुझ्ने बुद्धि छ भने ।
ﮝﮞﮟﮠﮡﮢﮣﮤﮥ
26:29
फिरऔनले भन्योः कि सुन यदि तिमीले म बाहेक अरु कसैलाई पूज्य बनायौ भने म तिमीलाई बन्दी बनाएर राख्छु ।
ﮦﮧﮨﮩﮪﮫ
26:30
मूसाले भने कि यदि म तिम्रो पासमा कुनै स्पष्ट कुरा ल्याऊँ तैपनि
ﮬﮭﮮﮯﮰﮱﯓﯔ
26:31
फिरऔनले भन्यो, यदि तिमी साँचो हौ भने त्यसलाई (ल्याएर) पेश गर ।
ﯕﯖﯗﯘﯙﯚﯛ
26:32
अनि उनले (मूसाले) आफ्नो लठ्ठी त्यतिबेला (जमिनमा) फ्याँके जुन त्यतिखेरै एउटा प्रत्यक्ष अजिङ्गर बनिहाल्यो ।
ﯜﯝﯞﯟﯠﯡﯢ
26:33
र आफ्नो हात जब बाहिर निकाले तब त्यतिखेरै त्यो हेर्नेहरूको अगाडि सेतो टल्कने देखिनथाल्यो ।
ﯣﯤﯥﯦﯧﯨﯩﯪ
26:34
फिरऔनले आफ्नो वरिपरिका नायकहरूसित भन्योः कि निश्चय नै यो त ठूलो जादूगर हो ।
ﯫﯬﯭﯮﯯﯰﯱﯲﯳ
26:35
यसले चाहन्छ, कि आफ्नो जादूको शक्तिले तिमीलाई तिम्रो भूमिबाट निकालिदेओस् तसर्थ तिम्रो के विचार छ
ﯴﯵﯶﯷﯸﯹﯺﯻ
26:36
उनीहरूले भनेः कि तपाईले यसलाई र यसको भाइलाई समय दिनुस् र सबै शहरहरूमा अग्रदूतहरूलाई पठाइदिनुहोस् ।
ﯼﯽﯾﯿﰀ
26:37
ताकि सबै प्रविण जादूगरलाई तपाईको पासमा ल्याउन् ।
ﰁﰂﰃﰄﰅﰆ
26:38
अनि एक निश्चित दिनको समयमा सबै जादूगरहरू एकत्रित गरिए ।
ﰇﰈﰉﰊﰋﰌ
26:39
र सर्वसाधारण मानिसहरूसित भनियोः कि तिमी (सबै) भेला हुनुपर्दछ ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘ
26:40
ताकि यदि जादूगरहरू विजयी हुन्छन् भने हामी उनकै अनुयायी भइहाल्छौं ।
ﭙﭚﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥ
26:41
जादुगरहरू आएर फिरऔनसित भन्न थालेः कि यदि हामी विजयी भयौं भने के हामीलाई पुरस्कार पनि प्राप्त हुनेछ
ﭦﭧﭨﭩﭪﭫﭬ
26:42
पिरऔनले भन्योः, हो र निश्चय नै तिमी त्यसबेला मेरो दरबारिया मानिसहरूमध्येबाट भइहाल्नेछौ ।
ﭭﭮﭯﭰﭱﭲﭳﭴ
26:43
मूसाले उनीहरूसित (जादूगरहरूसित) भनेः कि जे कुरा फ्याँक्नु छ फ्याँक ।
ﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾ
26:44
तब उनीहरूले आफ्नो डोरी र लठ्ठीहरू फ्याँके र भन्न थालेः कि फिरऔनको प्रतापले हामी विजयी हुनेछौं ।
ﭿﮀﮁﮂﮃﮄﮅﮆﮇ
26:45
अनि मूसाले पनि आफ्नो लठ्ठी (भूईंमा) फ्याँके जसले ती कुराहरूलाई, जुनकि जादुगरहरूले बनाएका थिए, निल्न थाल्यो ।
ﮈﮉﮊﮋ
26:46
यो हेरेर स्वस्फूर्ति ढंगले सिज्दा (ढोग) गरे ।
ﮌﮍﮎﮏﮐ
26:47
(र) भन्न थाले कि हामीले सारा संसारको पालनहारमाथि ईमान ल्यायौं ।
ﮑﮒﮓﮔ
26:48
अर्थात् मूसा र हारूनको पालनलहारमाथि ।
ﮕﮖﮗﮘﮙﮚﮛﮜﮝﮞﮟﮠﮡﮢﮣﮤﮥﮦﮧﮨﮩﮪﮫﮬ
26:49
फिरऔनले भन्योः, कि मेरो आज्ञा बेगैर तिमीहरूले उसमाथि ईमान ल्यायौ ? निश्चय नै यही तिमी सबैको प्रमुख नायक हो, जसले तिमीलाई जादू सिकाएको छ । तसर्थ शीघ्र नै तिमीहरूले थाहा पाइहाल्ने छौ । म शपथ लिन्छु कि म तिम्रा हात र खुट्टाहरू विपरित दिशाहरूबाट कटाइदिनेछु र तिमी सबैलाई फाँसीमा झुन्ड्याइदिनेछु ।
ﮭﮮﮯﮰﮱﯓﯔﯕﯖ
26:50
उनीहरूले भनेः केही डर छैन । निःसंदेह हामी त आफ्नो पालनकर्तातिर नै फर्केर जानेवाला छौं ।
ﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢ
26:51
हामीलाई मात्र यो नै आशा छः कि हाम्रो पालनकर्ता हाम्रो त्रुटिहरूलाई क्षमा गरिदिनेछ, किनभने हामीले सबभन्दा पहिला ईमान ल्यायौं ।
ﯣﯤﯥﯦﯧﯨﯩﯪﯫﯬ
26:52
र हामीले ‘‘मूसातिर’’ ‘‘वह्य’’ (अल्लाहको वाणी) पठायौं कि मेरा भक्तहरूलाई लिएर रातै–रात निस्किहाल, निश्चय नै तिमीलाई पछ्याइनेछ ।
ﯭﯮﯯﯰﯱﯲ
26:53
यसपछि फिरऔनले शहरहरूमा दूतहरू पठायो ।
ﯳﯴﯵﯶﯷ
26:54
किन ‘‘कि यिनीहरू एकदम सानो संख्यामा छन् ।’’
ﯸﯹﯺﯻ
26:55
र यिनीहरूले हामीलाई क्रोधित पारिराखेका छन् ।
ﯼﯽﯾﯿ
26:56
र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं ।
ﰀﰁﰂﰃﰄ
26:57
अन्ततः हामीले उनीहरूलाई बगैंचा र पानीका श्रोतहरूबाट निष्कासित गरिदियौं ।
ﰅﰆﰇﰈ
26:58
र खजाना र राम्रा ठाउँहरूबाट पनि ।
ﰉﰊﰋﰌﰍﰎ
26:59
(उनीहरूको साथमा हामीले) यस्तो गर्यौं र यी सबै कुराहरूको उत्तराधिकारी हामीले बनी इस्राईलको सन्ततिलाई बनाइदियौं ।
ﰏﰐﰑ
26:60
तसर्थ फिरऔनीहरूले सूर्योदय हुनासाथ तिनीहरूलाई खोज्न हिंडे ।
ﭑﭒﭓﭔﭕﭖﭗﭘﭙ
26:61
जब दुवै समूहले एक अर्कालाई देखिहाल्यो, तब मूसाका साथीहरूले भन्नथाले कि हामी त निश्चय नै समातियौं ।
ﭚﭛﭜﭝﭞﭟﭠﭡ
26:62
मूसाले भने, कदापि होइन मेरो पालनकर्ता मेरो साथमा छ, उसले पक्कै मलाई बाटो देखाउनेछ ।
ﭢﭣﭤﭥﭦﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰ
26:63
त्यसबखत हामीले मूसातिर ‘‘वह्य’’ पठायौं कि आफ्नो लठ्ठीले समुद्रमाथि प्रहार गर अनि त्यसै बेला समुद्र फाटिहाल्यो र पानीको हरेक टुक्रा ठूलो पहाड जस्तो भइहाल्यो ।
ﭱﭲﭳﭴ
26:64
र हामीले अर्को समूहलाई पनि त्यहीं निकट ल्याएर उभ्याइदियौं ।
ﭵﭶﭷﭸﭹﭺ
26:65
र हामीले ‘‘मूसा’’ र उनको साथमा भएका सबैलाई बचाइहाल्यौं ।
ﭻﭼﭽﭾ
26:66
अनि अर्को समूहलाई डुबाइदियौं ।
ﭿﮀﮁﮂﮃﮄﮅﮆﮇﮈ
26:67
निःसन्देह यसमा ठूलो निशानी छ, तापनि उनीहरूमध्ये अधिकतर ईमानवाला छैनन् ।
ﮉﮊﮋﮌﮍﮎ
26:68
र निश्चय नै तपाईको पालनकर्ता अधिपत्यशाली, अत्यन्त दयावान छ ।
ﮏﮐﮑﮒﮓ
26:69
र उनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) को वृतान्त पनि सुनाइदिनुस् ।
ﮔﮕﮖﮗﮘﮙﮚ
26:70
जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः कि तिमी कुन कुराको पूजा गर्दछौ
ﮛﮜﮝﮞﮟﮠﮡ
26:71
उनीहरूले जवाफ दिए कि हामी मूर्तिहरूको पूजा गर्दछौं र उनीहरूको सेवामा लागिरहने छौं ।
ﮢﮣﮤﮥﮦﮧ
26:72
(इब्राहीमले) भनेः कि, जब तिमी उनीहरूलाई पुकार्दछौ, त के उनीहरूले तिम्रो सुन्दछन्
ﮨﮩﮪﮫﮬ
26:73
वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन्
ﮭﮮﮯﮰﮱﯓﯔ
26:74
उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु बाजेलाई यस्तै गरेको देखेका छौं ।
ﯕﯖﯗﯘﯙﯚ
26:75
(इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ ।
ﯛﯜﯝﯞ
26:76
तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि ।
ﯟﯠﯡﯢﯣﯤﯥ
26:77
उनीहरू मेरा शत्रु हुन्, अल्लाह बाहेक जो ब्रह्माण्डको स्वामी हो ।
ﯦﯧﯨﯩﯪ
26:78
जसले मलाई सृष्टि गर्यो र उसैले मलाई मार्गदर्शन गर्दछ ।
ﯫﯬﯭﯮﯯ
26:79
उही नै हो जसले मलाई खुवाउँछ र पिलाउँछ ।
ﯰﯱﯲﯳﯴ
26:80
र जब म विरामी पर्दछु त उसैले मलाई निको पार्छ ।
ﯵﯶﯷﯸﯹ
26:81
र उसैले मलाई मार्नेछ (र) पुनः जीवित गर्नेछ ।
ﯺﯻﯼﯽﯾﯿﰀﰁﰂ
26:82
र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको दिन मेरा पापहरूलाई क्षमा गर्नेछ ।
ﰃﰄﰅﰆﰇﰈﰉ
26:83
हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर र असल मानिसहरूमा शम्मिलित गर ।
ﭑﭒﭓﭔﭕﭖﭗ
26:84
र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख ।
ﭘﭙﭚﭛﭜﭝ
26:85
र मलाई उपकारहरूले भरिएको जन्नत (स्वर्ग) का उत्तराधिकारीहरूमा शम्मिलित गर ।
ﭞﭟﭠﭡﭢﭣﭤ
26:86
र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट मानिसहरूमध्येको थियो ।
ﭥﭦﭧﭨﭩ
26:87
र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित नगर्नु ।
ﭪﭫﭬﭭﭮﭯﭰ
26:88
जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन् ।
ﭱﭲﭳﭴﭵﭶﭷ
26:89
तर फाइदावाला उही हुनेछ जो मानिस अल्लाहको पासमा पवित्र हृदय लिई जानेछ ।
ﭸﭹﭺﭻ
26:90
र जन्नत संयमीहरूको एकदम समीपमा ल्याइनेछ ।
ﭼﭽﭾﭿ
26:91
र मार्ग विचलितहरूको लागि नर्क अगाडि ल्याइनेछ ।
ﮀﮁﮂﮃﮄﮅﮆ
26:92
र उनीहरूसित सोधिनेछः कि जसलाई तिमी पूज्दथ्यो, उनीहरू कहाँ छन्
ﮇﮈﮉﮊﮋﮌﮍﮎ
26:93
अल्लाह बाहेक जो पूज्य थिए, के उनीहरू तिम्रो केही सहायता गर्नसक्दछन् ? वा कुनै बदला लिन सक्दछन्
ﮏﮐﮑﮒﮓ
26:94
अनि तिनीहरू र सबै मार्गविचलितहरू टाउको निहुर्याई नर्कमा हालिनेछन् ।
ﮔﮕﮖﮗ
26:95
र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्) ।
ﮘﮙﮚﮛﮜ
26:96
(त्यहाँ) उनीहरू एकआपसमा झगाडा गर्दै भन्नेछन् ।
ﮝﮞﮟﮠﮡﮢﮣ
26:97
किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’
ﮤﮥﮦﮧﮨ
26:98
जबकि हामीले तिमीलाई ब्रह्माण्डको पालनकर्ता अल्लाह बराबर ठान्दथ्यौं ।
ﮩﮪﮫﮬﮭ
26:99
र हामीलाई यी अपराधीहरू बाहेक अरुले पथभ्रष्ट गरेनन् ।
ﮮﮯﮰﮱﯓ
26:100
अब हाम्रो सिफारिश गर्नेवाला कोही छैन ।
ﯔﯕﯖﯗ
26:101
र न कोही घनिष्ट मित्र छ ।
ﯘﯙﯚﯛﯜﯝﯞﯟ
26:102
कति राम्रो हुने थियो, यदि हामीलाई (संसारमा) पुनः एक पटक जानमिल्ने भए, त हामी पक्का र सच्चा मोमिनहरूमध्येका भैहाल्थ्यौं ।
ﯠﯡﯢﯣﯤﯥﯦﯧﯨﯩ
26:103
यस घटनामा निश्चय नै एउटा ठूलो निशानी छ तैपनि उनीहरूमध्ये धेरैजसोले ईमान ल्याउने छैनन् ।
ﯪﯫﯬﯭﯮﯯ
26:104
र निःसन्देह तपाईको पालनकर्ता नै अधिपत्यशाली अत्यन्त दयावान छ ।
ﯰﯱﯲﯳﯴ
26:105
नूहको जातिबन्धुले पनि रसूलहरूलाई झूठा भने ।
ﯵﯶﯷﯸﯹﯺﯻﯼ
26:106
जब कि उनीहरूसित उनका भाइ नूहले भनेः कि के तिमीलाई अल्लाहको डर छैन
ﯽﯾﯿﰀﰁ
26:107
सुन म तिम्रो लागि अल्लाहको विश्वासनिय संदेष्टा हूँ ।
ﰂﰃﰄﰅ
26:108
तसर्थ तिमीहरूले अल्लाहसित डर मान्नु र मेरो भनाई मान्नु ।
ﰆﰇﰈﰉﰊﰋﰌﰍﰎﰏﰐﰑﰒ
26:109
म यस कामको निम्ति तिमीबाट कुनै पारिश्रमिक माग्दिन । मेरो पारिश्रमिक त सम्पूर्ण संसारको पालनकर्ताको जिम्मामा छ ।
ﰓﰔﰕﰖ
26:110
अनि अल्लाहको भयराख र मेरा आदेश पालनगर ।
ﰗﰘﰙﰚﰛﰜﰝ
26:111
उनीहरूले भनेः कि के हामी तिम्रो भनाई मानौं जबकि तिमीलाई मान्नेहरू अत्यन्तै नीच हुन् ।
ﭑﭒﭓﭔﭕﭖﭗ
26:112
(नूहले) भनेः कि मलाई के थाहा कि उनीहरू पहिला के गर्दै आएका थिए
ﭘﭙﭚﭛﭜﭝﭞﭟﭠ
26:113
उनीहरूको हिसाब त मेरो पालनकर्ताको जिम्मामा छ यदि तिमीमा चेतना आइदिए कति राम्रो हुने थियो ।
ﭡﭢﭣﭤﭥ
26:114
र म मोमिनहरूलाई धपाउनेवाला होइन ।
ﭦﭧﭨﭩﭪﭫ
26:115
म त स्पष्टरूपले सचेत गर्नेवाला मात्र हूँ ।
ﭬﭭﭮﭯﭰﭱﭲﭳﭴ
26:116
उनीहरूले भने कि हे ‘‘नूह’’ यदि तिमीले (आफ्नो यस कुराबाट) पछि हटेनौ भने तिमी ढुंगा हानी मारिनेमध्येका हुनेछौ ।
ﭵﭶﭷﭸﭹﭺ
26:117
(नूहले) भनेः कि हे मेरो पालनकर्ता ! मेरो जातिबन्धुले त मलाई असत्य भनिदियो ।
ﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄ
26:118
तसर्थ तिमीले मेरो र उनीहरूको बीचमा कुनै स्पष्ट निर्णय गरिदेऊ र मलाई र जुन मोमिन मेरो साथमा छन्, उनीहरूलाई बचाइहाल ।
ﮅﮆﮇﮈﮉﮊﮋ
26:119
अतः हामीले उनलाई र उनका साथीहरूलाई भरेको डुङ्गामा सवार गराएर बचाइहाल्यौं ।
ﮌﮍﮎﮏﮐ
26:120
तत्पश्चात शेष सबै मानिसहरूलाई हामीले डुबाइदियौं ।
ﮑﮒﮓﮔﮕﮖﮗﮘﮙﮚ
26:121
निःसन्देह यसमा ठूलो निशानी छ । तापनि यिनीहरूमध्ये अधिकतर ईमान ल्याउनेवाला थिएनन् ।
ﮛﮜﮝﮞﮟﮠ
26:122
र निःसन्देह तिम्रो रब सर्वशक्ति सम्पन्न (र) अत्यन्त दयावान छ ।
ﮡﮢﮣﮤ
26:123
आदको समुदायले पनि संदेष्टाहरूलाई झूठा भने ।
ﮥﮦﮧﮨﮩﮪﮫﮬ
26:124
जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ
ﮭﮮﮯﮰﮱ
26:125
म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ ।
ﯓﯔﯕﯖ
26:126
तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।
ﯗﯘﯙﯚﯛﯜﯝﯞﯟﯠﯡﯢﯣ
26:127
र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ ।
ﯤﯥﯦﯧﯨﯩ
26:128
के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ
ﯪﯫﯬﯭﯮ
26:129
र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीले सधैं यहीं बसिरहनुछ ।
ﯯﯰﯱﯲﯳ
26:130
र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।
ﯴﯵﯶﯷ
26:131
त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर ।
ﯸﯹﯺﯻﯼﯽ
26:132
र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई तिमी जान्दछौ ।
ﯾﯿﰀﰁ
26:133
उसले तिमीलाई पशु र सन्तानहरूबाट मद्दत गर्यो ।
ﰂﰃﰄ
26:134
र बगैंचाहरूबाट र श्रोतहरूबाट ।
ﰅﰆﰇﰈﰉﰊﰋ
26:135
मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।
ﰌﰍﰎﰏﰐﰑﰒﰓﰔﰕ
26:136
उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ ।
ﭑﭒﭓﭔﭕﭖ
26:137
यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो ।
ﭗﭘﭙﭚ
26:138
र हामीलाई कहिले पनि यातना दिइनेछैन ।
ﭛﭜﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦﭧ
26:139
उनीहरूले ‘‘हूदलाई’’ असत्य भने, त हामीले उनीहरूलाई नष्ट गरिहाल्यौं । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।
ﭨﭩﭪﭫﭬﭭ
26:140
निःसंदेह तपाईको पालनकर्ता उही हो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान ।
ﭮﭯﭰﭱ
26:141
समूदको समुदायले पनि रसूलहरूलाई असत्य भने ।
ﭲﭳﭴﭵﭶﭷﭸﭹ
26:142
(जबकि) उनीसित उनको भाइ ‘‘सालेहले’’ भने कि तिमीहरू अल्लाहसँग डराउँदैनौ
ﭺﭻﭼﭽﭾ
26:143
निःसंदेह म त तिम्रोलागि अल्लाहको विश्वसनीय पैगम्बर (दूत) हूँ ।
ﭿﮀﮁﮂ
26:144
अतः तिमी अल्लाहसित डर र मेरो कुरा मान ।
ﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌﮍﮎﮏ
26:145
(र) म यस कामको लागि तिमीसित कुनै प्रतिफल माँग्दैन । मेरो प्रतिफल त सम्पूर्ण जगतको स्वामीको जिम्मामा छ ।
ﮐﮑﮒﮓﮔﮕ
26:146
के जुन कुराहरू यहाँ उपलब्ध छन्, त्यसमा तिमी निश्चिंत छोडिदिइनेछौ
ﮖﮗﮘﮙ
26:147
(अर्थात) बगैंचा र श्रोतहरूमा ।
ﮚﮛﮜﮝﮞ
26:148
र खेती र यी खजूरका बगैचाहरू जसको झुप्पाहरू ताजा र कोमल हुन्छन् ।
ﮟﮠﮡﮢﮣﮤ
26:149
र तिमीले पहाडहरूलाई काटी सुन्दर घर बनाउँदैछौ ।
ﮥﮦﮧﮨ
26:150
तसर्थ अल्लाहसित डर र मैले भनेको मान ।
ﮩﮪﮫﮬﮭ
26:151
र सीमाउल्लघंन गर्नेहरूको कुरा नमान ।
ﮮﮯﮰﮱﯓﯔﯕ
26:152
जो देशमा दंगा फसाद मचाउँछन् र सुधार गर्दैनन् ।
ﯖﯗﯘﯙﯚﯛ
26:153
उनीहरूले भने कि तिमी त जादूले मोहित पारिएकामध्येबाट हौ ।
ﯜﯝﯞﯟﯠﯡﯢﯣﯤﯥﯦﯧ
26:154
तिमी त हामी जस्तै मानिस हौ । यदि तिमी साँचो हौ भने कुनै चमत्कार प्रस्तुत गर ।
ﯨﯩﯪﯫﯬﯭﯮﯯﯰﯱ
26:155
(सालेहले) भने (हेर) यो ऊँटनी हो, एक दिन यसको पानी पिउने पालो हो, र एक निश्चित दिन पानी लिने पालो तिम्रो हो ।
ﯲﯳﯴﯵﯶﯷﯸﯹ
26:156
खबरदार यसलाई कुनै कष्ट नपुर्याउनु, अन्यथा तिमीलाई एकबडो दिनको यातनाले समात्ने छ ।
ﯺﯻﯼﯽ
26:157
तैपनि उनीहरूले त्यसको घुँडा काटिदिए, अनि पछि लज्जित भए ।
ﯾﯿﰀﰁﰂﰃﰄﰅﰆﰇﰈﰉﰊ
26:158
तसर्थ उनलाई यातनाले समातिहाल्यो । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।
ﰋﰌﰍﰎﰏﰐ
26:159
र निःसंदेह तपाईको पालनकर्ता सर्वशक्ति सम्पन्न र अत्यन्त दयावान छ ।
ﭑﭒﭓﭔﭕ
26:160
‘‘लूतको’’ जातिबन्धुले पनि रसूलहरूलाई असत्य भने ।
ﭖﭗﭘﭙﭚﭛﭜﭝ
26:161
(जब) उनीहरूसित उनका भाइ ‘‘लूतले’’ भने कि तिमी अल्लाहसित किन डराउँदैनौ
ﭞﭟﭠﭡﭢ
26:162
निःसंदेह म तिम्रो लागि विश्वसनीय रसूल हूँ ।
ﭣﭤﭥﭦ
26:163
तसर्थ तिमी अल्लाहसित डर र मेरो भनाई मान ।
ﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰﭱﭲﭳ
26:164
र म तिमीसित यसको प्रतिफल माँग्दिन । मेरो प्रतिफल त विश्वको पालनकर्ताको जिम्मामा छ ।
ﭴﭵﭶﭷﭸ
26:165
के संसारमा तिमी यस्ता हौ जो पुरुषसंग व्यभिचार (गुदामैथुन) गर्दछौ
ﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂﮃﮄﮅ
26:166
र तिम्रो पालनकर्ताले तिम्रो निम्ति जुन महिलाहरूलाई तिम्रो पत्नीहरू बनाएको छ, उनीहरूलाई परित्याग गरिदिन्छौ । सत्य कुरा त यो हो कि तिमी सीमाउल्लघंन गर्नेवालाहरू नै हौ ।
ﮆﮇﮈﮉﮊﮋﮌﮍﮎ
26:167
उनीहरूले जवाफ दिए कि हे ‘‘लूत’’! यदि तिमी मान्ने छैनौ भने देश निकाला गरिनेछौ ।
ﮏﮐﮑﮒﮓﮔ
26:168
उनले भने कि म तिमीहरूको कामबाट अत्यन्त अप्रसन्न छु ।
ﮕﮖﮗﮘﮙﮚ
26:169
हे मेरो पालनकर्ता ! मलाई र मेरो परिवारलाई (मान्नेवालाहरूलाई) जुन काम यिनीहरूले गर्दछन्, त्यसको परिणामबाट बचाऊ ।
ﮛﮜﮝﮞ
26:170
तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।
ﮟﮠﮡﮢﮣ
26:171
तर एउटी बृद्धा (बाहेक) जुन पछि रहनेहरूमध्येकी थिई ।
ﮤﮥﮦﮧ
26:172
त्यस उपरान्त हामीले अरु सबैलाई नष्ट गरिहाल्यौं ।
ﮨﮩﮪﮫﮬﮭﮮﮯ
26:173
र हामीले उनीहरूमाथि एउटा विशेष प्रकारको वर्षा गरायौं, जुन वर्षा अत्यन्त नराम्रो थियो र ती चेताइएका मानिसहरूमाथि पर्यो ।
ﮰﮱﯓﯔﯕﯖﯗﯘﯙﯚ
26:174
यो घटना पनि पूरै निशानी छ र उनीहरूमध्ये पनि अधिकांश ईमान ल्याउनेवाला थिएनन् ।
ﯛﯜﯝﯞﯟﯠ
26:175
र निःसंन्देह तिम्रो पालनकर्ता उही हो अधिपत्यशाली र अत्यन्त दयावान
ﯡﯢﯣﯤﯥ
26:176
‘‘एैकाः’’ वालाले (वनमा बस्नेहरूले) पनि रसूलहरूलाई झूठा भने ।
ﯦﯧﯨﯩﯪﯫﯬ
26:177
जब कि उनीसित ‘‘शुऐबले’’ भनेः कि तिमी किन डराउँदैनौ ।
ﯭﯮﯯﯰﯱ
26:178
निःसंन्देह म त तिम्रो लागि विश्वसनीय पैगम्बर हूँ ।
ﯲﯳﯴﯵ
26:179
तसर्थ अल्लाहसित डर र मेरो भनाई मान ।
ﯶﯷﯸﯹﯺﯻﯼﯽﯾﯿﰀﰁﰂ
26:180
र म यस (काम) को तिमीसित कुनै प्रतिफल माँग्दिन । मेरो प्रतिफल त संसारको पालनकर्ताको जिम्मामा छ ।
ﰃﰄﰅﰆﰇﰈﰉﰊ
26:181
(हेर) नापतौल पूरा गर्नेगर र कम दिनेहरूमा शम्मिलित नहोऊ ।
ﰋﰌﰍﰎ
26:182
र तराजु सिधा पारेर ठीक ढंगले तौल्नेगर ।
ﰏﰐﰑﰒﰓﰔﰕﰖﰗﰘ
26:183
र मानिसहरूलाई उनका चीजहरू कम पारेर नदेऊ र धरतीमा उत्पात मच्चाउँदै नहिंड ।
ﭑﭒﭓﭔﭕﭖ
26:184
उस अल्लाहसित डराऊ जसले तिमीलाई र अघिका पुस्ताहरूलाई सृष्टि गरेको हो ।
ﭗﭘﭙﭚﭛﭜ
26:185
उनीहरूले भनेः कि तिमी त जादू गरिएकाहरूमध्येका हौ ।
ﭝﭞﭟﭠﭡﭢﭣﭤﭥﭦ
26:186
र तिमी त हामी जस्तै एउटा मानिस हौ र हाम्रो विचारमा तिमी झूठो हौ ।
ﭧﭨﭩﭪﭫﭬﭭﭮﭯﭰ
26:187
यदि तिमी साँचो हौ भने हामीमाथि आकाशको (एउटा) टुक्रा खसाल ।
ﭱﭲﭳﭴﭵﭶ
26:188
(शुऐबले) भने कि, जुन काम तिमीले गर्दछौ, मेरो पालनकर्ता त्यसलाई राम्ररी जान्दछ ।
ﭷﭸﭹﭺﭻﭼﭽﭾﭿﮀﮁﮂ
26:189
किन भने उनीहरू उनलाई झूठा भनिहाले । त्यसकारण छायाँवाला दिनको यातनाले उनीहरूलाई समातिहाल्यो । निश्चय नै त्यो ठूलो (दिनको) यातना थियो ।
ﮃﮄﮅﮆﮇﮈﮉﮊﮋﮌ
26:190
निःसन्देह यसमा ठूलो निशानी छ तर यिनीहरूमध्ये धेरै ईमानवाला थिएनन् ।
ﮍﮎﮏﮐﮑﮒ
26:191
र निश्चय नै तिम्रो पालनकर्ता त उही हो अधिपत्यशाली र अत्यन्त दयावाला ।
ﮓﮔﮕﮖﮗ
26:192
र कुनै शंका र संदेह बिना यो (कुरआन) संसारको पालनहारद्वारा उतारिएको हो ।
ﮘﮙﮚﮛﮜ
26:193
यसलाई विश्वसनीय फरिश्ताले लिएर आएको हो ।
ﮝﮞﮟﮠﮡﮢ
26:194
तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।
ﮣﮤﮥﮦ
26:195
(र) स्पष्ट अरबी भाषामा छ ।
ﮧﮨﮩﮪﮫ
26:196
र यस किताबको चर्चा अगाडिका संदेष्टाहरूको किताबमा पनि गरिएको छ ।
ﮬﮭﮮﮯﮰﮱﯓﯔﯕﯖ
26:197
के उनीहरूको लागि यो निशानी पर्याप्त छैन, कि कुरआनको सच्चाईलाई इज्राईलका विद्वानहरू पनि जान्दछन् ।
ﯗﯘﯙﯚﯛﯜ
26:198
र यदि हामीले यसलाई अरबी भाषा बाहेक अरु कुनै भाषाभाषीमाथि अवतरण गरेको भए ।
ﯝﯞﯟﯠﯡﯢﯣ
26:199
र उसले यिनीहरूलाई त्यो पढेर सुनाउँदा यिनीहरूले यसलाई मान्दैनथे ।
ﯤﯥﯦﯧﯨﯩ
26:200
यसै प्रकार हामीले अपराधीहरूका हृदयमा त्यस इन्कारीलाई बसालिदियौं ।
ﯪﯫﯬﯭﯮﯯﯰﯱ
26:201
र उनीहरूले जबसम्म कष्टदायी यातना देख्दैनन् ईमान ल्याउने छैनन् ।
ﯲﯳﯴﯵﯶﯷ
26:202
त्यो कष्ट उनीहरूमाथि एक्कासी आइपर्नेछ र उनीहरूलाई थाहा पनि हुनेछैन ।
ﯸﯹﯺﯻﯼ
26:203
त्यो बेला भन्नेछन्ः के हामीले केही मोहलत पाउनेछौं
ﯽﯾﯿ
26:204
त के उनीहरूले हाम्रो यातनालाई शीघ्र चाहिराखेका छन्
ﰀﰁﰂﰃﰄ
26:205
अच्छा, यो पनि बताऊ कि यदि हामीले उनीहरूलाई वर्षौसम्म फाइदा उठाउन दियौं ।
ﰅﰆﰇﰈﰉﰊ
26:206
तै पनि उनीमाथि त्यो यातना आइपुग्यो, जसको बारेमा उनीहरूलाई वाचा गरिन्थ्यो ।
ﭑﭒﭓﭔﭕﭖﭗ
26:207
तसर्थ जुन फाइदा यिनीहरूले लिइराखेका थिए, उनीहरूलाई केही काम आउनेछैन
ﭘﭙﭚﭛﭜﭝﭞﭟ
26:208
र हामी कुनै बस्ती नष्ट गरेनौ तर त्यसको निम्ति सावधान गर्नेवालाहरू पठाउने गरेका थियौं ।
ﭠﭡﭢﭣﭤ
26:209
सावधान गराइदिनुको लागि, र हामी अत्याचारी होइनौं ।
ﭥﭦﭧﭨﭩ
26:210
यस कुरआनलाई शैतानहरूले लिएर अवतरित भएका होइनन् ।
ﭪﭫﭬﭭﭮﭯ
26:211
उनीहरू न यसकामको लागि योग्य छन् र न उनीहरू यसको क्षमता राख्दछन् ।
ﭰﭱﭲﭳﭴ
26:212
बरु उनीहरू त यसलाई सुन्नेबाट पनि बञ्चित गरिएका छन् ।
ﭵﭶﭷﭸﭹﭺﭻﭼﭽﭾ
26:213
तसर्थ तिमीले अल्लाह बाहेक कुनै अरु पूज्यलाई नपुर्कानु, अन्यथा तिमी पनि यातना पाउनेमध्येका हुनेछौ ।
ﭿﮀﮁﮂ
26:214
र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनु ।
ﮃﮄﮅﮆﮇﮈﮉ
26:215
ईमान ल्याएर तपाईको अनुयायी भइसकेकाहरूसित नम्रतापुर्वक व्यवहार गर्नु ।
ﮊﮋﮌﮍﮎﮏﮐﮑ
26:216
यदि यी मानिसहरूले तपाईको अवज्ञा गर्दछन् भने भनिदिनुस् कि मेरो तिम्रो कर्महरूसित कुनै सरोकार छैन ।
ﮒﮓﮔﮕﮖ
26:217
आफ्नो सम्पर्ण भरोसा सर्वशक्ति सम्पन्न (र) दयावान अल्लाहमाथि गर ।
ﮗﮘﮙﮚﮛ
26:218
जसले तिमीलाई देखिरहन्छ (तहज्जुदको बेला) जब तिमी उठ्दछौ ।
ﮜﮝﮞﮟ
26:219
र सिज्दा गर्नेहरूमा तिम्रो आवत जावतलाई पनि ।
ﮠﮡﮢﮣﮤ
26:220
ऊ सबै सुन्नेवाला जान्नेवाला छ ।
ﮥﮦﮧﮨﮩﮪﮫ
26:221
के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन्
ﮬﮭﮮﮯﮰﮱ
26:222
तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।
ﯓﯔﯕﯖﯗ
26:223
जसले सुनेको कुरा भन्छन् र उनीहरूमध्ये अधिकांश झूठा छन् ।
ﯘﯙﯚﯛ
26:224
कविहरूको अनुशरण त मार्गविचलित मानिसहरूले नै गर्ने गर्दछन् ।
ﯜﯝﯞﯟﯠﯡﯢﯣ
26:225
के तपाईले देख्नु भएन कि उनीहरू हरेक क्षेत्रमा बहकिरहन्छन् ।
ﯤﯥﯦﯧﯨﯩ
26:226
र उनीहरू भन्दछन् त्यो कुरा, जुन गर्दैनन् ।
ﯪﯫﯬﯭﯮﯯﯰﯱﯲﯳﯴﯵﯶﯷﯸﯹﯺﯻﯼﯽﯾ
26:227
ती मानिसहरू बाहेक जसले ईमान ल्याए र असल काम गरे र अल्लाहलाई धेरै स्मरण गरे । र आफूमाथि अत्याचार भएपछि प्रतिकार गरे, अत्याचारीहरूले शीघ्र नै थाहा पाउनेछन् कि कतातिर फर्कनु पर्नेछ ।
पवित्र कुरान
Wednesday, September 9, 2026
Don't forget us in your sincere prayers







