अल-बकरा · 104/286
अनुवाद उच्चारण — सूरा अल-बकरा
يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تَقُولُوا رَاعِنَا وَقُولُوا انظُرْنَا وَاسْمَعُوا ۗ وَلِلْكَافِرِينَ عَذَابٌ أَلِيمٌ ۝١٠٤
Yaaa ayyuhal lazeena aamanoo laa taqooloo raa`inaa wa qoolun zurnaa wasma`oo; wa lilkaafireena `azaabun aleem
📖 नेपाली अर्थ
हे आस्थावानहरू ! तिमीहरू अल्लाहको पैगम्बरको (लागि) ‘‘राएना’’ नभन बरु ‘‘उन्जुर्ना’’ भन अर्थात हाम्रोतर्फ हेर्दै र सुन्दै गर्नु र काफिरहरूको लागि कष्टदायक सजाय छ

🎧 सुन्नुहोस्


📜 आयत 102-106 — सूरा अल-बकरा

102وَاتَّبَعُوا مَا تَتْلُو الشَّيَاطِينُ عَلَىٰ مُلْكِ سُلَيْمَانَ ۖ وَمَا كَفَرَ سُلَيْمَانُ وَلَٰكِنَّ الشَّيَاطِينَ كَفَرُوا يُعَلِّمُونَ النَّاسَ السِّحْرَ وَمَا أُنزِلَ عَلَى الْمَلَكَيْنِ بِبَابِلَ هَارُوتَ وَمَارُوتَ ۚ وَمَا يُعَلِّمَانِ مِنْ أَحَدٍ حَتَّىٰ يَقُولَا إِنَّمَا نَحْنُ فِتْنَةٌ فَلَا تَكْفُرْ ۖ فَيَتَعَلَّمُونَ مِنْهُمَا مَا يُفَرِّقُونَ بِهِ بَيْنَ الْمَرْءِ وَزَوْجِهِ ۚ وَمَا هُم بِضَارِّينَ بِهِ مِنْ أَحَدٍ إِلَّا بِإِذْنِ اللَّهِ ۚ وَيَتَعَلَّمُونَ مَا يَضُرُّهُمْ وَلَا يَنفَعُهُمْ ۚ وَلَقَدْ عَلِمُوا لَمَنِ اشْتَرَاهُ مَا لَهُ فِي الْآخِرَةِ مِنْ خَلَاقٍ ۚ وَلَبِئْسَ مَا شَرَوْا بِهِ أَنفُسَهُمْ ۚ لَوْ كَانُوا يَعْلَمُونَ
र त्यस चीजको पछि लागे जसलाई सुलैमानको राज्यकालमा शैतानहरूले पढ्ने गर्दथे । तर सुलैमानले बिल्कुलै कुफ्र गरेनन् बरु शैतानहरूले नै कुफ्र गर्दथे, तिनीहरूले मानिसहरूलाई जादू सिकाउँदथे जुन ‘‘बाबुल’’ शहरमा दुईजना फरिश्ता (अर्थात) हारुत र मारुतमाथि उतरेको थियो । ती दुवैले पनि कसैलाई तबसम्म केही सिकाउन्नथे जबसम्म यो भन्दैन्थे कि हामी त एउटा परीक्षणमा छौं, तिमी कुफ्रमा नलाग । फेरि पनि मानिसहले तिनीहरसित यस्तो (जाद) सिक्दथे जसबाट पति–पत्नीबीच सम्बन्ध–बिच्छेद भइहालोस् र वास्तवमा अल्लाहको इच्छा न भई, तिनीहरूले त्यसबाट कसैको केही बिगार्न सक्दैनन् । र यिनीहरूले यस्ता (मन्त्र) सिक्दथे जसले तिनलाई हानि पुर्याओस् र लाभ पुर्याउन नसकोस् । र तिनीहरू विश्वासका साथ जान्दछन् कि यस्ता कुराहरू लिनेहरूको परलोकमा केही अंश हुँदैन र त्यो निकृष्ट चीज हो जसको बदलामा तिनीहरूले आफ्ना ज्यान बेचिहाले । कति राम्रो हुन्थ्यो, यदि तिनीहरू यो कुरो जानेको भए ।
103وَلَوْ أَنَّهُمْ آمَنُوا وَاتَّقَوْا لَمَثُوبَةٌ مِّنْ عِندِ اللَّهِ خَيْرٌ ۖ لَّوْ كَانُوا يَعْلَمُونَ
यदि तिनीहरू आस्थावान र संयमी बन्न सकेको भए अल्लाहको तर्फबाट तिनीहरूलाई सर्वोत्तम प्रतिफल मिल्ने थियो । यदि तिनीहरूलाई ज्ञान भएको भए ।
104يَا أَيُّهَا الَّذِينَ آمَنُوا لَا تَقُولُوا رَاعِنَا وَقُولُوا انظُرْنَا وَاسْمَعُوا ۗ وَلِلْكَافِرِينَ عَذَابٌ أَلِيمٌ
हे आस्थावानहरू ! तिमीहरू अल्लाहको पैगम्बरको (लागि) ‘‘राएना’’ नभन बरु ‘‘उन्जुर्ना’’ भन अर्थात हाम्रोतर्फ हेर्दै र सुन्दै गर्नु र काफिरहरूको लागि कष्टदायक सजाय छ
105مَّا يَوَدُّ الَّذِينَ كَفَرُوا مِنْ أَهْلِ الْكِتَابِ وَلَا الْمُشْرِكِينَ أَن يُنَزَّلَ عَلَيْكُم مِّنْ خَيْرٍ مِّن رَّبِّكُمْ ۗ وَاللَّهُ يَخْتَصُّ بِرَحْمَتِهِ مَن يَشَاءُ ۚ وَاللَّهُ ذُو الْفَضْلِ الْعَظِيمِ
न त अहले किताबका काफिरहरू र न त ‘‘मुश्रिक’’हरू चाहन्छन् कि तिमीमाथि पालनकर्ताबाट कुनै राम्रो कुरा उत्रोस्, तर अल्लाहले जसलाई रुचाउँछ, आफ्नो विशेष दयाको पात्र बनाउँछ र अल्लाह ठूलो कृपाको स्वामी छ ।
106۞ مَا نَنسَخْ مِنْ آيَةٍ أَوْ نُنسِهَا نَأْتِ بِخَيْرٍ مِّنْهَا أَوْ مِثْلِهَا ۗ أَلَمْ تَعْلَمْ أَنَّ اللَّهَ عَلَىٰ كُلِّ شَيْءٍ قَدِيرٌ
हामी जुन आयतलाई (श्लोक) रद्द गरिदिन्छौं वा त्यसलाई बिर्सिदिन्छौं । त्योभन्दा राम्रो वा त्यस्तै अन्य आयतहरू ल्याउँछौं । के तिमीलाई थाहा छैन कि अल्लाह प्रत्येक कुरामाथि सर्वशक्तिमान छ
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
104आयत

अनुवाद — अल-बकरा 104

सूरा अल-बकरा आयत 104 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हे आस्थावानहरू ! तिमीहरू अल्लाहको पैगम्बरको (लागि) ‘‘राएना’’ नभन बरु…

सूरा आयत 104/286 — सूरा अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-बकरा सुन्नुहोस्, सूरा अल-बकरा अनुवाद, सूरा अल-बकरा mp3, सूरा अल-बकरा pdf. आयत 102–106. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers