अल-बकरा · 242/286
अनुवाद उच्चारण — अल-बकरा
كَذَٰلِكَ يُبَيِّنُ اللَّهُ لَكُمْ آيَاتِهِ لَعَلَّكُمْ تَعْقِلُونَ ۝٢٤٢
Kazaalika yubaiyinul laahu lakum aayaatihee la`allakum ta`qiloon
📖 नेपाली अर्थ
यसै प्रकार अल्लाह आफ्ना निर्देशहरू तिम्रो लागि व्यक्त गर्दैछ ताकि तिमी बुझ्नसक ।
🎧 सुन्नुहोस्

📜 आयत 240-244 — अल-बकरा

240وَالَّذِينَ يُتَوَفَّوْنَ مِنكُمْ وَيَذَرُونَ أَزْوَاجًا وَصِيَّةً لِّأَزْوَاجِهِم مَّتَاعًا إِلَى الْحَوْلِ غَيْرَ إِخْرَاجٍ ۚ فَإِنْ خَرَجْنَ فَلَا جُنَاحَ عَلَيْكُمْ فِي مَا فَعَلْنَ فِي أَنفُسِهِنَّ مِن مَّعْرُوفٍ ۗ وَاللَّهُ عَزِيزٌ حَكِيمٌ
तिमीहरूमध्ये जो मर्दछन् र आफ्ना पछाडि स्वास्नीहरू छाड्छन्, तिनले आफ्ना स्वास्नीहरूको लागि हकको निम्ति वसीयत (इच्छापत्र) गरेर जाउन, जसबाट तिनका स्वास्नीहरूले एक वर्षसम्म फाइदा उठाउन र घरबाट कसैले तिनलाई निस्कासित न गरोस् । हो, यदि तिनीहरू आफैं घरबाट जान्छिन् र आफ्नो हितमा चाहेको काम गर्दछिन् भने यसमा तिमीलाई कुनै गुनाह हुँदैन, अल्लाह सर्वशक्तिमान र सर्वबुद्धि सम्पन्न छ ।
241وَلِلْمُطَلَّقَاتِ مَتَاعٌ بِالْمَعْرُوفِ ۖ حَقًّا عَلَى الْمُتَّقِينَ
तलाकप्राप्त स्वास्नीहरूलाई राम्रोसित फाइदा दिनु आत्मसंयमीहरूको निम्ति अनिवार्य छ ।
242كَذَٰلِكَ يُبَيِّنُ اللَّهُ لَكُمْ آيَاتِهِ لَعَلَّكُمْ تَعْقِلُونَ
यसै प्रकार अल्लाह आफ्ना निर्देशहरू तिम्रो लागि व्यक्त गर्दैछ ताकि तिमी बुझ्नसक ।
243۞ أَلَمْ تَرَ إِلَى الَّذِينَ خَرَجُوا مِن دِيَارِهِمْ وَهُمْ أُلُوفٌ حَذَرَ الْمَوْتِ فَقَالَ لَهُمُ اللَّهُ مُوتُوا ثُمَّ أَحْيَاهُمْ ۚ إِنَّ اللَّهَ لَذُو فَضْلٍ عَلَى النَّاسِ وَلَٰكِنَّ أَكْثَرَ النَّاسِ لَا يَشْكُرُونَ
के तिमीले तिनीहरूलाई देखेनौ जो हजारौं थिए र मृत्युको भयले आफ्ना घरहरू छाडी भागेका थिए । अल्लाहले तिनलाई मर्न आदेश दियो फेरि तिनीहरूलाई जीवित पार्यो । कुनै शकां छैन कि मानिसहरूमाथि अल्लाहले कृपाभाव राख्दछ, तर धेरै जसो कृतज्ञ हुँदैनन् ।
244وَقَاتِلُوا فِي سَبِيلِ اللَّهِ وَاعْلَمُوا أَنَّ اللَّهَ سَمِيعٌ عَلِيمٌ
अल्लाहको मार्गमा जिहाद (धर्मयुद्ध) गर र जानिराख कि अल्लाह सबै सुन्दछ र जान्दछ ।
अल-बकराकुरान अनुक्रमणिका
286आयत
MedinanRevelation
242आयत

अनुवाद — अल-बकरा 242

सूरा अल-बकरा आयत 242 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यसै प्रकार अल्लाह आफ्ना निर्देशहरू तिम्रो लागि व्यक्त गर्दैछ ताकि…

सूरा आयत 242/286 — अल-बकरा البقرة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बकरा सुन्नुहोस्, अल-बकरा अनुवाद, अल-बकरा mp3, अल-बकरा pdf. आयत 240–244. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers