अज-जुमर · 71/75
अनुवाद उच्चारण — अज-जुमर
وَسِيقَ الَّذِينَ كَفَرُوا إِلَىٰ جَهَنَّمَ زُمَرًا ۖ حَتَّىٰ إِذَا جَاءُوهَا فُتِحَتْ أَبْوَابُهَا وَقَالَ لَهُمْ خَزَنَتُهَا أَلَمْ يَأْتِكُمْ رُسُلٌ مِّنكُمْ يَتْلُونَ عَلَيْكُمْ آيَاتِ رَبِّكُمْ وَيُنذِرُونَكُمْ لِقَاءَ يَوْمِكُمْ هَٰذَا ۚ قَالُوا بَلَىٰ وَلَٰكِنْ حَقَّتْ كَلِمَةُ الْعَذَابِ عَلَى الْكَافِرِينَ ۝٧١
Wa seeqal lazeena kafaroon ilaa jahannama zumaran battaaa izaa jaaa`oohaa futihat abwaabuhaa wa qaala lahum khazanatuhaaa alam yaatikum Rusulum minkum yatloona `alaikum Aayaati Rabbikum wa yunziroonakum liqaaa`a Yawmikum haazaa; qaaloo balaa wa laakin haqqat kalimatul `azaabi `alal kaafireen
📖 नेपाली अर्थ
र काफिरहरू समूह–समूहमा नर्कतिर लगिनेछन्, यहाँसम्म कि जब उनीहरू त्यहाँ पुग्नेछन् त त्यसका द्वारहरू तिनीहरूको लागि खोलिदिइनेछन् र त्यसका द्वारपाल उनीहरूसित भन्नेछन्ः ‘‘के तिम्रो पासमा तिमीहरूमध्येबाटै रसूल आएका थिएनन् ? जसले तिमीलाई तिम्रो पालनकर्ताका आयतहरू सुनाइराखेका थिए र तिमीलाई तिम्रो यस दिनको आगमनबाट सचेत गरिराखेका थिए ?’’ उनीहरूले जबाफ दिनेछन्ः ‘‘हो ठीक हो (उनीहरू त आएका थिए)’’ तर इन्कार गर्नेहरूमाथि यातनाको आदेश भएर नै रह्यो ।
🎧 सुन्नुहोस्

📜 आयत 69-73 — अज-जुमर

69وَأَشْرَقَتِ الْأَرْضُ بِنُورِ رَبِّهَا وَوُضِعَ الْكِتَابُ وَجِيءَ بِالنَّبِيِّينَ وَالشُّهَدَاءِ وَقُضِيَ بَيْنَهُم بِالْحَقِّ وَهُمْ لَا يُظْلَمُونَ
र धरती आफ्नो पालनकर्ताको प्रकाशले जगमग हुनेछ र कर्मको खाता खोलेर राखिदिइनेछ, पैगम्बर र (अन्य) साक्षीहरू उपस्थित गराइनेछन् र उनीहरूमा इन्साफको साथ निर्णय गरिनेछ र कसैमाथि अन्याय गरिने छैन ।
70وَوُفِّيَتْ كُلُّ نَفْسٍ مَّا عَمِلَتْ وَهُوَ أَعْلَمُ بِمَا يَفْعَلُونَ
र जसले जुन कर्म गरेको हुन्छ त्यसलाई त्यसको पूरा–पूर प्रतिफल दिइने छ र जे–जति यिनीहरूले गर्दछन् उसलाई सबै राम्ररी थाहा छ ।
71وَسِيقَ الَّذِينَ كَفَرُوا إِلَىٰ جَهَنَّمَ زُمَرًا ۖ حَتَّىٰ إِذَا جَاءُوهَا فُتِحَتْ أَبْوَابُهَا وَقَالَ لَهُمْ خَزَنَتُهَا أَلَمْ يَأْتِكُمْ رُسُلٌ مِّنكُمْ يَتْلُونَ عَلَيْكُمْ آيَاتِ رَبِّكُمْ وَيُنذِرُونَكُمْ لِقَاءَ يَوْمِكُمْ هَٰذَا ۚ قَالُوا بَلَىٰ وَلَٰكِنْ حَقَّتْ كَلِمَةُ الْعَذَابِ عَلَى الْكَافِرِينَ
र काफिरहरू समूह–समूहमा नर्कतिर लगिनेछन्, यहाँसम्म कि जब उनीहरू त्यहाँ पुग्नेछन् त त्यसका द्वारहरू तिनीहरूको लागि खोलिदिइनेछन् र त्यसका द्वारपाल उनीहरूसित भन्नेछन्ः ‘‘के तिम्रो पासमा तिमीहरूमध्येबाटै रसूल आएका थिएनन् ? जसले तिमीलाई तिम्रो पालनकर्ताका आयतहरू सुनाइराखेका थिए र तिमीलाई तिम्रो यस दिनको आगमनबाट सचेत गरिराखेका थिए ?’’ उनीहरूले जबाफ दिनेछन्ः ‘‘हो ठीक हो (उनीहरू त आएका थिए)’’ तर इन्कार गर्नेहरूमाथि यातनाको आदेश भएर नै रह्यो ।
72قِيلَ ادْخُلُوا أَبْوَابَ جَهَنَّمَ خَالِدِينَ فِيهَا ۖ فَبِئْسَ مَثْوَى الْمُتَكَبِّرِينَ
भनिनेछः अब नर्कका द्वारहरूमा प्रवेश गर, त्यसमा सधैं रहनको निम्ति । घमण्ड (अट्टेरी) गर्नेहरूको निम्ति साह्रै नराम्रो बासस्थान हो ।
73وَسِيقَ الَّذِينَ اتَّقَوْا رَبَّهُمْ إِلَى الْجَنَّةِ زُمَرًا ۖ حَتَّىٰ إِذَا جَاءُوهَا وَفُتِحَتْ أَبْوَابُهَا وَقَالَ لَهُمْ خَزَنَتُهَا سَلَامٌ عَلَيْكُمْ طِبْتُمْ فَادْخُلُوهَا خَالِدِينَ
र जुन मानिसहरू आफ्नो पालनकर्तासित डर मान्दथे, उनीहरू समूह–समूह गरी स्वर्गतिर लगिनेछन्, यहाँसम्म कि जब उनीहरू त्यसको नजिक पुग्नेछन्, त त्यसका द्वारहरू खोलिदिइनेछन् र त्यसका द्वारपालले उनीहरूसित भन्नेछन्ः कि ‘‘तिमीमाथि सलाम । तिमी प्रफुल्लित भइहाल । अब यसमा सधैंको निम्ति प्रवेश गरिहाल ।
अज-जुमरकुरान अनुक्रमणिका
75आयत
MeccanRevelation
71आयत

अनुवाद — अज-जुमर 71

सूरा अज-जुमर आयत 71 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र काफिरहरू समूह–समूहमा नर्कतिर लगिनेछन्, यहाँसम्म कि जब उनीहरू त्यहाँ…

सूरा आयत 71/75 — अज-जुमर الزمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जुमर सुन्नुहोस्, अज-जुमर अनुवाद, अज-जुमर mp3, अज-जुमर pdf. आयत 69–73. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers