अल-माइदा · 48/120
अनुवाद उच्चारण — अल-माइदा
وَأَنزَلْنَا إِلَيْكَ الْكِتَابَ بِالْحَقِّ مُصَدِّقًا لِّمَا بَيْنَ يَدَيْهِ مِنَ الْكِتَابِ وَمُهَيْمِنًا عَلَيْهِ ۖ فَاحْكُم بَيْنَهُم بِمَا أَنزَلَ اللَّهُ ۖ وَلَا تَتَّبِعْ أَهْوَاءَهُمْ عَمَّا جَاءَكَ مِنَ الْحَقِّ ۚ لِكُلٍّ جَعَلْنَا مِنكُمْ شِرْعَةً وَمِنْهَاجًا ۚ وَلَوْ شَاءَ اللَّهُ لَجَعَلَكُمْ أُمَّةً وَاحِدَةً وَلَٰكِن لِّيَبْلُوَكُمْ فِي مَا آتَاكُمْ ۖ فَاسْتَبِقُوا الْخَيْرَاتِ ۚ إِلَى اللَّهِ مَرْجِعُكُمْ جَمِيعًا فَيُنَبِّئُكُم بِمَا كُنتُمْ فِيهِ تَخْتَلِفُونَ ٤٨
Transliteration
Wa anzalnaa ilaikal Kitaaba bilhaqqi musaddiqallimaa baina yadaihi minal Kitaabi wa muhaiminan `alaihi fahkum bainahum bimaa anzalal laahu wa laa tattabi ahwaaa`ahum `ammaa jaaa`aka minal haqq; likullin ja`alnaa minkum shir`atanw wa minhaajaa; wa law shaaa`al laahu laja`alakum ummatanw waahidatanw wa laakil liyabluwakum fee maa aataakum fastabiqul khairaat; ilal laahi arji`ukum jamee`an fayunab bi`ukum bimaa kuntum feehi takhtalifoon
अनुवाद (नेपाली अर्थ)
📖 नेपाली अर्थ
र (हे पैगम्बर !) हामीले तपार्इंलाई सत्यताको साथ यो किताब (कुरआन) प्रदान गरेका छौं, जुन आफूभन्दा अगाडिका ग्रन्थहरूलाई प्रमाणित गर्दछ र ती सबैको रक्षक हो । तसर्थ यसमा जुन आदेश अल्लाहले दिएको छ, सोही अनुसार नै तिनलाई आदेश गर्नुस् र यस सत्यलाई त्यागेर उनीहरूको इच्छाको पूर्ति नगर्नु । हामीले तिमीहरूमध्येबाट प्रत्येक समुदायका एउटा विधान र एउटा तरिका (पद्धति) निर्धारित गरेका छौं र यदि अल्लाहले चाहेको भए तिमी सबैलाई एउटै समुदायमा राखिदिन्थ्यो, तर जुन आदेशहरू उसले तिमीलाई दिएको छ त्यसमा उसले तिम्रो परीक्षा गर्न चाहन्छ, तसर्थ तिमी असल कर्म गर्न छिटो गर । तिमी सबैलाई उसै छेउ फर्किजानु पर्नेछ, तसर्थ जुन कुरामा तिमीहरू विवाद गर्ने गर्दछौ उसले तिमीलाई बताइदिनेछ ।
Additional reference in हिन्दी
🎧 सुन्नुहोस्
📜 आयत 46-50 — अल-माइदा
46وَقَفَّيْنَا عَلَىٰ آثَارِهِم بِعِيسَى ابْنِ مَرْيَمَ مُصَدِّقًا لِّمَا بَيْنَ يَدَيْهِ مِنَ التَّوْرَاةِ ۖ وَآتَيْنَاهُ الْإِنجِيلَ فِيهِ هُدًى وَنُورٌ وَمُصَدِّقًا لِّمَا بَيْنَ يَدَيْهِ مِنَ التَّوْرَاةِ وَهُدًى وَمَوْعِظَةً لِّلْمُتَّقِينَ
र हामीले यिनीहरू(यहूदीहरू) पछि ईसा बिन मरियमलाई पठायौं, जिनले कि आफूभन्दा अगाडिको किताब तौरातलाई प्रमाणित गर्दथे र हामीले उनलाई इंजील प्रदान गर्यौं जसमा कि मार्गदर्शन र प्रकाश थियो र त्यसले पहिलाको किताब तौरातलाई प्रमाणित गर्दथ्यो र परहेजगारहरूका लागि त्यो मार्गदर्शन एवं उपदेश थियो ।
47وَلْيَحْكُمْ أَهْلُ الْإِنجِيلِ بِمَا أَنزَلَ اللَّهُ فِيهِ ۚ وَمَن لَّمْ يَحْكُم بِمَا أَنزَلَ اللَّهُ فَأُولَٰئِكَ هُمُ الْفَاسِقُونَ
र अहले इंजीललाई (ईसाईलाई) पनि आवश्यक छ कि जो आदेश अल्लाहले इन्जीलमा जारी गरेको छ त्यसै बमोजिम निर्णयहरू गरुन् र जसले अल्लाहबाट उतारिएको आदेश अनुसार फैसला गर्दैनन्, तिनीहरू नै अवज्ञाकारी हुन् ।
48وَأَنزَلْنَا إِلَيْكَ الْكِتَابَ بِالْحَقِّ مُصَدِّقًا لِّمَا بَيْنَ يَدَيْهِ مِنَ الْكِتَابِ وَمُهَيْمِنًا عَلَيْهِ ۖ فَاحْكُم بَيْنَهُم بِمَا أَنزَلَ اللَّهُ ۖ وَلَا تَتَّبِعْ أَهْوَاءَهُمْ عَمَّا جَاءَكَ مِنَ الْحَقِّ ۚ لِكُلٍّ جَعَلْنَا مِنكُمْ شِرْعَةً وَمِنْهَاجًا ۚ وَلَوْ شَاءَ اللَّهُ لَجَعَلَكُمْ أُمَّةً وَاحِدَةً وَلَٰكِن لِّيَبْلُوَكُمْ فِي مَا آتَاكُمْ ۖ فَاسْتَبِقُوا الْخَيْرَاتِ ۚ إِلَى اللَّهِ مَرْجِعُكُمْ جَمِيعًا فَيُنَبِّئُكُم بِمَا كُنتُمْ فِيهِ تَخْتَلِفُونَ
र (हे पैगम्बर !) हामीले तपार्इंलाई सत्यताको साथ यो किताब (कुरआन) प्रदान गरेका छौं, जुन आफूभन्दा अगाडिका ग्रन्थहरूलाई प्रमाणित गर्दछ र ती सबैको रक्षक हो । तसर्थ यसमा जुन आदेश अल्लाहले दिएको छ, सोही अनुसार नै तिनलाई आदेश गर्नुस् र यस सत्यलाई त्यागेर उनीहरूको इच्छाको पूर्ति नगर्नु । हामीले तिमीहरूमध्येबाट प्रत्येक समुदायका एउटा विधान र एउटा तरिका (पद्धति) निर्धारित गरेका छौं र यदि अल्लाहले चाहेको भए तिमी सबैलाई एउटै समुदायमा राखिदिन्थ्यो, तर जुन आदेशहरू उसले तिमीलाई दिएको छ त्यसमा उसले तिम्रो परीक्षा गर्न चाहन्छ, तसर्थ तिमी असल कर्म गर्न छिटो गर । तिमी सबैलाई उसै छेउ फर्किजानु पर्नेछ, तसर्थ जुन कुरामा तिमीहरू विवाद गर्ने गर्दछौ उसले तिमीलाई बताइदिनेछ ।
49وَأَنِ احْكُم بَيْنَهُم بِمَا أَنزَلَ اللَّهُ وَلَا تَتَّبِعْ أَهْوَاءَهُمْ وَاحْذَرْهُمْ أَن يَفْتِنُوكَ عَن بَعْضِ مَا أَنزَلَ اللَّهُ إِلَيْكَ ۖ فَإِن تَوَلَّوْا فَاعْلَمْ أَنَّمَا يُرِيدُ اللَّهُ أَن يُصِيبَهُم بِبَعْضِ ذُنُوبِهِمْ ۗ وَإِنَّ كَثِيرًا مِّنَ النَّاسِ لَفَاسِقُونَ
तपाईंले यिनीहरूको व्यवहारमा जुन आदेश अल्लाहले गरेको छ, सोही अनुसार फैसला गर्ने गर्नुस् र तिनीहरूको चाहनाको पछाडि नजाऊ र तिनीहरूबाट सावधान रहनु कि कतै यिनीहरूले जुन आदेश अल्लाहले दिएको छ, त्यसमध्ये केहीबाट तपाईंलाई विचलित न गराइहालुन् । यदि तिनीहरूले मान्दैनन् भने जानिराख कि अल्लाह चाहन्छ कि तिनीहरूका केही गुनाह (पाप) को कारणले उनीहरूलाई दण्डित गरोस् । र, धेरै जसो मानिसहरू अटेरी गर्दछन् ।
50أَفَحُكْمَ الْجَاهِلِيَّةِ يَبْغُونَ ۚ وَمَنْ أَحْسَنُ مِنَ اللَّهِ حُكْمًا لِّقَوْمٍ يُوقِنُونَ
के यिनीहरू फेरि अज्ञानताको युगका निर्णयहरू चाहन्छन् ?! ईमान ल्याएकाहरूका निम्ति अल्लाह बाहेक अरु कसको आदेश राम्रो हुनसक्दछ
अल-माइदाकुरान अनुक्रमणिका
120आयत
MedinanRevelation
48आयत
अनुवाद — अल-माइदा 48
सूरा अल-माइदा आयत 48 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र (हे पैगम्बर !) हामीले तपार्इंलाई सत्यताको साथ यो किताब…सूरा आयत 48/120 — अल-माइदा المائدة (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-माइदा सुन्नुहोस्, अल-माइदा अनुवाद, अल-माइदा mp3, अल-माइदा pdf. आयत 46–50. नेपाली अर्थ: हिन्दी.
العربية
English
Bahasa Indonesia
Türkçe
Русский
فارسی
Français
اردو
বাংলা
Deutsch
Español
中文
हिन्दी
Português
Italiano
ภาษาไทย
Polski
Nederlands
Shqip
Kiswahili
O'zbek
தமிழ்
Melayu
Bosanski
Soomaali
Azərbaycan
کوردی
한국어
日本語
Svenska
Dansk
Norsk
پښتو
മലയാളം
සිංහල
Tamazight
Hausa
አማርኛ
Български
Тоҷикӣ
Қазақша
Filipino
سنڌي
Yorùbá
Fulfulde
Татарча
ئۇيغۇرچە
Кыргызча
ਪੰਜਾਬੀ
Jawa
తెలుగు
မြန်မာ
ગુજરાતી
Oromo
मराठी
Tiếng Việt
Malagasy
Нохчийн
Wolof
ދިވެހި
ಕನ್ನಡ
Українська
Ελληνικά
ქართული
ខ្មែរ
دری
Qafar af
Maranao
नेपाली
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers








