अल-अनआम · 33/165
अनुवाद उच्चारण — अल-अनआम
قَدْ نَعْلَمُ إِنَّهُ لَيَحْزُنُكَ الَّذِي يَقُولُونَ ۖ فَإِنَّهُمْ لَا يُكَذِّبُونَكَ وَلَٰكِنَّ الظَّالِمِينَ بِآيَاتِ اللَّهِ يَجْحَدُونَ ۝٣٣
Qad na`lamu innahoo layahzunukal lazee yaqooloona fa innahum laa yukazziboonaka wa laakinnaz zaalimeena bi Aayaatil laahi yajhadoon
📖 नेपाली अर्थ
हामीलाई राम्ररी थाहा छ यिनीहरूको कुराले तपाईलाई दुःख दिन्छ तर यिनीहरूले तपाईलाई झूठा ठान्दैनन् बरु अन्यायीहरू अल्लाहका आयतहरूलाई नकार्दछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 31-35 — अल-अनआम

31قَدْ خَسِرَ الَّذِينَ كَذَّبُوا بِلِقَاءِ اللَّهِ ۖ حَتَّىٰ إِذَا جَاءَتْهُمُ السَّاعَةُ بَغْتَةً قَالُوا يَا حَسْرَتَنَا عَلَىٰ مَا فَرَّطْنَا فِيهَا وَهُمْ يَحْمِلُونَ أَوْزَارَهُمْ عَلَىٰ ظُهُورِهِمْ ۚ أَلَا سَاءَ مَا يَزِرُونَ
निःसन्देह जुन मानिसहरूले अल्लाहसँगको भेटलाई झूठा ठाने, तिनीहरू घाटामा छन् यहाँसम्म कि जब कियामत एक्कासी तिनीहरूमाथि आइपुग्छ, त्यतिखेर भन्न थाल्नेछन् कि अफ्सोच हाम्रो त्यस भूलमाथि जो हामीले गर्यौं । र तिनीहरूले आफना (पापका) भारी आफ्ना पिठ्युँमा बोकिराखेका हुनेछन् । हेर, जुन भारी यिनीहरूले बोकिराखने छन् त्यो साह्रै नराम्रो छ ।
32وَمَا الْحَيَاةُ الدُّنْيَا إِلَّا لَعِبٌ وَلَهْوٌ ۖ وَلَلدَّارُ الْآخِرَةُ خَيْرٌ لِّلَّذِينَ يَتَّقُونَ ۗ أَفَلَا تَعْقِلُونَ
र संसारिक जीवन त एउटा खेल र मनोरञ्जन बाहेक केही पनि होइन । र अत्यन्त राम्रो घर त आखिरतको घर हो तिनीहरूको निम्ति जो अल्लाहसित डर मान्छन्, के तिमीले बुझ्दैनौ
33قَدْ نَعْلَمُ إِنَّهُ لَيَحْزُنُكَ الَّذِي يَقُولُونَ ۖ فَإِنَّهُمْ لَا يُكَذِّبُونَكَ وَلَٰكِنَّ الظَّالِمِينَ بِآيَاتِ اللَّهِ يَجْحَدُونَ
हामीलाई राम्ररी थाहा छ यिनीहरूको कुराले तपाईलाई दुःख दिन्छ तर यिनीहरूले तपाईलाई झूठा ठान्दैनन् बरु अन्यायीहरू अल्लाहका आयतहरूलाई नकार्दछन् ।
34وَلَقَدْ كُذِّبَتْ رُسُلٌ مِّن قَبْلِكَ فَصَبَرُوا عَلَىٰ مَا كُذِّبُوا وَأُوذُوا حَتَّىٰ أَتَاهُمْ نَصْرُنَا ۚ وَلَا مُبَدِّلَ لِكَلِمَاتِ اللَّهِ ۚ وَلَقَدْ جَاءَكَ مِن نَّبَإِ الْمُرْسَلِينَ
र तपाईभन्दा अगाडिका पैगम्बरहरूलाई पनि झूठा ठहराइन्थ्यो, तिनीहरूले अल्लाहको तर्फबाट मद्दत न पुगुन्जेल, धैर्यपूर्वक इन्कार र यातना सहने गर्दथे र अल्लाहका आदेशहरू कसैले परिवर्तन गर्न सक्तैन । र तपाईले पैगम्बरहरूको सम्बन्धमा अघि नै थाहा पाइसकेका छौ ।
35وَإِن كَانَ كَبُرَ عَلَيْكَ إِعْرَاضُهُمْ فَإِنِ اسْتَطَعْتَ أَن تَبْتَغِيَ نَفَقًا فِي الْأَرْضِ أَوْ سُلَّمًا فِي السَّمَاءِ فَتَأْتِيَهُم بِآيَةٍ ۚ وَلَوْ شَاءَ اللَّهُ لَجَمَعَهُمْ عَلَى الْهُدَىٰ ۚ فَلَا تَكُونَنَّ مِنَ الْجَاهِلِينَ
र यदि तिनीहरूको तिरस्कार तपाईलाई गाह्रो लाग्छ भने तपाईमा शक्ति छ त पृथ्वीमा कुनै सुरङ्ग वा आकाशसम्म कुनै सीढी (भर्याङ्ग) फेला पार, अनि तिनीहरू छेउ कुनै चमत्कार ल्याउनु । र यदि अल्लाह चाहेको भए सबैलाई सही मार्गमा एकत्रित गरिदिन्थ्यो, तसर्थ तपाई यी मूर्खहरूमध्येको नहुनु ।
अल-अनआमकुरान अनुक्रमणिका
165आयत
MeccanRevelation
33आयत

अनुवाद — अल-अनआम 33

सूरा अल-अनआम आयत 33 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीलाई राम्ररी थाहा छ यिनीहरूको कुराले तपाईलाई दुःख दिन्छ तर…

सूरा आयत 33/165 — अल-अनआम الأنعام (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अनआम सुन्नुहोस्, अल-अनआम अनुवाद, अल-अनआम mp3, अल-अनआम pdf. आयत 31–35. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers