अल-आराफ · 152/206
अनुवाद उच्चारण — अल-आराफ
إِنَّ الَّذِينَ اتَّخَذُوا الْعِجْلَ سَيَنَالُهُمْ غَضَبٌ مِّن رَّبِّهِمْ وَذِلَّةٌ فِي الْحَيَاةِ الدُّنْيَا ۚ وَكَذَٰلِكَ نَجْزِي الْمُفْتَرِينَ ۝١٥٢
Innal lazeenat takhazul `ijla-sa yanaaluhum ghadabum mir Rabbihim wa zillatun fil hayaatid dunyaa; wa kazaalika najzil muftareen
📖 नेपाली अर्थ
निःसन्देह जुन मानिसहरूले बाछोलाई आफ्नो उपास्य बनाए ती छिटै आफ्नो पालनहारको रिसमा पर्नेछन् र सांसारिक जीवनमा अपमानित हुनेछन् । र झूठो कुरा बनाउनेहरूलाई हामीले त्यस्तै प्रतिफल दिने गर्दछौं ।
🎧 सुन्नुहोस्

📜 आयत 150-154 — अल-आराफ

150وَلَمَّا رَجَعَ مُوسَىٰ إِلَىٰ قَوْمِهِ غَضْبَانَ أَسِفًا قَالَ بِئْسَمَا خَلَفْتُمُونِي مِن بَعْدِي ۖ أَعَجِلْتُمْ أَمْرَ رَبِّكُمْ ۖ وَأَلْقَى الْأَلْوَاحَ وَأَخَذَ بِرَأْسِ أَخِيهِ يَجُرُّهُ إِلَيْهِ ۚ قَالَ ابْنَ أُمَّ إِنَّ الْقَوْمَ اسْتَضْعَفُونِي وَكَادُوا يَقْتُلُونَنِي فَلَا تُشْمِتْ بِيَ الْأَعْدَاءَ وَلَا تَجْعَلْنِي مَعَ الْقَوْمِ الظَّالِمِينَ
र जब मूसा(अलैहिस्सलाम) आफ्नो जातितिर रिस र दुःखको अवस्थामा फर्केर आए त भन्न थालेः ‘‘तिमीहरूले मेरो अनुपस्थितिमा साह्रै नराम्रो काम गर्यौ । के तिमीहरूले आफ्नो पालनहारको आदेशभन्दा पहिला नै हतार गरिहाल्यौ ?’’ अनि छिटै पाटीहरू एकातिर राखे र आफ्नो भाइको टाउको समाति आफूतिर घिसारेर तान्नथाले । हारूनले भने कि हे मेरी आमाको छोरा ! यिनीहरूले मलाई कमजोर ठानेर झण्डै मारिदिन चाहन्थे, तसर्थ तपाई शत्रुहरूबाट ममाथि उपहास नगराउनुस् र मलाई यी अत्याचारीहरूमध्येको नठान्नुस् ।
151قَالَ رَبِّ اغْفِرْ لِي وَلِأَخِي وَأَدْخِلْنَا فِي رَحْمَتِكَ ۖ وَأَنتَ أَرْحَمُ الرَّاحِمِينَ
मूसाले भनेः कि हे मेरो पालनकर्ता ! मलाई र मेरो भाइलाई क्षमा गरिदेऊ र हामी दुवैलाई आफ्नो दयामा शम्मिलित गर र तिमी सबै दया गर्नेवालाहरूमध्ये सबैभन्दा बढी दयावान् छौ ।
152إِنَّ الَّذِينَ اتَّخَذُوا الْعِجْلَ سَيَنَالُهُمْ غَضَبٌ مِّن رَّبِّهِمْ وَذِلَّةٌ فِي الْحَيَاةِ الدُّنْيَا ۚ وَكَذَٰلِكَ نَجْزِي الْمُفْتَرِينَ
निःसन्देह जुन मानिसहरूले बाछोलाई आफ्नो उपास्य बनाए ती छिटै आफ्नो पालनहारको रिसमा पर्नेछन् र सांसारिक जीवनमा अपमानित हुनेछन् । र झूठो कुरा बनाउनेहरूलाई हामीले त्यस्तै प्रतिफल दिने गर्दछौं ।
153وَالَّذِينَ عَمِلُوا السَّيِّئَاتِ ثُمَّ تَابُوا مِن بَعْدِهَا وَآمَنُوا إِنَّ رَبَّكَ مِن بَعْدِهَا لَغَفُورٌ رَّحِيمٌ
र जुन मानिसहरूले पापकर्म गरे, अनि त्यसपछि पश्चाताप गरे र ईमान ल्याए, त तिम्रो पालनकर्ताले यस पश्चाताप पश्चात क्षमा गरिदिन्छ ऊ दयावान छ ।
154وَلَمَّا سَكَتَ عَن مُّوسَى الْغَضَبُ أَخَذَ الْأَلْوَاحَ ۖ وَفِي نُسْخَتِهَا هُدًى وَرَحْمَةٌ لِّلَّذِينَ هُمْ لِرَبِّهِمْ يَرْهَبُونَ
र जब मूसाको क्रोध शान्त भयो तब ती पाटीहरूलाई समाते तिनको शीर्षकहरूमा ती मानिसहरूको निम्ति मार्गदर्शन र दया थियो जो आफ्नो रब (प्रतिपालक)संग डर मान्दथे ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
152आयत

अनुवाद — अल-आराफ 152

सूरा अल-आराफ आयत 152 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह जुन मानिसहरूले बाछोलाई आफ्नो उपास्य बनाए ती छिटै आफ्नो…

सूरा आयत 152/206 — अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आराफ सुन्नुहोस्, अल-आराफ अनुवाद, अल-आराफ mp3, अल-आराफ pdf. आयत 150–154. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers