अल-आराफ · 151/206
अनुवाद उच्चारण — अल-आराफ
قَالَ رَبِّ اغْفِرْ لِي وَلِأَخِي وَأَدْخِلْنَا فِي رَحْمَتِكَ ۖ وَأَنتَ أَرْحَمُ الرَّاحِمِينَ ۝١٥١
Qaala Rabbigh fir lee wa li akhee wa adkhilnaa fee rahmatika wa Anta arhamur raahimeen
📖 नेपाली अर्थ
मूसाले भनेः कि हे मेरो पालनकर्ता ! मलाई र मेरो भाइलाई क्षमा गरिदेऊ र हामी दुवैलाई आफ्नो दयामा शम्मिलित गर र तिमी सबै दया गर्नेवालाहरूमध्ये सबैभन्दा बढी दयावान् छौ ।
🎧 सुन्नुहोस्

📜 आयत 149-153 — अल-आराफ

149وَلَمَّا سُقِطَ فِي أَيْدِيهِمْ وَرَأَوْا أَنَّهُمْ قَدْ ضَلُّوا قَالُوا لَئِن لَّمْ يَرْحَمْنَا رَبُّنَا وَيَغْفِرْ لَنَا لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ
र जब तिनी लज्जित भए र थाहा भयो कि वास्तवमा उनीहरू मार्गविचलनमा परिहाले छन् तब भन्न थाले कि यदि हाम्रो प्रतिपालकले हामीमाथि दया गरेन र हामीलाई क्षमा गरेन भने हामी बर्बाद भइहाल्नेछौं ।
150وَلَمَّا رَجَعَ مُوسَىٰ إِلَىٰ قَوْمِهِ غَضْبَانَ أَسِفًا قَالَ بِئْسَمَا خَلَفْتُمُونِي مِن بَعْدِي ۖ أَعَجِلْتُمْ أَمْرَ رَبِّكُمْ ۖ وَأَلْقَى الْأَلْوَاحَ وَأَخَذَ بِرَأْسِ أَخِيهِ يَجُرُّهُ إِلَيْهِ ۚ قَالَ ابْنَ أُمَّ إِنَّ الْقَوْمَ اسْتَضْعَفُونِي وَكَادُوا يَقْتُلُونَنِي فَلَا تُشْمِتْ بِيَ الْأَعْدَاءَ وَلَا تَجْعَلْنِي مَعَ الْقَوْمِ الظَّالِمِينَ
र जब मूसा(अलैहिस्सलाम) आफ्नो जातितिर रिस र दुःखको अवस्थामा फर्केर आए त भन्न थालेः ‘‘तिमीहरूले मेरो अनुपस्थितिमा साह्रै नराम्रो काम गर्यौ । के तिमीहरूले आफ्नो पालनहारको आदेशभन्दा पहिला नै हतार गरिहाल्यौ ?’’ अनि छिटै पाटीहरू एकातिर राखे र आफ्नो भाइको टाउको समाति आफूतिर घिसारेर तान्नथाले । हारूनले भने कि हे मेरी आमाको छोरा ! यिनीहरूले मलाई कमजोर ठानेर झण्डै मारिदिन चाहन्थे, तसर्थ तपाई शत्रुहरूबाट ममाथि उपहास नगराउनुस् र मलाई यी अत्याचारीहरूमध्येको नठान्नुस् ।
151قَالَ رَبِّ اغْفِرْ لِي وَلِأَخِي وَأَدْخِلْنَا فِي رَحْمَتِكَ ۖ وَأَنتَ أَرْحَمُ الرَّاحِمِينَ
मूसाले भनेः कि हे मेरो पालनकर्ता ! मलाई र मेरो भाइलाई क्षमा गरिदेऊ र हामी दुवैलाई आफ्नो दयामा शम्मिलित गर र तिमी सबै दया गर्नेवालाहरूमध्ये सबैभन्दा बढी दयावान् छौ ।
152إِنَّ الَّذِينَ اتَّخَذُوا الْعِجْلَ سَيَنَالُهُمْ غَضَبٌ مِّن رَّبِّهِمْ وَذِلَّةٌ فِي الْحَيَاةِ الدُّنْيَا ۚ وَكَذَٰلِكَ نَجْزِي الْمُفْتَرِينَ
निःसन्देह जुन मानिसहरूले बाछोलाई आफ्नो उपास्य बनाए ती छिटै आफ्नो पालनहारको रिसमा पर्नेछन् र सांसारिक जीवनमा अपमानित हुनेछन् । र झूठो कुरा बनाउनेहरूलाई हामीले त्यस्तै प्रतिफल दिने गर्दछौं ।
153وَالَّذِينَ عَمِلُوا السَّيِّئَاتِ ثُمَّ تَابُوا مِن بَعْدِهَا وَآمَنُوا إِنَّ رَبَّكَ مِن بَعْدِهَا لَغَفُورٌ رَّحِيمٌ
र जुन मानिसहरूले पापकर्म गरे, अनि त्यसपछि पश्चाताप गरे र ईमान ल्याए, त तिम्रो पालनकर्ताले यस पश्चाताप पश्चात क्षमा गरिदिन्छ ऊ दयावान छ ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
151आयत

अनुवाद — अल-आराफ 151

सूरा अल-आराफ आयत 151 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : मूसाले भनेः कि हे मेरो पालनकर्ता ! मलाई र मेरो…

सूरा आयत 151/206 — अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आराफ सुन्नुहोस्, अल-आराफ अनुवाद, अल-आराफ mp3, अल-आराफ pdf. आयत 149–153. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers